Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

आन्दोलनलाई अबमुल्यन,उपेक्षा र दमन नगर्न कमल थापाको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दुराष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर राजधानीमा भएको प्रदर्शन एवं जनआवाजलाई अवमूल्यन, उपेक्षा र दमन नगर्न सरकार र सम्बद्ध पक्षसँग आग्रह गरेका छन् ।

उनले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा देखिएको जनलहरको उच्च सम्मान गर्न समेत बताएका छन् । सामाजिक संजालमा लेख्दै थापाले जनताको आवाज र भावनाको सम्मान गर्दै सर्वपक्षीय सहमतिको आधारमा राजासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र स्थापना गर्ने पहलकदमी शुरु गर्न सरकार र प्रमुख राजनीतिक दलहरुको ध्यानाकर्षण समेत गराएका छन् ।

काठमाडौंमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनिक दमनको परिणामस्वरूप केही प्रदर्शनकारी घाइते भएको सुन्दा दु:ख लागेको भन्दै थापाले घाईतेहरुको शिघ्र स्वास्थलाभको कामना समेत गरेका छन् ।

थापाले आगामी दिनहरुमा सर्वसाधारण जनतालाई कठिनाई नहुने र बिद्यार्थीहरुको पढाईलाई असर नपर्ने गरी शान्तिपूर्ण ढंगबाट प्रदर्शन संचालन गर्न आयोजकहरुमा  अनुरोध गरेका छन् । हिन्दुराष्ट्र चाहनेहरु हिंसा र तोडफोडमा विश्वास गर्दैनन् भन्ने सन्देश दिनुपर्नेमा थापाको जोड छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरपछि डाँडापारि जीवन: ‘हामीलाई हटाइयो, अब कहाँ बस्ने ?’

बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...

संसद्मा विपक्षी खाली हुँदै गए, एमाले पनि बाहिरियो, कांग्रेस उभिएरै विरोधमा

काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...

सभामुखको निर्णयपछि संसद् तातियो, तीन दलले गरे बैठक बहिस्कार

काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...

श्रम संस्कृति पार्टीद्वारा संसद बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...

इबिडिङ ‘ह्याक’ प्रकरणमा विक्रम पाण्डे धरौटीमा रिहा, कम्युटर अपरेटर भने थुनामै

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।  इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...

खेतको डिलदेखि भीरपाखासम्म छरिएका ४ सय वर्ष पुराना अभिलेख

संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास

कीर्तिपुरमा गोली चल्याे, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending