काठमाडौं । शुक्रबार मध्यरातमा गएको भुकम्पका कारण पश्चिम नेपालमा ठूलो धनजनको क्षति हुन पुगेको छ । भुकम्पका कारण हालसम्म १५७ जनाको ज्यान गइ सकेको छ भने हजारौं घर क्षतविक्षत भएका छन् ।
भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा भएको मानविय क्षतीले यतिबेला देश शोकमा रहेको छ । प्रभावितहरु निरन्तर भुकम्प आई रहेको कारण झन त्रसित भएका छन् ।
भुकम्प पश्चात राज्यका तीनवटै सुरक्ष संयन्त्र खोज तथा उद्धारमा लगि रहेका छन् । रुकुम पश्चिममा भूकम्पपीडितको उद्धार सकिएको छ भने जाजरकाेटमा उद्वारकाे काम जारी रहेकाे छ । रुकुम पश्चिममा भूकम्पमा परी जिल्लाभर ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे छ । जिल्लामा अधिक प्रभावित आठबीसकोट नगरपालिकामा ४२ र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको हो । आइतबार शव परीक्षणपश्चात परिवारलाई हस्तान्तरण गरिने छ। घाइते भएका १७४ जना उपचारपछि अस्पतालबाट घर फर्केका छन् । घाइते २७ जनाको हेलिकप्टरबाट उद्धार गरी नेपालगन्ज, प्रादेशिक अस्पताल सुर्खेत र काठमाडौँ पठाइएको छ । अन्य २६ जनाको भने जिल्ला अस्पताल सल्ले र नगर अस्पताल राडीमा उपचार चलिरहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए।
सहयाेग जट्दै
भुकम्प प्रभावितका लागि देश तथा विदेशबाट सहयोग पनि जुटी रहेको छ ।
नेपालको संघिय सरकारले भुकम्प प्रभावितका लागि १० करोड रुपैयाँ राहत घोषणा गरेको छ भने चीन सरकारले १० करोड बराबरको राहत सामग्री सहयोग गरेको छ ।
प्रदेश सरकार अन्तरगा बागमती प्रदेश सरकारले एक करोड ५० लाख, लुम्बिनी प्रदेश सरकारले पनि एक करोड ५० लाख सहयोग गरेको छ भने र सुदूरपश्चिम प्रदेश सरकार एक करोड रकम सहयोग गरेको छ ।
यसैगरी कोशी प्रदेश सरकार र बुद्ध एयरले पनि एक एक करोड सहयोग गरेका छन् । यसै गरी नेपाल टेलिकमले प्रभावित क्षेत्रमा पाँच दिन म्वाइस र एसएमएस सेवा निःशुल्क प्रदान गरेको छ भने एनसेलले एक करोड नगद र ४० लाखको ब्यालेन्स निःशुल्क गरेको छ ।
भाटभटेनी सुपर मार्केटले एक करोड ११ लाख ११ हजार १११ सहयोग गरेको छ भने पोखरा महानगरपालिकाले ५० लाख भुकम्प पिडीतका लागि सहयो गरेको छ ।
यस्तै नेपाली कांग्रेसले ५० लाख र कांग्रेस निकट नेपाल विद्यार्थी संघले सात लाख ११ हजार सहयोग गरेको छ ।
भुकम्प प्रभावितका लागि सिटिजन्स बैङ्कले २५ लाख, अर्ना बियरले २५ लाख, तिलोत्तमा नगरपालिकाले १० लाख, एनआरएनए (आरके समूह) ले २१ लाख सहयोग गरेको छ ।
यसैगरी कैलाश हेलिकोप्टर १० लाख, एनआरएनए (बद्री केसी समूह) १० लाख तथा एक करोड १० लाख रुपियाँको राहत कोष खडा गरेको छ ।
नेपाल क्रिकेट संघले ओमनसँग हुने खेलको टिकट बिक्रीको आधा रकम हहस्तान्तरण गर्ने भएको छ भने बोगटान फुइसिल गाउँपालिका (डोटी) ले दुई लाख प्रदान गर्ने भएको छ ।
यसै गरी मेयर भरत जोशी (पर्शुराम नगरपालिकाका प्रमुख) ले पनि एक लाख सहयाेग गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीले एक लाख र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले एक महिना बराबरको पारिश्रमिक सहयोग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...
जेष्ठ १३ गते, २०८३ - १९:४२
कैलाली । घोडाघोडी नगरपालिका–१० मा निर्माण हुने नमुना सभाहलको १ करोड रुपैयाँ बजेट स्थान विवादका कारण फ्रिज हुने जोखिममा परेको छ । वडाध्यक्ष विजयराज ...
जेष्ठ १३ गते, २०८३ - १९:३८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको...



प्रतिकृया लेख्नुहोस्: