Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

जाजरकोट भूकम्प पिडितको घाउमा मल्हम लगाउदै खोटाङका वडाध्यक्षकाे टाेली

खबरडबली संवाददाता
खोटाङ  । खोटाङका एक वडाध्यक्ष सहित तीन जना जाजरकोट पुगेर भूकम्प पिडितको आवास निर्माणमा जुटेका छन् । गत कात्तिक १७ गते राती गएको बिनासकारी भूकम्पका कारण विस्थापित भएका पिडितको अस्थायी टहरा निर्माणमा सहयोग गर्नका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका वडाध्यक्ष भूपेन्द्र बस्नेतको नेतृत्वमा समिर दंगाल र स्वास्थ्यकर्मी सुरेश प्रधान खलंगा (जाजरकोट) पुगेका हुन् ।
 
स्वयंसेवाका लागि मंसिर ४ गते साँझ जाजरकोट पुगेको टोलीले भेरी नगरपालिका–३ पिपलडाँडाका भूकम्प पिडितको अस्थायी टहरा निर्माणमा श्रमदान गरिरहेका छन् । प्राकृतिक विपत्तीमा परेका बेला सकेको मानवीय सहयोग गर्दै पिडितको घाउमा मल्हम गर्नका लागि श्रमदान गर्न पुगेको टोलीले मंसिर ५ र ६ गते पिपलडाँडाका ज्येष्ठ नागरिक चक्रबहादुर चन्दको परिवारका लागि अस्थायी टहरा निर्माण गरिदिएका छन् ।
23.jpg
 
चन्दको नौ जनाको परिवार हाल त्रिपालमा बसिरहेका थिए । २५ फुट लम्बाई र १७ फुट चौडाई भएको टहरो निर्माणका लागि आवश्यक जस्ता र काँटी स्वयं चन्द परिवारले व्यवस्था गरेका थिए । बाँस तथा काठ काटेर ओसार्ने, खाल्डो खन्ने, डाँडाभाटा कस्ने र टहरा ठड्याउने काममा टोलीले स्वयंसेवा गरेका हुन् ।
 
टोलीले बुधबार चक्रबहादुरको टहरा निर्माणको काम सकेर अर्का भूकम्प पिडित अमर चन्दको परिवारका लागि टहरा निर्माण सुरु गरेका छन् । पाँच दिन बसेर चार/पाँच जना भूकम्प पिडितका लागि अस्थायी टहरा बनाउन सघाएर फर्कने तयारी गरिएको प्रधानले बताए ।
 
बस्नेत र दंगाल नेकपा एमालेकातर्फबाट तथा प्रधान राष्ट्रिय स्वास्थ्यकर्मी महासंघकोतर्फबाट स्वयंसेवकका रुपमा भूकम्प पिडितको सहयोगार्थ जाजरकोट पुगेका हुन् । श्रमदानमा खोटाङका तीन सहित उदयपुरका कृष्ण राई, धिरज धामी, राम धामी र दिनेश धामी सँगै खटिएका छन् ।
54.jpg
स्थानीय भूकम्प पिडित, जनप्रतिनिधि र प्रहरीसँग समन्वय गरेर मुचुल्का उठाएपछि मात्रै भूकम्प पिडितको आवास बनाउन अनुमति पाएको प्रधानले बताए ।
 “भग्नावशेषमा भूकम्प पिडितको गरगहना, धनमाल पुरिएको हुनसक्छ । त्यही भएर अनुमति लिएर मुचुल्का उठाएर मात्रै टहरा बनाउन अनुमति पाइदोरहेछ,” प्रधानले भने, “विस्थापितमध्ये चिसोका कारण वृद्धबृद्धा र बालबालिकालाई निमोनिया, श्वास प्रश्वास, झाडापखाला जस्ता स्वास्थ्य समस्याले सताइरहेको छ । उहाँहरुलाई भौतिकसँगै स्वास्थ्य परामर्श पनि प्रदान गरिरहेका छौँ । घर बिहिन बनेका पिडितको अवस्था दर्दनाक छ ।”
65.jpg
 
भूकम्पका कारण जाजरकोटमा भत्किएका घरहरु । तस्बीरहरु सौजन्यः सुरेश प्रधान
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending