भरतपुर । लहरै रोपिएका सयपत्री फूलले हाँगा हालेर ढकमक्क फुलेपछि यतिबेला मख्ख छन् सञ्जय भुजेल। चितवनको भरतपुर महानगरपालिका–२० का सञ्जय भुजेलले व्यावसायिक सयपत्री फूल खेती गरेका छन् ।
तिहार लक्षित गरेर रोपिएका सयपत्रीले सबैको ध्यान तान्ने भएको छ । नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिका २० नम्बर वडाका कमिटि सचिवसमेत रहेका भुजेलले लगभग १५ कठ्ठा जग्गामा फुल खेती गरेका छन् ।
तिन वर्षअघि देखि सुरु गरेको फूल खेतीले गत वर्ष एक सिजनमा ६ लाखको फूल बिक्री गरेको भुजेलले बताए । यसपालिको तिहार याममा रु ८ देखि १० लाख आम्दानी गर्ने लक्ष्य रहेको उनको भनाइ छ । सानो लगानिमा सुरु गरेको फुल व्यावसायले अहिले भुजेलको परिवारसमेत यसैमा व्यस्त हुने गरेको बताए ।
उनको फुल चितवनका प्राय सबै स्थानमा पुगेको बताउछन्। त्यतिमात्र नभएर जिल्ला बाहिरबाटसमेत फूलको माग आउने उनले बताए । विशेषगरि काठमाडौ र पोखराबाट माग आउने भुजेलको भनाइ छ ।
फूलेका फूललाई सदुपयोग गर्न र टिकटक बनाउने स्थान बनाएर रमाइलो गर्ने ठाउँ बनाइदिएको भुजेलले बताए । ढकमक्क फूलेका फूलले बारी मनमोहक देखिएको छ ।
युवा वैदेशिक रोजगारीका लागि बाहिर जानु नपर्ने र स्वदेश मै कृषिबाट मनग्य आम्दानी गर्नसकिने उनको भनाइ छ । जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूल खेती गर्न सके त्यसले आयआर्जनको बलियो आधार बन्ने उनी बताउछन् ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - १७:३६
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...
चैत्र ५ गते, २०८२ - १७:१३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । ...
चैत्र ५ गते, २०८२ - १६:५६
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...
चैत्र ५ गते, २०८२ - १६:४६
काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...
चैत्र ५ गते, २०८२ - १६:३४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...
चैत्र ५ गते, २०८२ - १६:२५
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...
चैत्र ५ गते, २०८२ - १५:५९
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...
चैत्र ५ गते, २०८२ - १५:२२
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
चैत्र ५ गते, २०८२ - १५:०३
काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...
चैत्र ५ गते, २०८२ - १४:४३
काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...


प्रतिकृया लेख्नुहोस्: