कैलाली । बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा उखु मिल सञ्चालनको तयारी थालेको छ । उखु मिल सञ्चालन हुने थाहा पाएपछि किसान उखुखेती विस्तारमा लागेका हुन् ।
कैलालीको टीकापुरका धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखुखेती सुरु गरेको बताए । मिल सञ्चालकसँग समन्वय गरेर उखुखेती सुरु गरेकाे र मिल सञ्चालन भए उखु खेती थप विस्तार गर्ने योजना रहेकाे उनकाे भनाइ छ ।
राजापुर सुगर एण्ड केमिकल्स प्रालिका प्रबन्धक निर्देशक यज्ञबहादुर ओलीले आगामी वर्ष मिल सञ्चालन गर्ने गरी काम भइरहेको बताए । किसानलाई उखु खेतीका लागि आग्रह गरेकाे र उखु उत्पादनसँगै मिल सञ्चालनको पनि काम भइरहेको उकाे भनाइ छ ।
कम्पनीले २० बिघा जग्गा खरिद गरेर काम थालेको छ । मिल सञ्चालन गर्न रु दुई अर्बभन्दा बढी लागत लाग्ने अनुमान कम्पनीको छ । मिल पूर्णरूपमा सञ्चालन गर्नका लागि पाँच हजारदेखि छ हजार बिघामा उखुखेती आवश्यक पर्ने निर्देशक ओली बताउनुहुन्छ । मिल सञ्चालनमा आए पाँच सयभन्दा बढी जनाले प्रत्यक्षरुपमा रोजगारी पाउनेछन् ।
बाढी र डुबानका कारण अन्य खेतीको उत्पादन राम्रो नहुँदा चिन्तित किसान चिनी मिलले खेती बाँझो नहुने भन्दै आशावादी बनेका छन् । बलौटे माटोमा उत्पादन केही नहुने र वर्षात्को समयमा बाढीले लगाएको बर्खेबाली पनि नष्ट गर्ने राजापुर–८ का धर्मचन्द्र चौधरीले बताए । अर्का किसान सुरेन्द्र चौधरीले राजापुरमा चिनी मिल सञ्चालन भए बर्दियाका किसानले मात्रै नभई कैलालीकाले लाभ लिनसक्ने बताए ।
टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले चिनी मिल सञ्चालकसँग समन्वय गरेर उखुखेती गर्न थालिएको बताए । उनी आफैले पनि उखुखेती सुरु गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - २०:५२
काठमाडौं । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...
फाल्गुन ३० गते, २०८२ - २०:४३
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...
फाल्गुन ३० गते, २०८२ - १९:४१
बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...
फाल्गुन ३० गते, २०८२ - १९:३८
काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...
फाल्गुन ३० गते, २०८२ - १९:३४
विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...
फाल्गुन ३० गते, २०८२ - १९:२२
काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...
फाल्गुन ३० गते, २०८२ - १९:२०
रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...
फाल्गुन ३० गते, २०८२ - १९:१४
काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...
फाल्गुन ३० गते, २०८२ - १९:०९
बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...
फाल्गुन ३० गते, २०८२ - १९:०३
ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...


प्रतिकृया लेख्नुहोस्: