Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

नेसपा-माओवादी केन्द्र एकता कहिले ?

'चार महिने अभियान, पार्टीकाे विधान सम्मेलन र विशेष महाधिवेशन पछि एकता टुंगिने'

खबरडबली संवाददाता

काठमाडौँ । माओवादी केन्द्र र बाबुराम नेतृत्वको नेसपाकाे पार्टी एकता प्रकृया केही दिन पछि सरेकाे छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्र अध्यक्ष प्रचण्ड जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जाने तयारीमा रहेकाे हुँदा एकता प्रकृया मंसिर अन्तिम साता पछि मात्र अगाडी बढ्ने भएकाे हाे ।

मङ्सिर ६ गते बसेको नेसपाको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसहित समाजवादी धारसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेको थियो । बैठकले पार्टी एकताका लागि अध्यक्ष डा.बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाउने निर्णय गरेको छ । माओवादीले नेसपाको निर्णयलाई स्वागत गर्दै छिट्टै एकता प्कृया अऊाडी बढाउने बताएकाे छ ।

प्रधानमन्त्री प्रचण्ड जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जाने तयारीमा रहेका कारण उनी कोप सम्मेलनबाट फर्किएपछि एकता प्रक्रिया अगाडि बढ्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । कोप सम्मेलनअघि एकता प्रक्रिया अगाडि बढाउने सम्भावना नरहेकेा उनकाे भनाइ छ ।

यस्तै उपमहासचिव एवं वार्ता टोली सदस्य गिरिराजमणि पोखरेलले नेसपाको निर्णय पार्टी एकताका लागि सकारात्मक भएको भन्दै छिट्टै बैठक बसेर प्रक्रिया अगाडि बढाउने बताए । एकता समायोजन समिति बनाउने विषयमा बैठकले निर्णय गर्ने उनले उनकाे भनाइ छ ।  एकतासम्बन्धी धेरै काम गर्न बाँकी रहेकाले तत्काल एकताको सम्भावना नभएको उनले बताए । 

माओवादीको चार महिने अभियान नसकिएसम्म एकता प्रक्रियाले ठोस रूप लिने अवस्था नरहेकाे पाेखरेलकाे भनाइ छ । त्यसपछि विधान सम्मेलन र विशेष महाधिवेशनले एकतासम्बन्धी विषय टुङ्ग्याउँने पखरेलले बताए ।  पार्टीको बैठक बसेर छिट्टै एकता समायोजन समिति बनाउनेबारे निर्णय गर्ने भए पनि तत्काल बैठक बस्ने अवस्था नरहेकेा र प्रधानमन्त्रीको कोप सम्मेलनपछि बैठक बस्नेमा आफु विश्पस्त रहेकेा उनले बताए ।

मङ्सिर १ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र बाबुरामबिच भएको भेटवार्तामा दुवै पार्टीको शीर्ष नेतृत्वमा एकता समायोजन समिति बनाउने सहमति भएको थियो ।

माओवादीकाे चार महिने अभियान र पार्टीकाे विधान सम्मेलन र विशेष महाधिवेशन पछि एकता हुने भनिए पनि दुई पार्टीकाे एकता जनयुद्ध दिवसकाे अवसर पारेर फागुन १ गते हुने संभावना सहेकाे माओवादी निकट स्राेतले जनाएकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जुत्ता राख्ने र्‍याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्

काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्‍याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...

देशभर मौसम बद्लिँदै : कतै वर्षा, कतै हावाहुरी, तराईमा बढ्नेछ गर्मी

काठमाडौं । देशभरको मौसममा आज मिश्रित प्रभाव देखिने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्...

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ, ३ जना फरार

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...

राष्ट्रिय गौरवको आयोजना अलपत्र : फास्ट ट्र्याकको गति कछुवाभन्दा पनि ढिलो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...

बागमती प्रदेशसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...

किशोर श्रेष्ठ प्रकरणमा ‘नियोजित षड्यन्त्र’को आशंका : सत्यतथ्य छानबिनको माग गर्दै अनलाइन पत्रकार संघ

काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...

किशोर श्रेष्ठविरुद्ध षड्यन्त्र भएको आरोप, निष्पक्ष छानबिनको माग : प्रेस सेन्टर नेपाल

काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...

५१ अर्बको बजेटः किसानलाई फगत आश्वासन मात्र, संरचना र समस्या उस्तै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...

खिचापोखरीमा ६ करोडको अवैध भेप बरामद : गोदामसहित पसल सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending