Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

चार महिनामा निर्यात भयाे साढे १२ अर्ब रुपैयाँको विद्युत्

गत वर्षभन्दा ४ अर्ब ८६ करोड बढी

खबरडबली संवाददाता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०-८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत भारतर्फ निर्यात गरेको छ। प्राधिकरणले चालू आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी  १२ अर्ब ५० करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ। 

विद्युत् निर्यात गत आव २०७९/८०को सोही अवधिको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो। गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आर्जन गरिएको थियो। 

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो। गत जेठदेखि कात्तिकसम्ममा १ अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख रुपैयाँ आर्जन भएको छ। 

प्राधिकरणले साउनमा २ अर्ब १४ करोड ७६ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख, असोजमा ४ अर्ब १७ करोड ७७ लाख र कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ। चार महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रति युनिट ९ रुपैयाँ १८ पैसा छ। गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रति युनिट ७ रुपैयाँ ७६ पैसा थियो। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा विद्युत् निर्यातबाट ७ अर्ब ८४ करोड ८० लाख भारतीय रुपैयाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिती र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताए। 

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। प्रााधिकरणले आइएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि-एनभिभिएनलाई बिक्री गरिरहेको छ। एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ। 

भारतको केन्द्रीय विद्युत प्राधिकरणले बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ। 

नेपाल विद्युत प्राधिकरणले  बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ। यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर-टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जुत्ता राख्ने र्‍याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्

काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्‍याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...

देशभर मौसम बद्लिँदै : कतै वर्षा, कतै हावाहुरी, तराईमा बढ्नेछ गर्मी

काठमाडौं । देशभरको मौसममा आज मिश्रित प्रभाव देखिने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्...

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ, ३ जना फरार

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...

राष्ट्रिय गौरवको आयोजना अलपत्र : फास्ट ट्र्याकको गति कछुवाभन्दा पनि ढिलो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...

बागमती प्रदेशसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...

किशोर श्रेष्ठ प्रकरणमा ‘नियोजित षड्यन्त्र’को आशंका : सत्यतथ्य छानबिनको माग गर्दै अनलाइन पत्रकार संघ

काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...

किशोर श्रेष्ठविरुद्ध षड्यन्त्र भएको आरोप, निष्पक्ष छानबिनको माग : प्रेस सेन्टर नेपाल

काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...

५१ अर्बको बजेटः किसानलाई फगत आश्वासन मात्र, संरचना र समस्या उस्तै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...

खिचापोखरीमा ६ करोडको अवैध भेप बरामद : गोदामसहित पसल सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending