काठमाडाैं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले भूकम्प पिडितको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने भएको छ।
पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार राती गएको विनाशकारी भूकम्प पिडितहरुको सहयोगार्थ राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गरिन लागेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए।
यस दुःखद् घडीमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानद्वारा तत्काल भूकम्प प्रभावित क्षेत्रका पिडित नागरिकको लागि राहत स्वरुप जापानी येन १० लाख र एनआरएनए जापान क्षेत्रीय समितिद्वारा जापानी येन ५ लाख गरी कुल १५ लाख जापानी येन रकम सहयोग गर्न लागेको हौ। अध्यक्ष निउरे भने तत्कालका लागि उक्त रकम नेपाल सरकार, स्थानीय सरकारसँगको समन्वय र सहयोगमा वास्तविक पीडित परिवारका लागि एनआरएनए जापानका प्रतिनिधिमार्फत उपलब्ध गराइने छ।
जापानमा क्रियाशील संघ संस्थाहरुसँगको समन्वय र सहकार्यमा एनआरएनए जापानको नेतृत्वमाुभूकम्प पीडित राहत सङ्कलन अभियानु सञ्चालन गरि भूकम्प पीडित परिवारलाई आवश्यक सहयोग गर्ने गरी योजना बनाएको एनआरएनए जापानका महासचिव टिकाराम खरेलले बताए।
शुक्रबार राती आएको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ मलमपट्टि लगाउन र उहाँहरुको दुःखमा हामीहरू समेत साथमा छौ भन्नका लागि आवश्यक राहतका लागि जापानमा क्रियाशील संघ संस्थाहरुसँगको समन्वय र सहकार्यमा एनआरएनए जापानको नेतृत्वमाुभूकम्प पीडित राहत सङ्कलन अभियानु सञ्चालन गरिने छ। महासचिव खरेलले भने ।
एनआरएनए जापानका प्रवक्ता खगराज गौतमद्वारा शनिबार एक विज्ञप्ती जारी गर्दै एनआरएनए जापानको नेतृत्वमाुभूकम्प पीडित राहत सङ्कलन अभियानु सञ्चालन गरिने भएकोले उक्त अभियानमा सक्रियतापूर्वक सहभागिता जनाई दिनु हुन जापान स्थित संघ संस्था, व्यवसायी, नेपाली नागरिक सम्पूर्णमा विषेश अपिल समेत गरेका छन् ।
पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार राती गएको ६।४ रेक्टर स्केलको विनाशकारी भूकम्पमा परी नेपालका त्यस क्षेत्रका सयौंको ज्यान जानुका साथै हजारौ घाइते भई ठूलो मात्रामा भौतिक क्षति भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...




प्रतिकृया लेख्नुहोस्: