जानकी । बाँकेको भेरी अस्पतालमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समिति (डिइओसी) को बैठकले भूकम्पका घाइतेको उपचारका लागि व्यवस्थापन गर्न सबै संयन्त्र क्रियाशील राख्ने निर्णय गरेको छ । बैठकले भूूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिलाई दृष्टिगत गरी आवश्यक प्रतिकार्यका लागि सबै संयन्त्रलाई क्रियाशील राख्ने निर्णय गरेको हो । भूूकम्पका कारण घाइतेको उपचारका लागि भेरी अस्पताललाई विशेष सेवा प्रदायक अस्पतालका रुपमा स्थापना गर्ने निर्णय गरिएको छ ।
साथै नेपालगञ्ज मेडिकल कलेजलगायत सबै अस्पताललाई तयारी अवस्थामा राख्ने निर्णय पनि गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिनुुभयो । घाइतेका लागि रगतको अभाव हुन नदिन सबै स्वयम्सेवकलाई रक्तदानका लागि अनुरोध गर्ने निर्णयसमेत गरिएको छ । भूूकम्पबाट प्रभावित क्षेत्र तथा मानवीय सहयोगका लागि अस्पतालहरुमा समन्वय गर्न स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ र समन्वय तथा राहत व्यवस्थापनका लागि प्रशासकीय अधिकृत रामकुमार सोनकर एवं सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीलाई फोकल पर्सन तोक्ने निर्णय भएको पोख्रेलले बताए ।
यस्तै राँझा विमानस्थलमा रहेको मानवीय सहायता कक्षमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको राहत भण्डारण गरी परिचालन गर्ने निर्णय गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका तर्फबाट तत्काल राहतस्वरुप रु चार लाख बराबरको खाद्यान्न र त्रिपाल, झूल, पिफर्मलगायत एक सयजनाका परिवारका लागि पुग्ने सामग्रीका साथै मेडिकल टोली परिचालन गर्ने निर्णय गरिएको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताए ।
यस्तै, कोहलपुर नगरपालिकाका तर्फवाट तत्काल राहतस्वरुप रु दुई लाख बरावरको खाद्यान्न र औषधी उपलब्ध गराइने भएको छ । राप्तीसोनारी गाँउपालिकाका तर्फबाट रु एक लाख बराबरको औषधी सामग्री र रु ५० हजार बराबरको खाद्यान्न र एक चिकित्सकसहितको टोली परिचालन गरिने भएको छ । यस्तै,राप्तीसोनारीले २० थान कम्बल र २० थान त्रिपाल सहयोग गर्ने भएको छ । खजुरा गाउँपालिकाका तर्फबाट रु तीन लाख बरावरको औषधि सहयोग गरिने भएको छ । नेपाल रेडक्रस सोसाइटी बाँकेको समन्वयमा केन्द्रीय कार्यालयमार्फत जाजरकोट र पश्चिम रुकुममा छ सय थान कम्बल, त्रिपाल र पिफर्म उपलबध गराउने निर्णय गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट तत्कालै १० थान टेन्ट, ५० थान त्रिपाल र ५० थान कम्बल उपलब्ध गराइने भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: