Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

दिनभर रणभूमि बन्यो बल्खु

खबरडबली संवाददाता

काठमाडौं । बिहीबार काठमाडौंको बल्खु दिनभर रणभूमि जस्तै बनेको छ । बल्खुमा  दुर्गा प्रसाईं समूह र प्रहरी तथा युवासंघबीच भएको झडपका कारण दिनभर रणभूमी जस्तै भएको हो ।

प्रसाईँको प्रदर्शनको तयारी भइ रहँदा एमाले निकट कार्यकर्ताहरुको मोटरसाइकल जुलुस बल्खु क्षेत्रमा आइपुगेपछि प्रसाईँ समुह युवासंघको जुलुसमाथि आई लागेका थिए । त्यस क्रममा केही घाईते भएका थिए भने आधादर्जन बढी माेटरसाइकल र गाडीमा क्षती पुगेकाे थियाे ।

त्यस पछि पुनः प्रदर्शनकारी प्रहरीको घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि बल्खुमा  प्रहरीले हस्तक्षेप गरेको थियो ।  सो क्रममा प्रहरीले पानीको फोहरा, आधादर्जन बढी अश्रुग्यास प्रहार गरेको थियो भने प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए।

झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । दुर्गा प्रसाईं समूह भने आफूहरूको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको आरोप लगाएका छन् ।  

बल्खुमा भईरहेको प्रदर्शनलाई प्रसाईंले संक्षिप्त सम्बोधन गरेर निस्कना साथ अहिले पुनः बल्खुमा प्रहरी र प्रदर्शनकारीबीच ठेलामठेल भएको छ । प्रसाईँ बाहिरिएसँगै कार्यकर्ताले सुरक्षाघेरा तोडेर सानेपातर्फ जान खाजेपछि प्रहरीसँग झडप भएको हो । 

झडपमा रामकुमार ओझालगायत घाइते भएका छन् । उनी बुधबारमात्र जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर प्रसाईको अभियानमा सामेल भएका थिए । 

प्रसाईं नेतृत्वको आन्दोलन भोलि पनि जारी रहने बताइएको छ । उनले गणतन्त्रलाई उल्ट्याउँदै राजतन्त्र पुनःस्थापना गर्नुपर्ने, नेपाललाई सनातन हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धविराममै लेबनानमा इजरायलको भीषण हमला : ३१ को मृत्यु, मध्यपूर्व फेरि युद्धको डिलमा

एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रभातफेरी , विधान महाधिवेशन पनि हुँदै

काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...

महँगो पर्‍यो सुनकोशी मरिणमा ठेकेदारको ‘खेल’ : रमण–पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...

​ तनहुँमा धानमा मरुवा रोगदेखि लहरे बालीमा डाउनी मिल्डयु पहिचान

तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...

चन्द्रमामा मानव बस्ती बसाल्ने नासाको महत्त्वाकाङ्क्षी योजना

  वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...

जुत्ता राख्ने र्‍याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्

काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्‍याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending