Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

भूकम्पमा परी अपाङ्गता भएकाको माग: हामीलाई प्राथमिकता दिइयोस्

खबरडबली संवाददाता

भेरीगङ्गा । रुकुम आठबिसकोट नगरपालिका–१३ सोताका भरत जङ्ग दृष्टिविहीन हुनुहुन्छ । हिँड्डुल गर्न उहाँलाई अरूको सहायता चाहिन्छ । उनको श्रीमती पनि शारीरिक अपाङ्गता छन। गाउँमै जसोतसो सानो घर बनाएर बस्ने जोहो गर्नुभएका भरतको घर  यही कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त बनायो । घर भत्के पनि धन्नले ज्यान जोगाउन सफल भएका उहाँका दम्पति अहिले राहातको पर्खाइमा छन। 

सरकारले राहत वितरण त सुरु गरे पनि उहाँहरुले राहतको नाममा एउटा त्रिपाल मात्रै पाएको छैनन् । “घरमा खाने अन्न पनि छैन । घर पनि भूकम्पले ध्वस्त बनायो । आफैँ अपाङ्ग छौँ,” भरत दुखेसो पोख्नुहुन्छ , “सरकारले यस्तो बेलामा हामीजस्ता अपाङ्गता भएका व्यक्तिहरु जो भूकम्पपीडित भएका छौँ, उनीहरुलाई पहिलो प्राथमिकता राखेर राहत दिनुपर्ने हो तर त्यसो हुन सकेको छैन ।” 

“हरेक क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुग्न नसकेको र  भूकम्पका कारण अझै पीडित बन्नुपरेको छ ”,  उनी भन्छन, “अपाङ्गता भएका व्यक्तिहरुको पहुँच हरेक क्षेत्रमा कमजोर छ । अझै यो भूकम्पका कारण पीडित बनेका हामीजस्ता अन्य व्यक्ति पहुँच नपुगेरै त होला राहत पाउन सकेका छैनन् ।” 

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१ कल्लेरीका डिलसरा बोहोरा खड्काको पनि शारीरिक  त्यस्तै छ । राम्रोसँग हिँड्डुल गर्न नसक्ने उहाँको घर पनि भूकम्पले भत्कायो । घर भत्किने बेलामा घरमाथिबाट बाँच्ने आसले श्रीमान्श्रीमती नै हाम फाल्दा श्रीमान् सामान्य घाइते हुनुभयो । उहाँको ढाडमा चोट लागेको छ । छिनभरमै घरबारविहीन बन्नुभएकी डिलसराको परिवार अहिले खुल्ला आकासमुनि बस्दै आएको छ । अहिलेसम्म सहयोगका लागि कोही पनि नआएकाले वडाध्यक्षलाई फोन गरेर राहतको पहल गरिदिनको अनुरोध गरिरहे उहाँले पनि राहत पाउनुभएको छैन । 

“म खुट्टाले हिँड्न नसक्ने मान्छे भूकम्पमा परी धन्नले बाँचे । घर भत्कियो, अहिलेसम्म के कति क्षति भयो भनेर कसैले वास्ता नगरेपछि वडाध्यक्षलाई राहतको लागि पहल गरिदिन फोन गरिरहेको छु ।” उहाँको बिलौना छ, सबैभन्दा पहिले भूकम्पले हामीजस्ता अपाङ्गता भएका व्यक्तिहरु के कति छन् खोज्नुपर्‍यो अनि सरकारले पहिलो प्राथमिकतामा राखेर राहत दिनुपर्छ ।” 

जाजरकोट भेरी नगरपालिका–३ का लोकेन्द्र कार्की हेमोफिलियासम्बन्धी अपाङ्गता हुनुहुन्छ । उहाँ कात्तिक १७ गते टिभी हेर्दै हुनुहुन्थ्यो । भूकम्प आएपछि घरको छतले उहाँ पुरिनुभयो । धेरै पटक बोलाउँदा पनि कसैले सुनेनन्  तर  धेरै समयपछि लोकेन्द्रको उद्धार भयो । घाइते हुनुभएका उहाँ अहिले बाँकेको भेरी अस्पतालमा उपचार गराइरहनुभएको छ । लोकेन्द्रको  परिवार पनि अहिले घरबारविहीन भएको छ । जिल्ला सदरमुकाम भएको हुँदा उहाँले केही रुपमा राहत त पाइरहे पनि  अपाङ्गता भएका अन्य व्यक्तिहरु भूकम्पको चपेटामा परे पनि अहिलेसम्म राहत पाएका  छैनन् । 

“सरकारले यस्तो विपद्को बेलामा हामीजस्ता अपाङ्गता व्यक्तिहरुलाई ध्यान दिनुपर्छ । उनीहरु यस्तो बेलामा धेरै पीडामा परेका हुन्छन् । राहत सामग्री पनि पहिलो प्राथमिकतामा राखेर दिनुपर्छ  तर त्यसो भएको देखिँदैन । कति अपाङ्गता भएका व्यक्तिहरु अहिले झन पीडित छन् त्यसको यकिन डाटा पनि सङ्कलन भएको छैन,” लोकेन्द्र भन्छन । 

विपद्को बेला सबैभन्दा समस्या र जोखिममा अपाङ्गता भएका व्यक्तिहरु पर्दै आएका छन् । पहुँचयुक्त संरचना नहुँदा उनीहरु समस्यामा पर्दै आएका छन् । बाढी, पहिरो र भूकम्पजस्ता विपद्का घटनामा अपाङ्गता भएका व्यक्तिहरु झनै जोखिममा हुन्छन् । यस्तो बेलामा पहिलो प्राथमिकता राखेर सरकारले राहत र पुन:स्थापनाको काम गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् । 

अपाङ्गताको क्षेत्रमा काम गर्दै आउनुभएका अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका जितलाल ढकाल भूकम्पमा परी कति अपाङ्गता भएका व्यक्तिहरु समस्यामा परेका छन्  भनेर डाटा पनि सङ्कलन नगरिएको बताउछन । उहाँ भन्छन, “भूकम्पले कति जनधनको क्षति गर्‍यो यस्तो बेलामा अपाङ्गता भएका व्यक्तिहरु अझै कति पीडित छन्  तर सरकारले कति व्यक्ति घाइते भए,  कति अपाङ्गता भएका व्यक्तिहरु घरबारविहीन भए  भनेर कुनै तथ्याङ्क ल्याएको छैन, यो दु:खद हो । सबै व्यक्तिलाई एउटै डालोमा हालेर राहत र पुन:स्थापनाको काम गर्दा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुग्न नसक्ने चिन्ता रहेको छ ।” 

सरकारले भने कोही कसैलाई पनि पहुँचबाट टाढा नराख्नेगरी एकद्वार प्रणालीबाट राहत र पुन:स्थापनाको काम गरिने बताउँदै आएको छ । 

जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी अपाङ्गता भएका तीन व्यक्ति घाइते भएका छन् भने एकजनाको मृत्यु भएको छ । जाजरकोटको जम्मा जनसङ्ख्याको पाँच र रुकुम पश्चिममा चार प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेको तथ्याङ्क छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन प्रतिवेदन २०८२ पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।  ...

नेप्से परिसूचक ६४ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...

राप्रपाको संसदीय दलको नेता शाही, प्रमुख सचेतकमा ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...

नवनिर्वाचित सांसदको शपथ चैत १२ गते, संसद् सचिवालयद्वारा दलहरूसँग परामर्श

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...

राष्ट्रिय सभामा गृहमन्त्री अर्यालको मनोनयनविरुद्ध रिट : चैत २५ गतेलाई तोकियो पेसी

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ...

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: