चीन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छन् । चिनियाँ सहयोग परियोजना बीआरआईसम्बन्धी चीनको कुङमिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समाजवादी चीनलाई आर्थिक तथा सुरक्षाका विभिन्न माध्यम प्रयोग गरी घेरा हाल्ने एवम् कमजोर बनाउने कतिपय क्रियाकपालप्रति आफूहरु सचेत रहेको बताए ।
उनले भने, “नेपालमा आन्तरिक द्वन्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोगमार्फत भू–राजनीतिकरुपमा चीनलाई घेरा हाल्न खोज्ने हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि कामलाई हामी स्वीकार गर्न सक्दैनौँ ।” चिनियाँ कम्युनिष्ट पार्टी ९सिपिसी०, दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका अन्य राजनीतिक दलहरुबीचको सम्बन्ध सहकार्य, आपसी समझदारीमा आधारित भएको भन्दै उहाँले चिनियाँ कम्युष्टि पार्टीले यी क्षेत्रका विभिन्न राजनीतिक दलसँग खुला संवाद, विचारको आदानप्रदान र क्षेत्रीय विश्वव्यापी मुद्दामा एकअर्कालाई सहयोग तथा प्रोत्साहनसहित सम्बन्ध स्थापना गर्ने कोसिस गरेको बताए।
यसप्रकारको सहयोग र दृष्टिकोणले दक्षिण एसिया र दक्षिण पूर्वी एसियाको शान्ति, विकास र स्थिरतालाई सुदृढ पार्ने लक्ष्य लिएको उनको भनाइ छ । रचनात्मक छलफल र साझेदारी पहलहरुमा सम्बन्ध भएर सिपिसी तथा दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका अन्य राजनीतिक दलहरुले क्षेत्रीय सद्भाव, आर्थिक समृद्धि र सांस्कृतिक आदान प्रदानमा योगदान दिने कोसिस गरिरहेको उहाँले उल्लेख गरे । उनले साझा चुनौतीहरुको मिलेर समाधान गर्न पनि आवश्यक रहेको बताए । उहाँले दक्षिण एसिसा र दक्षिण पूर्वी एसियाका राजनीतिक दलले सिपिसीसँग सम्बन्धलाई थप बलियो र दरिलो बनाएर समाज विकासका विभिन्न पक्षमा काम गर्नु आवश्यक रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: