महोत्तरी । महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा दीपावली पर्वको रौनक छ । हिन्दू मैथिल परम्पराको यो पर्वमा अहिले चहल पहल बढेको छ । पाँच दिनको दिवाली ९मैथिली बोलीचालीमा दीयाबाती पनि भनिन्छ० मा लक्ष्मीपूजालाई मुख्य मानिन्छ ।
कात्तिक कृष्णपक्ष त्रयोदशी तिथिका दिन धनतेरस र आयुर्वेदका पिता भनिने धन्वन्तरी जयन्ती पनि मनाइन्छ । यसैगरी यस पर्व ९दिवाली०मा औँशीका दिन राति लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गोबर्धन पूजा र द्वितीयाका दिन भैयादूज पर्व मनाइन्छ । यी पाँचै दिन सिङ्गारिएका घरवरपर उज्याला बत्ती बालेर परिवेश नै उज्यालो बनाइन्छ । दिवालीलगत्तै कात्तिक शुक्ल चौथी ९चतुर्थी० देखि सप्तमीसम्मको छठपर्व सँगैपरेकाले अहिले मिथिला क्षेत्र दिवाली र छठमय बनेको छ ।
उज्यालो र सम्पन्नताको प्रतीक मानिने दिपावली एवं छठपर्वको तयारीले मिथिला अहिले उत्सव र भक्तिको लयमा देखिन्छ । राष्ट्रिय महत्वका यी चाडबाडको तयारीले जिल्लामा उमङ्ग छाएको छ ।
अहिले दिपावलीमा धनधान्यकी देवी लक्ष्मीको महिमा वर्णित भजन गुञ्जिरहेका छन् । बस्ती–बस्तीमा आज साँझको लक्ष्मीपूजाका लागि स्वागतद्वार बनाउन, रङरोगन गर्न र वरपर सरसफाइका लागि सबै व्यस्त छन् । पर्वसँगै किसानलाई खेतीपातीको चाँजो पनि मिलाउनु छ । पर्वकै बीच धान काट्ने, दाइँ गर्ने र थन्क्याउने चटाराले खेतीपातीदेखि सबै व्यावसायिक काम पनि अहिले पर्वकेन्द्रित बनेका छन् ।
दिवालीमा मिष्ठान्न परिकारसँगै खानामा दूधका परिकार (दूध, दही, घिउ) एवं आलु, कोभी, भाण्टा, लौका, केरा (काँचो) र परवलसहितको तरुवा/पकौडा बनाएर खाने/ख्वाइने गरिन्छ । सात्विक भोजन गरिने दिपावली र छठ दुवै आराधना र भक्तिका साथ मनाइने पर्वका लागि स्वागतद्वार बनाउन उखुका बोट र केराका थाम प्रयोग गरिन्छन् । यसबाहेक छठमा उखुका लाँक्रा, अदुवा, बेसारका गानो र पातसहितको बोट, ज्यामिर र अन्य कन्दमूल प्रयोग गरिन्छ । छठताका यिनको माग र बिक्री राम्रो हुने भएपछि थोरै करेसाबारी हुने गरिब किसान पनि यी उत्पादनबाट नगद जोहो गर्दै पर्व मनाउने तयारीमा छन् ।
बस्ती–बस्तीमा सडक र ढल सरसफाइमा स्थानीय बासिन्दा आफैँ जुटेका छन् । कृष्णपक्षको रातमा पनि दिवाली पर्वको रमझम र बत्तीको प्रकाशले रात नै नपरेको भान हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - १७:३६
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...
चैत्र ५ गते, २०८२ - १७:१३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । ...
चैत्र ५ गते, २०८२ - १६:५६
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...
चैत्र ५ गते, २०८२ - १६:४६
काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...
चैत्र ५ गते, २०८२ - १६:३४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...
चैत्र ५ गते, २०८२ - १६:२५
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...
चैत्र ५ गते, २०८२ - १५:५९
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...
चैत्र ५ गते, २०८२ - १५:२२
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
चैत्र ५ गते, २०८२ - १५:०३
काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...
चैत्र ५ गते, २०८२ - १४:४३
काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...


प्रतिकृया लेख्नुहोस्: