Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

जाजरकोट भूकम्प पिडितको घाउमा मल्हम लगाउदै खोटाङका वडाध्यक्षकाे टाेली

खबरडबली संवाददाता
खोटाङ  । खोटाङका एक वडाध्यक्ष सहित तीन जना जाजरकोट पुगेर भूकम्प पिडितको आवास निर्माणमा जुटेका छन् । गत कात्तिक १७ गते राती गएको बिनासकारी भूकम्पका कारण विस्थापित भएका पिडितको अस्थायी टहरा निर्माणमा सहयोग गर्नका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका वडाध्यक्ष भूपेन्द्र बस्नेतको नेतृत्वमा समिर दंगाल र स्वास्थ्यकर्मी सुरेश प्रधान खलंगा (जाजरकोट) पुगेका हुन् ।
 
स्वयंसेवाका लागि मंसिर ४ गते साँझ जाजरकोट पुगेको टोलीले भेरी नगरपालिका–३ पिपलडाँडाका भूकम्प पिडितको अस्थायी टहरा निर्माणमा श्रमदान गरिरहेका छन् । प्राकृतिक विपत्तीमा परेका बेला सकेको मानवीय सहयोग गर्दै पिडितको घाउमा मल्हम गर्नका लागि श्रमदान गर्न पुगेको टोलीले मंसिर ५ र ६ गते पिपलडाँडाका ज्येष्ठ नागरिक चक्रबहादुर चन्दको परिवारका लागि अस्थायी टहरा निर्माण गरिदिएका छन् ।
23.jpg
 
चन्दको नौ जनाको परिवार हाल त्रिपालमा बसिरहेका थिए । २५ फुट लम्बाई र १७ फुट चौडाई भएको टहरो निर्माणका लागि आवश्यक जस्ता र काँटी स्वयं चन्द परिवारले व्यवस्था गरेका थिए । बाँस तथा काठ काटेर ओसार्ने, खाल्डो खन्ने, डाँडाभाटा कस्ने र टहरा ठड्याउने काममा टोलीले स्वयंसेवा गरेका हुन् ।
 
टोलीले बुधबार चक्रबहादुरको टहरा निर्माणको काम सकेर अर्का भूकम्प पिडित अमर चन्दको परिवारका लागि टहरा निर्माण सुरु गरेका छन् । पाँच दिन बसेर चार/पाँच जना भूकम्प पिडितका लागि अस्थायी टहरा बनाउन सघाएर फर्कने तयारी गरिएको प्रधानले बताए ।
 
बस्नेत र दंगाल नेकपा एमालेकातर्फबाट तथा प्रधान राष्ट्रिय स्वास्थ्यकर्मी महासंघकोतर्फबाट स्वयंसेवकका रुपमा भूकम्प पिडितको सहयोगार्थ जाजरकोट पुगेका हुन् । श्रमदानमा खोटाङका तीन सहित उदयपुरका कृष्ण राई, धिरज धामी, राम धामी र दिनेश धामी सँगै खटिएका छन् ।
54.jpg
स्थानीय भूकम्प पिडित, जनप्रतिनिधि र प्रहरीसँग समन्वय गरेर मुचुल्का उठाएपछि मात्रै भूकम्प पिडितको आवास बनाउन अनुमति पाएको प्रधानले बताए ।
 “भग्नावशेषमा भूकम्प पिडितको गरगहना, धनमाल पुरिएको हुनसक्छ । त्यही भएर अनुमति लिएर मुचुल्का उठाएर मात्रै टहरा बनाउन अनुमति पाइदोरहेछ,” प्रधानले भने, “विस्थापितमध्ये चिसोका कारण वृद्धबृद्धा र बालबालिकालाई निमोनिया, श्वास प्रश्वास, झाडापखाला जस्ता स्वास्थ्य समस्याले सताइरहेको छ । उहाँहरुलाई भौतिकसँगै स्वास्थ्य परामर्श पनि प्रदान गरिरहेका छौँ । घर बिहिन बनेका पिडितको अवस्था दर्दनाक छ ।”
65.jpg
 
भूकम्पका कारण जाजरकोटमा भत्किएका घरहरु । तस्बीरहरु सौजन्यः सुरेश प्रधान
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धविराममै लेबनानमा इजरायलको भीषण हमला : ३१ को मृत्यु, मध्यपूर्व फेरि युद्धको डिलमा

एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रभातफेरी , विधान महाधिवेशन पनि हुँदै

काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...

महँगो पर्‍यो सुनकोशी मरिणमा ठेकेदारको ‘खेल’ : रमण–पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...

​ तनहुँमा धानमा मरुवा रोगदेखि लहरे बालीमा डाउनी मिल्डयु पहिचान

तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...

चन्द्रमामा मानव बस्ती बसाल्ने नासाको महत्त्वाकाङ्क्षी योजना

  वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...

जुत्ता राख्ने र्‍याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्

काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्‍याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending