Khabar Dabali ९ जेष्ठ २०८३ शनिबार | 23rd May, 2026 Sat
Investment bank

ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता वर्गका ग्राहकलाई विशेष काउण्टर तोकेर सेवा प्रदान गर्न भनिएको हो ।

इजाजतप्राप्त संस्थाले एकापसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले ‘एटिएमलाउञ्ज’ भएका स्थानमा ब्रेललिपिका सङ्केत तथा ध्वनि सहयोगसहितका कम्तीमा एक अपाङ्गमैत्री एटिएम राख्नुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तो विवरण पनि आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ । अपाङ्गता भएका व्यक्तिले एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत वित्तीय सेवा व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्नसक्ने स्वघोषणा गरेको खण्डमा इजाजतप्राप्त संस्थाले त्यस्तो सेवा उपलब्ध गराउनुपर्नेछ ।

आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टिसम्बन्धी अपाङ्गता  भएका व्यक्तिलेसमेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्नेछ । त्यस्तै, क्रेडिट र डेबिट कार्डमा दृष्टिविहीनमैत्री प्रविधिसमेत जडान भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने एकीकृत निर्देशनमा उल्लेख छ ।

साथै कार्यालय समयका अतिरिक्त समयमा काम गर्न कर्मचारी बाध्य नहुने र बाध्य पार्न नपाइनेसमेत निर्देशनमा उल्लेख छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बारा जिल्ला बैठकबाटै लखेटिए रास्वपाका सांसद, केहिबेर तनाव

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा शनिबार तनावपूर्ण अवस्था सिर्जना भएको छ। होहल्ला र विवादका बीच केही ...

डेढ करोडमा बनेको भवन पोखरा महानगरलाई हस्तान्तरण

लेखनाथ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले शनिबार पृथ्वीचोकमा संस्थाले बनाएको भवन पोखरा उपत्यका नगर विकास...

यार्सागुम्बा संकलनमा गएका युवाको भीरबाट लडेर मृत्यु

सुलीकोट। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा यार्सागुम्बा संकलन गएका युवाको भीरबाट लडेर मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–३ पाङसिङ स्थायी घर भ...

ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गर...

एमाले सचिवालय बैठक दोस्रो दिन पनि जारी, ओलीमाथि दबाब बढ्दै

काठमाडौँ । नेताहरूको कार्यविभाजन तथा निर्वाचनको समग्र समीक्षा गर्न बोलाइएको नेकपा एमालेको सचिवालय बैठक शनिबार पनि जारी रहेको छ। अध्यक्ष केपी शर्मा ओली...

सामुदायिक रेडियो जनअपेक्षाअनुसार सञ्चालन हुनुपर्छ: सञ्चारमन्त्री

पाटन। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्त्व नघटेकाले यस्ता रेडियो प्रविधिमैत्री...

नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ

बुटवल। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नक्कली नोट छाप्ने कम्प्युटर र प्रिन्टरसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका...

काभा महिला भलिबल: नेपाल आज किर्गिस्तानसँग भिड्दै

काठमाडौं । घरेलु कोर्टमा जारी काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपालले आज किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपु...

सप्तरीमा हुलाकी सडक चार दिनदेखि अवरुद्ध

राजविराज। राजविराजको हनुमान मन्दिरदेखि चनौरा पडरियासम्मको अलपत्र हुलाकी सडक निर्माण कार्य सम्पन्न गर्न दबाब दिँदै स्थानीयवासीले थालेको सडक अवरोध शनिबा...

भण्डारा–मलेखु सडक : १७ वर्षमा साढे २५ किलोमिटर मात्र कालोपत्रे

चितवन। पूर्वी चितवनको भण्डारादेखि मलेखुसम्म जोड्ने ट्र्याक खुलेको १७ वर्षमा साढे २५ किलोमिटर मात्र सडक कालोपत्रे भएको छ । चितवनबाट राजधानी काठमाडौं...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending