Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

याे वर्ष बढ्यो बाँकेमा धान उत्पादन

खबरडबली संवाददाता

बाँके । बाँकेमा यसवर्ष गत वर्षभन्दा धानको उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीले यो वर्ष धानको क्षेत्रफलसँगै उत्पादनमा पनि बढेको जानकारी दिए । 

कृषि ज्ञान केन्द्रका अनुसार गतवर्ष प्रति हेक्टर धानको उत्पादन ३.८ मेट्रिक टन रहेकोमा यसवर्ष प्रति हेक्टर धानको उत्पादन ४.०२ मेट्रिक टन पुगेको छ। गत वर्ष बर्खे धान ३३ हजार र चैते धान ३५ हेक्टरमा खेती भएर एकलाख २५ हजार ५३३ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष एकलाख ५३ हजार तीन सय मेट्रिक टन धान उत्पादन हुने लक्ष्य राखिएको छ। 

गत वर्ष ३३ हजार हेक्टरमा धानखेती भएकोमा यो वर्ष ३६ हजार पाँच सय हेक्टरमा धान रोपाइँ भएको थियो। गत वर्ष समयमै वर्षा नभएपछि नरैनापुर गाउँपालिकामा करिब तीन हजार पाँच हेक्टर खेतमा धान रोपाइँ हुन सकेको थिएन।  

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी केसीले भने ‘‘यो वर्ष समयमा पानी नपरेपछि धान उत्पादनमा वृद्धि भएको छ, यसैगरी सिक्टा सिंचाइ आयोजनाबाट पनि किसानले लाभ पाएका छन्।’’ अधिकांश किसानले धान भित्राए पनि ढिलो पाक्ने केही प्रजातिको धान भित्र्याउन बाँकी छ। 

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार यो वर्ष असार १५ सम्म जिल्लाका आठवटै स्थानीय तहमा गरेर करिब १५ प्रतिशत मात्रै धान रोपाइँ भएकोमा त्यसपछि निरन्तर प्रर्याप्त पानी भएपछि धान खेती हुने सबै खेतमा रोपाइँ भएपछि समग्र उत्पादनमा वृद्धि भएको हो। यसैगरी अघिल्लो वर्ष जस्तो सुख्खा, डुबान र बाढी नआएपछि धानको उत्पादनमा वृद्धि भएको हो।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending