Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

बाँकेमा भूकम्पका घाइतेको उपचार व्यवस्थापनका लागि सबै संयन्त्र क्रियाशील राखिने

खबरडबली संवाददाता

जानकी । बाँकेको भेरी अस्पतालमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समिति (डिइओसी) को बैठकले भूकम्पका घाइतेको उपचारका लागि व्यवस्थापन गर्न सबै संयन्त्र क्रियाशील राख्ने निर्णय गरेको छ ।  बैठकले भूूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिलाई दृष्टिगत गरी आवश्यक प्रतिकार्यका लागि सबै संयन्त्रलाई क्रियाशील राख्ने निर्णय गरेको हो । भूूकम्पका कारण घाइतेको उपचारका लागि भेरी अस्पताललाई विशेष सेवा प्रदायक अस्पतालका रुपमा स्थापना गर्ने निर्णय गरिएको छ । 

साथै नेपालगञ्ज मेडिकल कलेजलगायत सबै अस्पताललाई तयारी अवस्थामा राख्ने निर्णय पनि गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिनुुभयो । घाइतेका लागि रगतको अभाव हुन नदिन सबै स्वयम्सेवकलाई रक्तदानका लागि अनुरोध गर्ने निर्णयसमेत गरिएको छ ।  भूूकम्पबाट प्रभावित क्षेत्र तथा मानवीय सहयोगका लागि अस्पतालहरुमा समन्वय गर्न स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ र समन्वय तथा राहत व्यवस्थापनका लागि प्रशासकीय अधिकृत रामकुमार सोनकर एवं सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीलाई फोकल पर्सन तोक्ने निर्णय भएको पोख्रेलले बताए ।

यस्तै राँझा विमानस्थलमा रहेको मानवीय सहायता कक्षमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको राहत भण्डारण गरी परिचालन गर्ने निर्णय गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका तर्फबाट तत्काल राहतस्वरुप रु चार लाख बराबरको खाद्यान्न र त्रिपाल, झूल, पिफर्मलगायत एक सयजनाका परिवारका लागि पुग्ने सामग्रीका साथै मेडिकल टोली परिचालन गर्ने निर्णय गरिएको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताए ।

यस्तै, कोहलपुर नगरपालिकाका तर्फवाट तत्काल राहतस्वरुप रु दुई लाख बरावरको खाद्यान्न र औषधी उपलब्ध गराइने भएको छ । राप्तीसोनारी गाँउपालिकाका तर्फबाट रु एक लाख बराबरको औषधी सामग्री र रु ५० हजार बराबरको खाद्यान्न र एक चिकित्सकसहितको टोली परिचालन गरिने भएको छ । यस्तै,राप्तीसोनारीले २० थान कम्बल र २० थान त्रिपाल सहयोग गर्ने भएको छ  । खजुरा गाउँपालिकाका तर्फबाट रु तीन लाख बरावरको औषधि सहयोग गरिने भएको छ ।  नेपाल रेडक्रस सोसाइटी बाँकेको समन्वयमा केन्द्रीय कार्यालयमार्फत जाजरकोट र पश्चिम रुकुममा छ सय थान कम्बल, त्रिपाल र पिफर्म उपलबध गराउने निर्णय गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट तत्कालै १० थान टेन्ट, ५० थान त्रिपाल र ५० थान कम्बल उपलब्ध गराइने भएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हुरीसहित वर्षा - सतर्कता अपनाउन आग्रह

काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि  उपत्यकासहित तराईका केही जिल्लामा हुर...

कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्म स्थगित, राजीनामापत्रमा असहमति

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक सहमहामन्त्री डिला संग...

मध्यपूर्वमा रहेका ८२ हजार नेपालीले उद्धारका लागि विवरण दर्ता गराए

काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...

सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...

बिस लाख रुपियाँसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज। सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई  नियन्त्रणमा लिएको छ ।  चैत ६ गते बिहान वीरगञ्ज म...

कांग्रेसले गर्याे चुनाव हारको १३ पानामा समीक्षा

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो प्रदर्शनको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय सम...

कांग्रेस बैठकमा दुई लिखित प्रस्ताव पेश

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...

यूएईमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...

दाङ र लुम्बिनी दिउँसै अँध्यारो

घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...

महिला नेतृत्वको विरोध होइन, समर्थन गर्ने परिपाटी आवश्यक छ : महान्यायाधिवक्ता भण्डारी

भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: