Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

शान्ति सुरक्षाबारे चिन्ता लिनु पर्दैनः गृहमन्त्री

\"Bamdev_250_270\"काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले मन्त्रिपरिषद्को आइतबारको बैठकमा प्रमुख चार राजनीतिक दलबीच सङ्घीय प्रदेशको सीमा निर्धारणपछि उत्पन्न परिस्थिति र मुलुकको समग्र शान्ति सुरक्षाबारे चिन्ता लिनु नपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपप्रधानमन्त्री गौतमले देशका विभिन्न ठाउँमा संविधान निर्माणको क्रमसँग जोडिएका घटनाक्रमबारे जानकारी गराएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले जानकारी दिए । ‘संविधान बनाउने काममा सबैको सहमति जुटाउनका लागि वार्ताको माध्यमबाट अघि बढ्ने कुरा हो । घटनाहरु भए दुःखद हुन् तर सबैले यस्ता कुरालाई सडकबाट नभई शान्तिपूर्ण रुपमा टुङ्गो लगाउनुपर्छ यस्ता दुःखद घटनाहरु कही पनि नहुन, राजनीतिक प्रक्रिया राजनीतिक रुपबाटै अघि बढोस्, संविधान निर्माण प्रक्रिया संविधानसभाबाटै अघि बढोस् भन्नेबारे बैठकमा समीक्षा भयो’ –सञ्चारमन्त्री रिजालले भने । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय दलित आयोगको सदस्यमा मञ्जित ताम्राकार र गोविन्द सुनारलाई नियुक्ति गर्ने निर्णय गरेको छ । त्यस्तै फोहर महिला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको कार्यकारी निर्देशकमा विश्वमणि ज्ञवालीलाई नियुक्ति गर्ने निर्णय भएको मन्त्री रिजालले जानकारी दिए ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: