काठमाडौँ । माओवादी केन्द्र र बाबुराम नेतृत्वको नेसपाकाे पार्टी एकता प्रकृया केही दिन पछि सरेकाे छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्र अध्यक्ष प्रचण्ड जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जाने तयारीमा रहेकाे हुँदा एकता प्रकृया मंसिर अन्तिम साता पछि मात्र अगाडी बढ्ने भएकाे हाे ।
मङ्सिर ६ गते बसेको नेसपाको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसहित समाजवादी धारसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेको थियो । बैठकले पार्टी एकताका लागि अध्यक्ष डा.बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाउने निर्णय गरेको छ । माओवादीले नेसपाको निर्णयलाई स्वागत गर्दै छिट्टै एकता प्कृया अऊाडी बढाउने बताएकाे छ ।
प्रधानमन्त्री प्रचण्ड जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जाने तयारीमा रहेका कारण उनी कोप सम्मेलनबाट फर्किएपछि एकता प्रक्रिया अगाडि बढ्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । कोप सम्मेलनअघि एकता प्रक्रिया अगाडि बढाउने सम्भावना नरहेकेा उनकाे भनाइ छ ।
यस्तै उपमहासचिव एवं वार्ता टोली सदस्य गिरिराजमणि पोखरेलले नेसपाको निर्णय पार्टी एकताका लागि सकारात्मक भएको भन्दै छिट्टै बैठक बसेर प्रक्रिया अगाडि बढाउने बताए । एकता समायोजन समिति बनाउने विषयमा बैठकले निर्णय गर्ने उनले उनकाे भनाइ छ । एकतासम्बन्धी धेरै काम गर्न बाँकी रहेकाले तत्काल एकताको सम्भावना नभएको उनले बताए ।
माओवादीको चार महिने अभियान नसकिएसम्म एकता प्रक्रियाले ठोस रूप लिने अवस्था नरहेकाे पाेखरेलकाे भनाइ छ । त्यसपछि विधान सम्मेलन र विशेष महाधिवेशनले एकतासम्बन्धी विषय टुङ्ग्याउँने पखरेलले बताए । पार्टीको बैठक बसेर छिट्टै एकता समायोजन समिति बनाउनेबारे निर्णय गर्ने भए पनि तत्काल बैठक बस्ने अवस्था नरहेकेा र प्रधानमन्त्रीको कोप सम्मेलनपछि बैठक बस्नेमा आफु विश्पस्त रहेकेा उनले बताए ।
मङ्सिर १ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र बाबुरामबिच भएको भेटवार्तामा दुवै पार्टीको शीर्ष नेतृत्वमा एकता समायोजन समिति बनाउने सहमति भएको थियो ।
माओवादीकाे चार महिने अभियान र पार्टीकाे विधान सम्मेलन र विशेष महाधिवेशन पछि एकता हुने भनिए पनि दुई पार्टीकाे एकता जनयुद्ध दिवसकाे अवसर पारेर फागुन १ गते हुने संभावना सहेकाे माओवादी निकट स्राेतले जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: