Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

गोरखाको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या बढ्यो

खबरडबली संवाददाता

गोरखा । गोरखाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । 

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु संरक्षण क्षेत्रमा यसवर्षको अक्टोबरसम्म सात हजार आठ सय ६२ विदेशी पर्यटकले भ्रमण गरिसकेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।

यसवर्षको अक्टोबर महिनासम्ममा यस क्षेत्रमा अघिल्लो वर्षभन्दा बढी पर्यटक भ्रमणका लागि आइपुगेको उनले बताए । ‘‘सन् २०२२ मा छ हजार एक सय दुई यस क्षेत्रमा आइपुगेका थिए, उनले भने, ‘‘यो वर्ष सकिन अझै दुई महिना बाँकी छदैँ सात हजार आठ सयभन्दा बढी पर्यटक आइपुगेका छन् ।’’

मनास्लु क्षेत्र घुम्न जानेहरुमा यसवर्ष सार्क राष्ट्रका  एक सय ७८ जना, रहेका छन् भने त्यस बाहेक अन्य देशका सात हजार छ सय ८४ जना रहेको उनले बताए । यहाँ आइपुग्ने पर्यटकमा चार हजार पाँच सय १९ पुरुष र तीन हजार तीन सय ३८ महिला पर्यटक रहेका छन् । कोरोना सङ्क्रमणका कारण सुस्ताउँदै गएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कन थालेको कार्यालय प्रमुख शेरचनको भनाइ थियो ।

उक्त कार्यालयको तथ्याङकअनुसार सन् २०२१ मा नौ सय २५ विदेशी पर्यटकले मात्र मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । अघिल्ला वर्षको तुलनामा यसवर्ष अत्यधिक पर्यटक मनास्लु पुगेको उनले बताए । “यसवर्ष करिब १२ हजारभन्दा बढी पर्यटक मनास्लु पुग्ने अपेक्षा गरिएको छ,” प्रमुख शेरचनले भने, “साउन महिना यतादेखि असोज अन्तिमसम्म मात्र दुई हजार ९०३ विदेशी पर्यटक मनास्लु आइपुगेका छन् ।’’

साउन महिना ८०, भदौमा पाँच सय ४७ र असोजमा दुई हजार दुई सय ७६ विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरिसकेको उनले बताए । निषेधित क्षेत्रको रुपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि पर्यटकका लागि खुल्ला गरेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हुरीसहित वर्षा - सतर्कता अपनाउन आग्रह

काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि  उपत्यकासहित तराईका केही जिल्लामा हुर...

कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्म स्थगित, राजीनामापत्रमा असहमति

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक सहमहामन्त्री डिला संग...

मध्यपूर्वमा रहेका ८२ हजार नेपालीले उद्धारका लागि विवरण दर्ता गराए

काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...

सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...

बिस लाख रुपियाँसहित वीरगञ्जबाट एकजना पक्राउ

वीरगञ्ज। सशस्त्र प्रहरी बलले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँभन्दा बढी नगदसहित एक व्यक्तिलाई  नियन्त्रणमा लिएको छ ।  चैत ६ गते बिहान वीरगञ्ज म...

कांग्रेसले गर्याे चुनाव हारको १३ पानामा समीक्षा

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो प्रदर्शनको प्रारम्भिक समीक्षा गरेको छ। शुक्रबार बसेको केन्द्रीय सम...

कांग्रेस बैठकमा दुई लिखित प्रस्ताव पेश

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...

यूएईमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...

दाङ र लुम्बिनी दिउँसै अँध्यारो

घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...

महिला नेतृत्वको विरोध होइन, समर्थन गर्ने परिपाटी आवश्यक छ : महान्यायाधिवक्ता भण्डारी

भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: