कीर्तिपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकार तथा पार्टीमार्फत गणतन्त्र र सङ्घीयता जस्ता उपलब्धिको रक्षाका लागि नयाँ अभियान थालेको बताएको छन् ।
नेकपा (माओवादी केन्द्र) द्वारा आज कीर्तिपुरमा आयोजित ‘कीर्तिपुरका जनता’ विषयक साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री दाहालले विगतबाट शिक्षा लिँदै जनतामा आशा जगाउने कार्य गर्न थालेको बताए । “विगतमा निष्ठाबाट विचलित हुँदा र पार्टी विभाजन हुँदा फेरि प्रतिक्रान्तिले टाउको उठाउने र अहिलेको परिवर्तनलाई उल्ट्याउने सपना देख्न थाले । त्यसपछि नयाँ ढङ्गले जानुपर्ने भएकाले पार्टीले देशभर अभियान सञ्चालन गरेको हो”, उनले भने। यसक्रममा आफू तेस्रोपटक प्रधानमन्त्री भएपछि देशको अवस्थामा देखिने गरी परिवर्तन गर्न विशेष रुपले लागिपरेको प्रम दाहालले बताए ।
सरकारले वैदेशिक रोजगारीमा गएका करिब चार लाख श्रमिक र अनौपचारिक क्षेत्रमा रहेका हजारौँ श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्ने कार्य गरेको प्रधानमन्त्री दाहालले बताए । यसैगरी सरकारले नक्कली भूटानी शरणार्थी प्रकरण, भूमाफियालाई असफल पार्ने कार्य तथा तस्करीको जालो हटाउने कार्यको सुरुआतबाट ‘अब चाहिँ केही हुन्छ’ भन्ने कुराको अनुभूति जनतालाई दिने कार्य गरेको उहाँले उल्लेख गरे।
संयुक्त राष्टसङ्घका महासचिवबाट हालै भएको नेपाल भ्रमणको प्रसङ्ग निकाल्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय मञ्चहरुमा मौसम परिवर्तनप्रति विश्वकै ध्यानाकृष्ट गरेपछि उक्त भ्रमण सफल भएको बताए । मौसम परिवर्तनको सन्दर्भमा नेपालको हक स्थापित गर्न सरकार सफल भएको उनको भनाइ थियो । सरकारको मेहेनतको फलस्वरुप मुुलुकको आर्थिक अवस्था क्रमश: सुधार हुँदै गएको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।
“श्रीलङ्काकै स्थितिमा मुलुक पुग्छ कि भन्ने त्रासबाट अर्थतन्त्रलाई उद्धार गरेका छौँ”, उनले भने । पछिल्लो समय विगत सय वर्षको विद्युत् उत्पादनभन्दा बढी हुने गरी १० हजार एक सय मेगावाटको कर्णाली–चिसापानी परियोजना अघि बढाउने तथा मूलपानी, भरतपुर र विराटनगरका क्रिकेट रङ्गशाला निर्माण अघि बढाउने र निजगढको विमानस्थल तथा द्रुतमार्गका काम अघि बढाउने पनि सरकारले निर्णय गरेको उनले बताए।
कीर्तिपुरवासीको जिज्ञासा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले पहिलो पटक २०६४ मा कीर्तिपुरबाट जितेर प्रधानमन्त्री भएका बेला गर्न नसकिएका कतिपय काम यसपटक गर्नका लागि पहल गरिरहेको बताए । कीर्तिपुरका स्ववासी जग्गा दर्ता, लायकु दरबार पुन:निर्माण, सार्वजनिक जग्गा संरक्षणलगायत कार्य गर्न विशेष पहल गरिने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - १७:३६
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...
चैत्र ५ गते, २०८२ - १७:१३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । ...
चैत्र ५ गते, २०८२ - १६:५६
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...
चैत्र ५ गते, २०८२ - १६:४६
काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...
चैत्र ५ गते, २०८२ - १६:३४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...
चैत्र ५ गते, २०८२ - १६:२५
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...
चैत्र ५ गते, २०८२ - १५:५९
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...
चैत्र ५ गते, २०८२ - १५:२२
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
चैत्र ५ गते, २०८२ - १५:०३
काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...
चैत्र ५ गते, २०८२ - १४:४३
काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...


प्रतिकृया लेख्नुहोस्: