Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

ठेक्का रद्दको चेतावनीपछि काममा फर्किए ठेकेदार

खबरडबली संवाददाता

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड निर्माणको जिम्मेवारी पाएको  निर्माण व्यवसायी लामो समयपछि काममा फर्किएको छ । 

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटर सडकमध्ये बागलुङ सदरमुकाम खण्डमा मात्रै सडक कालोपत्र गर्न बाँकी रहेको छ । बागलुङबाट बिहुँसम्मको २५ किलोमिटर सडक दुई भागमा बाँडेर ठेक्का लगाइएको थियो ।  

बागलुङ बजारबाट अछेते हुँदै बिहुँ टापुसम्मको १३ किलोमिटर र बिहुबाट घोडाँबाधेसम्मको १२ किलोमिटर सडक कालोपत्रका लागि आठ वर्षअघि ठेक्का लगाइएको भए पनि अहिलेसम्म कालोपत्र सम्पन्न हुनसकेको छैन । 

बिहुँबाट घोडाँबाधेसम्मको १२ किलोमिटर सडकको जिम्मा पाएको सूर्य कन्ट्रक्सन काममा नफर्केपछि  ठेक्का रद्द गरिएको र बागलुङ बजारबाट बिहुँसम्मको १३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको भारत सिद्धिसाई ठेक्का रद्दको चेतावनीपछि काममा फर्किएको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वतका सूचना अधिकारी इन्जिनयिर पवन सुवेदीले जानकारी दिए ।
 
उनका अनुसार दुवै निर्माण व्यवसायीलाई ठेक्का रद्दका लागि सूचना प्रकाशित गरेपछि तल्लो खण्डको निर्माण व्यवसायी लामो समयपछि काममा फर्केको छ । 

“बिहुँबाट घोडाबाँधेसम्मको ठेक्का सम्झौता रद्द भइसक्यो, बागलुङ बजारबाट बिहुँसम्मको १३ किमी सडकको निर्माणसमेत अलपत्र भएपछि ठेक्का रद्दका लागि सूचना प्रकाशित गरेका थियौँ”, सूचना अधिकारी सुवेदीले भने,“तल्लो खण्डमा अन्तिम चेतवानीपछि निर्माण व्यवसायी काममा फर्केको एक महिना भयो, अहिले अछेते बजारबाट बिहुँतर्फको सडकमा कालोपत्रका लागि ग्राभेल गर्ने र बाँकी रहेको स्थानमा पर्खाल लगाउने काम भइरहेको छ ।”

काममा फर्केपछि एकपटक अवसर दिन लागिएको जनाउँदै उनले यसपटक अछेते बजारबाट साढे चार किमीमाथि बिहुँसम्म कालोपत्र गर्ने गरी काम भइरहेको बताए। उक्त निर्माण व्यवसायीले सदरमुकाबाट अछेते बजारसम्म पहिल्यै कालोपत्र गरिसकेको छ । निर्माण कम्पनी काममा फर्केपछि अहिले उक्त खण्डमा कालोपत्र सम्पन्न हुनेमा स्थानीय आशावादी छन् । 

विकास निर्माणमा लापरवाही  देखिएको मध्यपहाडी राजमार्गको उक्त खण्डमा असारअघि नै कालोपत्र सक्न निर्माण कम्पनीलाई निर्देशन दिइएको आयोजना कार्यालयले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये  २५ किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न हुन सकिरहेको छैन भने अन्य सडक कालोपत्र भइसकेर हस्तान्तरणको प्रक्रियामा छ ।

उपल्लाचौरबाट १३ किलोमिटर सडकको भारत÷सिद्धिसाई जेभीसँग २०७३ माघमा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । अहिलेसम्म पाँचपटक म्याद थप गर्दासमेत सम्पन्न हुनसकेको छैन । यस्तै बिहुँबाट घोडाबाँधेसम्मको १२ किमी सडक कालोपत्रका लागि २०७२ माघमा दुई वर्षमा कालोपत्र सक्ने गरी सूर्य कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएकामा पाँचपटक म्याद थप्दासमेत सम्पन्न नभएपछि ठेक्का रद्द गरेर नयाँ ठेक्का प्रक्रियामा गएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले किन ‘सुरक्षा थ्रेट’ महसुस गरिरहेका छन् ?

काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...

यी हुन् कांग्रेसले अहिलेसम्म टुंग्याएका उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्।  निर्वाचनका लागि मंगलबार...

एमालेले रूपन्देहीमा उम्मेदवार बदल्यो, पाल्पा-२ मा ठाकुर गैरेले पाए टिकट

काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...

टिकट वितरणपछि चन्द्र भण्डारीले् गरे गगन थापाको प्रशंसा

रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...

देउवाको निर्वाचन क्षेत्रमा नैनसिंह महरले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा  महर टिकट दिएको हो।  म...

राप्रपाले टुंग्यायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो।  उम्...

गगनलाई अस्वीकार गर्दै देउवा समूहले दायर गरेको रिटमा आज पेसी

काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...

झापाबाट ओलीको सन्देश- हामी नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ

 काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...

ऋषि धमलाले अब ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम नचलाउने, रौतहट–४ मा चुनाव लड्ने

काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्।  रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending