Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

जिउँदो हुँदा उद्धार गर्न सकिएन, बाकसमा फर्काउन पनि धेरै समय लाग्यो

खबरडबली संवाददाता

काठमाडौं । गैरकानुनी रूपमा इराक पुगेकी लालिमाया तामाङको गत २४ मार्चमा मृत्यु भयो । तामाङको मृत्यु नभएर हत्या भएको हुन सक्ने भनी समाचार प्रवाहित भइरह्यो । टिकटक तथा फेसबुकमार्फत निरन्तर समाचार आउन थाल्यो । यिनै समाचारका कारण नेपाल सरकार मातहतका हरेक संयन्त्रमा लास भए पनि ल्याउन अनुरोध गर्दै गरेको देखियो । तर, त्यो सम्भव भएन ।

तत्पश्चात् शवलाई नेपाल पठाउन मध्यपूर्वस्थित नेपालीबाट प्रयास सुरु भयो । बग्दाद क्षेत्रमा नेपालीको भरपर्दो सञ्जाल नभएको कारण स्थिति जटिल बन्यो । यसैबीच इराकको बग्दादबाट भर्खरै बनेको गैरआवासीय नेपाली संघ ९एनआरएनए० सदस्य टीका विश्वकर्मा सम्पर्कमा आइन् ।

एनआरएनए इराकका अध्यक्ष विनोद श्रेष्ठ भन्छन्, ‘विश्वकर्मासँग यो विषयमा छलफल गरेपश्चात् हाम्रो मिसन सोझियो लालिमायाको शवलाई जसरी पनि एनसीसी इराकले नेपाल पठाउने भन्ने विषयमा । एजेन्टमार्फत कम्पनीको मालिकको नम्बर लिएपछि सम्पर्क गरेर कुराकानी भयो । कम्पनी नै समस्यामा पर्ने भएपछि मात्र शव पठाउन राजी भए । तत्पश्चात् टिकाजीलाई शवगृहमा शव छ या छैन कन्फर्म गर्न लगाएँ । शव त्यहीं रहेछ । शव हेर्नका निमित्त पनि पैसा तिर्नुपर्ने रहेछ । सबै कुरा बुझेपछि एफडब्लू सीडीओका संस्थापकलाई बग्दाद पठाइ लेनदेन गरी शव पठाउन कन्सुलर विभागदेखि दूतावाससम्मको कागजी प्रक्रिया अघि बढ्यो । तर, मृतकको राहदानी नहुँदा ट्राभल डकुमेन्ट बनाउनुपरेको हुँदा अर्को झमेलाले काम अघि बढेन ।’

श्रेष्ठ थप भन्छन्, ‘कुवेत सरकारको परराष्ट्र मन्त्रालयमार्फत भेरिफाइ गरे मात्र कामअघि बढ्ने भएपछि प्रक्रिया अझै लम्बियो । अन्तमा सेप्टेम्बरमा सबै कागजी प्रक्रिया सकियो । तर, हस्पिटलमा शव फ्रिजिङको पनि चार्ज लाग्ने हुँदा लेनदेनमा कुरा मिलेन । कम्पनीको मालिकले वकिल खर्च पनि तिर्नै मानेन ।’

यसक्रममा टीका विश्वकर्माकै इराकी साथी कामेल मोहमदको सहयोग प्राप्त भयो । शव जसरी पनि नेपाल पठाउनुपर्ने नत्र अप्ठ्यारोमा पर्ने भनिएपछि १ हजार ५ सय डलर आएपश्चात् मात्र शव पठाउन राजी हुने भएपछि एनसीसी सदस्य टीका विश्वकर्माको अभियानमा बग्दादमा आर्थिक अभियान चलाइयो । त्यससँगै एनआरएनए एनसीसी इराकको कोषमार्फत समेत थपेर १ हजार ५ सय बुझाएर शव नेपाल पठाउन सम्भव भएको अध्यक्ष श्रेष्ठ बताउँछन् । यो समाचार राजधानी दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले किन ‘सुरक्षा थ्रेट’ महसुस गरिरहेका छन् ?

काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...

यी हुन् कांग्रेसले अहिलेसम्म टुंग्याएका उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्।  निर्वाचनका लागि मंगलबार...

एमालेले रूपन्देहीमा उम्मेदवार बदल्यो, पाल्पा-२ मा ठाकुर गैरेले पाए टिकट

काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...

टिकट वितरणपछि चन्द्र भण्डारीले् गरे गगन थापाको प्रशंसा

रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...

देउवाको निर्वाचन क्षेत्रमा नैनसिंह महरले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा  महर टिकट दिएको हो।  म...

राप्रपाले टुंग्यायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो।  उम्...

गगनलाई अस्वीकार गर्दै देउवा समूहले दायर गरेको रिटमा आज पेसी

काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...

झापाबाट ओलीको सन्देश- हामी नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ

 काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...

ऋषि धमलाले अब ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम नचलाउने, रौतहट–४ मा चुनाव लड्ने

काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्।  रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending