काठमाडौं । शुक्रबार मध्यरातमा गएको भुकम्पका कारण पश्चिम नेपालमा ठूलो धनजनको क्षति हुन पुगेको छ । भुकम्पका कारण हालसम्म १५७ जनाको ज्यान गइ सकेको छ भने हजारौं घर क्षतविक्षत भएका छन् ।
भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा भएको मानविय क्षतीले यतिबेला देश शोकमा रहेको छ । प्रभावितहरु निरन्तर भुकम्प आई रहेको कारण झन त्रसित भएका छन् ।
भुकम्प पश्चात राज्यका तीनवटै सुरक्ष संयन्त्र खोज तथा उद्धारमा लगि रहेका छन् । रुकुम पश्चिममा भूकम्पपीडितको उद्धार सकिएको छ भने जाजरकाेटमा उद्वारकाे काम जारी रहेकाे छ । रुकुम पश्चिममा भूकम्पमा परी जिल्लाभर ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे छ । जिल्लामा अधिक प्रभावित आठबीसकोट नगरपालिकामा ४२ र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको हो । आइतबार शव परीक्षणपश्चात परिवारलाई हस्तान्तरण गरिने छ। घाइते भएका १७४ जना उपचारपछि अस्पतालबाट घर फर्केका छन् । घाइते २७ जनाको हेलिकप्टरबाट उद्धार गरी नेपालगन्ज, प्रादेशिक अस्पताल सुर्खेत र काठमाडौँ पठाइएको छ । अन्य २६ जनाको भने जिल्ला अस्पताल सल्ले र नगर अस्पताल राडीमा उपचार चलिरहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए।
सहयाेग जट्दै
भुकम्प प्रभावितका लागि देश तथा विदेशबाट सहयोग पनि जुटी रहेको छ ।
नेपालको संघिय सरकारले भुकम्प प्रभावितका लागि १० करोड रुपैयाँ राहत घोषणा गरेको छ भने चीन सरकारले १० करोड बराबरको राहत सामग्री सहयोग गरेको छ ।
प्रदेश सरकार अन्तरगा बागमती प्रदेश सरकारले एक करोड ५० लाख, लुम्बिनी प्रदेश सरकारले पनि एक करोड ५० लाख सहयोग गरेको छ भने र सुदूरपश्चिम प्रदेश सरकार एक करोड रकम सहयोग गरेको छ ।
यसैगरी कोशी प्रदेश सरकार र बुद्ध एयरले पनि एक एक करोड सहयोग गरेका छन् । यसै गरी नेपाल टेलिकमले प्रभावित क्षेत्रमा पाँच दिन म्वाइस र एसएमएस सेवा निःशुल्क प्रदान गरेको छ भने एनसेलले एक करोड नगद र ४० लाखको ब्यालेन्स निःशुल्क गरेको छ ।
भाटभटेनी सुपर मार्केटले एक करोड ११ लाख ११ हजार १११ सहयोग गरेको छ भने पोखरा महानगरपालिकाले ५० लाख भुकम्प पिडीतका लागि सहयो गरेको छ ।
यस्तै नेपाली कांग्रेसले ५० लाख र कांग्रेस निकट नेपाल विद्यार्थी संघले सात लाख ११ हजार सहयोग गरेको छ ।
भुकम्प प्रभावितका लागि सिटिजन्स बैङ्कले २५ लाख, अर्ना बियरले २५ लाख, तिलोत्तमा नगरपालिकाले १० लाख, एनआरएनए (आरके समूह) ले २१ लाख सहयोग गरेको छ ।
यसैगरी कैलाश हेलिकोप्टर १० लाख, एनआरएनए (बद्री केसी समूह) १० लाख तथा एक करोड १० लाख रुपियाँको राहत कोष खडा गरेको छ ।
नेपाल क्रिकेट संघले ओमनसँग हुने खेलको टिकट बिक्रीको आधा रकम हहस्तान्तरण गर्ने भएको छ भने बोगटान फुइसिल गाउँपालिका (डोटी) ले दुई लाख प्रदान गर्ने भएको छ ।
यसै गरी मेयर भरत जोशी (पर्शुराम नगरपालिकाका प्रमुख) ले पनि एक लाख सहयाेग गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीले एक लाख र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले एक महिना बराबरको पारिश्रमिक सहयोग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...




प्रतिकृया लेख्नुहोस्: