Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

गोरखाको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या बढ्यो

खबरडबली संवाददाता

गोरखा । गोरखाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । 

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु संरक्षण क्षेत्रमा यसवर्षको अक्टोबरसम्म सात हजार आठ सय ६२ विदेशी पर्यटकले भ्रमण गरिसकेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।

यसवर्षको अक्टोबर महिनासम्ममा यस क्षेत्रमा अघिल्लो वर्षभन्दा बढी पर्यटक भ्रमणका लागि आइपुगेको उनले बताए । ‘‘सन् २०२२ मा छ हजार एक सय दुई यस क्षेत्रमा आइपुगेका थिए, उनले भने, ‘‘यो वर्ष सकिन अझै दुई महिना बाँकी छदैँ सात हजार आठ सयभन्दा बढी पर्यटक आइपुगेका छन् ।’’

मनास्लु क्षेत्र घुम्न जानेहरुमा यसवर्ष सार्क राष्ट्रका  एक सय ७८ जना, रहेका छन् भने त्यस बाहेक अन्य देशका सात हजार छ सय ८४ जना रहेको उनले बताए । यहाँ आइपुग्ने पर्यटकमा चार हजार पाँच सय १९ पुरुष र तीन हजार तीन सय ३८ महिला पर्यटक रहेका छन् । कोरोना सङ्क्रमणका कारण सुस्ताउँदै गएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कन थालेको कार्यालय प्रमुख शेरचनको भनाइ थियो ।

उक्त कार्यालयको तथ्याङकअनुसार सन् २०२१ मा नौ सय २५ विदेशी पर्यटकले मात्र मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । अघिल्ला वर्षको तुलनामा यसवर्ष अत्यधिक पर्यटक मनास्लु पुगेको उनले बताए । “यसवर्ष करिब १२ हजारभन्दा बढी पर्यटक मनास्लु पुग्ने अपेक्षा गरिएको छ,” प्रमुख शेरचनले भने, “साउन महिना यतादेखि असोज अन्तिमसम्म मात्र दुई हजार ९०३ विदेशी पर्यटक मनास्लु आइपुगेका छन् ।’’

साउन महिना ८०, भदौमा पाँच सय ४७ र असोजमा दुई हजार दुई सय ७६ विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरिसकेको उनले बताए । निषेधित क्षेत्रको रुपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि पर्यटकका लागि खुल्ला गरेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending