काठमाडौं । अमेरिकी दबाबपछि इजरेलले गाजा स्ट्रिपमा प्रत्येक दिन दुई वटा इन्धन बोकेका ट्रकहरूलाई प्रवेश गर्न दिने बताएको छ।
अमेरिकी विदेश मन्त्रालयका एक जना अधिकारीले हरेक दुई दिनमा त्यहाँ करिब १ लाख ४० हजार लिटर इन्धन जान अनुमति दिइने बताए।
ती अधिकारीका अनुसार धेरैजसो ट्रकहरू सहायता पुर्याउने उद्देश्यका साथसाथै पानी र सरसफाइ उपलब्ध गराउन संयुक्त राष्ट्र सङ्घलाई सहयोग गर्ने उद्देश्यले पठाइन लागेका हुन्।
बाँकी इन्धन मोबाइल फोन र इन्टरनेट सेवा सञ्चालनका लागि पठाइन लागेको हो। त्यहाँ इन्धन अभावका कारण उपकरणहरू नचल्दा मोबाइल फोन र इन्टरनेट सेवा बन्द भएको थियो।
शुक्रवार गाजामा सञ्चार सेवा दिँदै आएको कम्पनीले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र सङ्घीय एजेन्सीबाट केही मात्रामा इन्धन प्राप्त गरेपछि आफ्ना सेवाहरू पुनः सुरु भएको भएको बताएको छ।
अमेरिकी अधिकारीले वाशिङ्टनले इजरेललाई इन्धन पठाउनेसम्बन्धी सहमति कार्यान्वयन गर्न पर्याप्त दबाब दिएको बताएका छन्। ती अमेरिकी अधिकारीले बताए अनुसार सैद्धान्तिक रूपमा उक्त सहमति गत साता भएको थियो तर इजरेलले दुई वटा कारणले त्यसको ढिलाइ गरेको थियो।
इजरेली अधिकारीहरूले अमेरिकालाई दक्षिणी गाजामा वास्तवमा इन्धन नसकिएको बताएका थिए भने उनीहरूले सहमति कार्यान्वयन गर्नुअघि बन्धक बनाइएकाहरूलाई छुटाउने कुरामा केही प्रगति हुन्छ कि भन्ने पनि अपेक्षा गरेका थिए।
प्यालेस्टाइनका लागि संयुक्त राष्ट्र सङ्घीय एजेन्सीका प्रमुखले बिहीवार इन्धन अभावका कारण एजेन्सीले आफ्ना सबै गतिविधि स्थगित गर्नुपर्ने चेतावनी दिएका थिए।
त्यहाँको पछिल्लो अवस्थाको जानकारी दिने प्रतिवेदनमा उक्त एजेन्सीले ूआधारभूत मानवीय कार्यका लागि हरेक दिन १ लाख ६० हजार लिटर इन्धन आवश्यक पर्नेू बताएको छ। त्यो भनेको अहिले सहमति भएकोभन्दा दोबर बढी हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - ०८:०४
सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...
चैत्र १२ गते, २०८२ - ०७:५४
काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...
चैत्र १२ गते, २०८२ - ०७:४८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...
चैत्र १२ गते, २०८२ - ०७:४१
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...
चैत्र १२ गते, २०८२ - ०७:३९
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...
चैत्र १२ गते, २०८२ - ०७:३७
काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...
चैत्र १२ गते, २०८२ - ०७:२७
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...
चैत्र १२ गते, २०८२ - ०७:२४
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...
चैत्र १२ गते, २०८२ - ०७:१६
बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...
चैत्र १२ गते, २०८२ - ०७:१३
तनहुँ । जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...


प्रतिकृया लेख्नुहोस्: