Ntc summer Offer
Khabar Dabali २३ मंसिर २०८० शनिबार | 9th December, 2023 Sat

चिकित्सा शिक्षाको गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको आग्रह

खबरडबली संवाददाता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा चिकित्सा जनशक्ति उत्पादन र रोजगारीबीचको अन्तरसम्बन्धका आधारमा अध्ययन गर्न चाहने योग्य विद्यार्थीको आकर्षण तथा देशको स्वास्थ्य सेवा प्रवाह जोडिएको बताएको छन् । 
 
चिकित्सा शिक्षा आयोगको १२औँ बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले चिकित्सा शिक्षा जस्तो महत्वपूर्ण र संवेदनशील विषयको नियमन र व्यवस्थापनका लागि गठित यस आयोगबाट निरन्तर सुधारोन्मुख कार्यसम्पादन एवं यस क्षेत्रको दिशानिर्देश हुँदै आएको बताए । 
 
आगामी दिनमा समेत मुलुकका लागि आवश्यक गुणस्तरीय चिकित्सा जनशक्ति उत्पादनमा कोसेढुङ्गा सावित हुनेगरी आयोगबाट कार्यसम्पादन हुँदै जाने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे। 
 
हाल उत्पादन भएका जनशक्तिका लागि सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्दै सर्वसुलभ सेवा प्रवाहमा सुधार ल्याउनु र आगामी दिनका लागि स्वास्थ्य क्षेत्रमा आवश्यकपर्ने जनशक्तिको आँकलनका आधारमा अध्ययनको अवसर वृद्धि गर्दै लैजानु वर्तमान समयमा अपरिहार्य भएको प्रधानमन्त्रीको कथन छ । 
 
जनशक्ति उत्पादन वृद्धिमात्र नभई गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डको परिपालनसमेत उतिकै अनिवार्य रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रियरुपमा नेपालमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि हाम्रो चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रका रुपमा स्थापित गर्ने प्रयास भइरहेको बताए।
 
हाल चिकित्सा शिक्षा क्षेत्रमा तथ्य र प्रमाणमा आधारितभन्दा अपुष्टरुपमा बजारमा ल्याइने काल्पनिक सूचनाले सेवा प्रदायक संस्थाहरु, अभिभावक तथा विद्यार्थी, नियामक निकाय र नीति निर्माण तहमा समेत सही निर्णय लिन कठिन भइरहेकामा आयोगबाट तयार भएको जनशक्ति प्रक्षेपण योजनाअनुसार क्रमश: जनशक्ति उत्पादनको आधार तय गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । 
 
चिकित्सा शिक्षाको अध्ययन अध्यापनलाई मुलुकको सबै प्रदेशमा विस्तार गरी आवश्यक सबै प्रकारको जनशक्तिको विकास गरी जनताको घरदैलोमा गुणस्तरीय स्वास्थ्य सेवा सरल र सहजरुपमा प्रदान गर्ने वातावरण सिर्जना गर्नको लागि आवश्यकपर्ने कानुनी नीतिगत र संस्थागत सुधार क्रमश: अगाडि बढाउँदै लैजान हामी सबै मिलेर कार्य गर्नु आवश्यक रहेको प्रधानमन्त्रीको जोड छ ।
 
आयोगको गठनपश्चात् नियुक्त तथा मनोनयन हुनुभएका आयोगका निवर्तमान उपाध्यक्ष, आयोगका सदस्य एवं निर्देशकले चिकित्सा शिक्षाको उन्नयन र विकासका लागि अनुकरणीय कार्य गरी आयोगको चारवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा उहाँहरुको योगदानको प्रधानमन्त्रीले उच्च मूल्याङ्कन गर्दै धन्यवाद दिए । 
 
आयोगको बैठकमा पेस भएका प्रस्तावको छलफलमा सहभागी भई आफ्नो सुझावसहित प्रस्ताव स्वीकृत गर्न सहयोग पुर्‍याउनुहुने सबै सदस्यलाई धन्यवाद प्रधानमन्त्रीले धन्यवाद दिए । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झालगायतको सहभागिता थियो । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाउँ आएको बाटो’ प्रदर्शनको समय तय

काठमाडौँ । विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएर पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको नेपाली चलचित्र ‘गाउँ आएको...

११ हजार भोल्टको बिजुलीको तार चुँडिएर खस्दा किसानको मृत्यु

जनकपुरधाम । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा एक जना किसानको मृत्यु भएको छ । जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा...

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन

म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्दैगरेको ४० मेगावाट क्षमताको राहुघाट ...

यसै आर्थिक वर्षमा एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य

काठमाडौँ । सरकारले यसै आर्थिक वर्षमा सय आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ । अहिले २६ आधारभूत अस्पताल सम्पन्न गरेको स्वास्थ्य तथा जनसङ्ख्या ...

लगानीकर्ता र ऋणीलाई सहुलियत दिनेबारे सरकारले सोच्नु पर्दछ: अध्यक्ष नेपाल

कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अर्थतन्त्रमा देखिएको सङ्कटका कारण प्रभावि...

नागढुंगामा प्रहरी र स्थानीयबीच झडप, वडाध्यक्षसहित ८ जना पक्राउ

काठमाडौ । नागढुंगामा अवरूद्ध सडक खुलाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ। शुक्रबार ट्रकको ठक्करबाट स्कुटरमा सवार स्थानीय महिलाको उपचारको क्रम...

पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हु...

४ वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी

चितवन । कोरोना महामारीका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुन: सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो ।...

भ्रष्टाचार अन्त्यका लागि नैतिकता र इमान्दारिताको खाँचो छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सबैमा नैतिकता र इमान्दारिता हुनुपर्ने खाँचो ...

कोप–२८ मा हाम्रा आवाज प्रभावकारी भएका छन् : मन्त्री महतो

युएई (दुबई) । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) नेपालका लागि उपलब्धिमूलक ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies