Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

भूकम्पमा परी अपाङ्गता भएकाको माग: हामीलाई प्राथमिकता दिइयोस्

खबरडबली संवाददाता

भेरीगङ्गा । रुकुम आठबिसकोट नगरपालिका–१३ सोताका भरत जङ्ग दृष्टिविहीन हुनुहुन्छ । हिँड्डुल गर्न उहाँलाई अरूको सहायता चाहिन्छ । उनको श्रीमती पनि शारीरिक अपाङ्गता छन। गाउँमै जसोतसो सानो घर बनाएर बस्ने जोहो गर्नुभएका भरतको घर  यही कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त बनायो । घर भत्के पनि धन्नले ज्यान जोगाउन सफल भएका उहाँका दम्पति अहिले राहातको पर्खाइमा छन। 

सरकारले राहत वितरण त सुरु गरे पनि उहाँहरुले राहतको नाममा एउटा त्रिपाल मात्रै पाएको छैनन् । “घरमा खाने अन्न पनि छैन । घर पनि भूकम्पले ध्वस्त बनायो । आफैँ अपाङ्ग छौँ,” भरत दुखेसो पोख्नुहुन्छ , “सरकारले यस्तो बेलामा हामीजस्ता अपाङ्गता भएका व्यक्तिहरु जो भूकम्पपीडित भएका छौँ, उनीहरुलाई पहिलो प्राथमिकता राखेर राहत दिनुपर्ने हो तर त्यसो हुन सकेको छैन ।” 

“हरेक क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुग्न नसकेको र  भूकम्पका कारण अझै पीडित बन्नुपरेको छ ”,  उनी भन्छन, “अपाङ्गता भएका व्यक्तिहरुको पहुँच हरेक क्षेत्रमा कमजोर छ । अझै यो भूकम्पका कारण पीडित बनेका हामीजस्ता अन्य व्यक्ति पहुँच नपुगेरै त होला राहत पाउन सकेका छैनन् ।” 

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१ कल्लेरीका डिलसरा बोहोरा खड्काको पनि शारीरिक  त्यस्तै छ । राम्रोसँग हिँड्डुल गर्न नसक्ने उहाँको घर पनि भूकम्पले भत्कायो । घर भत्किने बेलामा घरमाथिबाट बाँच्ने आसले श्रीमान्श्रीमती नै हाम फाल्दा श्रीमान् सामान्य घाइते हुनुभयो । उहाँको ढाडमा चोट लागेको छ । छिनभरमै घरबारविहीन बन्नुभएकी डिलसराको परिवार अहिले खुल्ला आकासमुनि बस्दै आएको छ । अहिलेसम्म सहयोगका लागि कोही पनि नआएकाले वडाध्यक्षलाई फोन गरेर राहतको पहल गरिदिनको अनुरोध गरिरहे उहाँले पनि राहत पाउनुभएको छैन । 

“म खुट्टाले हिँड्न नसक्ने मान्छे भूकम्पमा परी धन्नले बाँचे । घर भत्कियो, अहिलेसम्म के कति क्षति भयो भनेर कसैले वास्ता नगरेपछि वडाध्यक्षलाई राहतको लागि पहल गरिदिन फोन गरिरहेको छु ।” उहाँको बिलौना छ, सबैभन्दा पहिले भूकम्पले हामीजस्ता अपाङ्गता भएका व्यक्तिहरु के कति छन् खोज्नुपर्‍यो अनि सरकारले पहिलो प्राथमिकतामा राखेर राहत दिनुपर्छ ।” 

जाजरकोट भेरी नगरपालिका–३ का लोकेन्द्र कार्की हेमोफिलियासम्बन्धी अपाङ्गता हुनुहुन्छ । उहाँ कात्तिक १७ गते टिभी हेर्दै हुनुहुन्थ्यो । भूकम्प आएपछि घरको छतले उहाँ पुरिनुभयो । धेरै पटक बोलाउँदा पनि कसैले सुनेनन्  तर  धेरै समयपछि लोकेन्द्रको उद्धार भयो । घाइते हुनुभएका उहाँ अहिले बाँकेको भेरी अस्पतालमा उपचार गराइरहनुभएको छ । लोकेन्द्रको  परिवार पनि अहिले घरबारविहीन भएको छ । जिल्ला सदरमुकाम भएको हुँदा उहाँले केही रुपमा राहत त पाइरहे पनि  अपाङ्गता भएका अन्य व्यक्तिहरु भूकम्पको चपेटामा परे पनि अहिलेसम्म राहत पाएका  छैनन् । 

“सरकारले यस्तो विपद्को बेलामा हामीजस्ता अपाङ्गता व्यक्तिहरुलाई ध्यान दिनुपर्छ । उनीहरु यस्तो बेलामा धेरै पीडामा परेका हुन्छन् । राहत सामग्री पनि पहिलो प्राथमिकतामा राखेर दिनुपर्छ  तर त्यसो भएको देखिँदैन । कति अपाङ्गता भएका व्यक्तिहरु अहिले झन पीडित छन् त्यसको यकिन डाटा पनि सङ्कलन भएको छैन,” लोकेन्द्र भन्छन । 

विपद्को बेला सबैभन्दा समस्या र जोखिममा अपाङ्गता भएका व्यक्तिहरु पर्दै आएका छन् । पहुँचयुक्त संरचना नहुँदा उनीहरु समस्यामा पर्दै आएका छन् । बाढी, पहिरो र भूकम्पजस्ता विपद्का घटनामा अपाङ्गता भएका व्यक्तिहरु झनै जोखिममा हुन्छन् । यस्तो बेलामा पहिलो प्राथमिकता राखेर सरकारले राहत र पुन:स्थापनाको काम गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् । 

अपाङ्गताको क्षेत्रमा काम गर्दै आउनुभएका अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका जितलाल ढकाल भूकम्पमा परी कति अपाङ्गता भएका व्यक्तिहरु समस्यामा परेका छन्  भनेर डाटा पनि सङ्कलन नगरिएको बताउछन । उहाँ भन्छन, “भूकम्पले कति जनधनको क्षति गर्‍यो यस्तो बेलामा अपाङ्गता भएका व्यक्तिहरु अझै कति पीडित छन्  तर सरकारले कति व्यक्ति घाइते भए,  कति अपाङ्गता भएका व्यक्तिहरु घरबारविहीन भए  भनेर कुनै तथ्याङ्क ल्याएको छैन, यो दु:खद हो । सबै व्यक्तिलाई एउटै डालोमा हालेर राहत र पुन:स्थापनाको काम गर्दा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुग्न नसक्ने चिन्ता रहेको छ ।” 

सरकारले भने कोही कसैलाई पनि पहुँचबाट टाढा नराख्नेगरी एकद्वार प्रणालीबाट राहत र पुन:स्थापनाको काम गरिने बताउँदै आएको छ । 

जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी अपाङ्गता भएका तीन व्यक्ति घाइते भएका छन् भने एकजनाको मृत्यु भएको छ । जाजरकोटको जम्मा जनसङ्ख्याको पाँच र रुकुम पश्चिममा चार प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेको तथ्याङ्क छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending