Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

भूकम्पका घाइतेको लागि रगत सङ्कलन गर्दै नेपालगन्जवासी

खबरडबली संवाददाता

बाँके । जाजरकोट भूकम्पमा परी घाइते तथा पीडित परिवारको लागि सहयोग पुर्‍याउन नेपालगन्जवासी जुटेका छन् । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि आउनुभएका जाजरकोट र पश्चिम रुकुमका घाइतेलाई नेपालगन्जवासीले स्व:स्फूर्तरूपमा आवश्यक सहयोगका लागि अग्रसरता देखाएका छन् ।

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति आएको भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम र जाजरकोटका घाइतेको उपचारका लागि नेपालगन्जमा शनिबार ८० ‘पिन्ट’ रगत सङ्कलन भएको नेपाल रेडक्रस सोसाइटी बाँकेका सदस्य मीन मल्लले जानकारी दिए ।  

उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएका गम्भीर घाइते बिरामीलाई रगतको अभाव हुन नदिन खुला रक्तदान कार्यक्रममा स्व:स्फूर्त रगत सङ्कलन भएको हो । नेपालगन्जस्थित रक्तसञ्चार केन्द्रमा एक सय ५८ पिन्ट रगत मौज्दात रहे पनि आकस्मिक अवस्थाका लागि थप मौज्दात गर्न रगत सङ्कलन सुरु गरिएको हो । 

भूकम्पका घाइतेको उपचारका लागि रगत आवश्यक पर्न सक्ने जनाई सर्वसाधारणलाई खुला रक्तदानमा सहभागी हुन गरिएको आग्रहबमोजिम ठूलो सङ्ख्यामा रगत दिन स्थानीय युवा रक्त सञ्चार केन्द्रमा पुगेको मल्लले बताए।  

भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका भूकम्पका घाइते बिरामी र बिरामीको कुरुवा तथा भेट्ने आफन्तका लागि अस्पताल परिसरमा सञ्चालित अञ्जनी माता रसोइमा आइतबारदेखि नि:शुल्क खानाको व्यवस्था गरिएको छ । भूकम्पका घाइते बिरामी तथा पीडित परिवारलाई सहजरूपमा भोजनको व्यवस्था मिलाइएको अञ्जनी माता रसोइका सञ्चालक सदस्य विजय गुप्ताले बताए। 

नेपालगन्जका अगुवा व्यापारी नन्दलाल वैश्यले शनिबार नै अस्पतालमा भर्ना भएका बिरामी तथा कुरुवालाई कम्मल र उनीको पछ्यौरा प्रदान गरे । भेरी अस्पतालमा गए राति थप छ जना बिरामी एम्बुलेन्सबाट उपचारका लागि ल्याइएको छ । दुईजना भेरी नगरपालिका जाजरकोटका र चारजना सानीभेरी रुकुम पश्चिमका रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । 

उनका अनुसार हालसम्म बाँकेमा उपचारका लागि ल्याइएका घाइतेको सङ्ख्या ३८ पुगेको छ । उपचाररत घाइतेमध्ये ३७ जनाको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ भने एकजनाको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचाररत घाइतेमध्ये पाँच जनाको गए राति सफल शल्यक्रिया भइसकेको छ । एक जनाको शनिबार बाटोमै मृत्यु भएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending