Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

मंसीर १५ र १६ गते धरानमा धरान म्युजिक फेस्ट २०८० आयोजना हुँदै

खबरडबली संवाददाता

धरान । लामो समयको अन्तरालपछि धरानमा आगामी मंसीर १५ शुक्रबार र १६ गते शनिबार गरी दुई दिन धरानको पब्लिक हाईस्कुलको मैदानमा भब्य म्युजिकल  कन्सर्ट "धरान म्युजिक फेस्ट २०८० " आयोजना हुने भएको छ ।  

स्थानीय तथा  नयाँ कलाकारहरुलाई समेत बिशेष स्थान दिईने अभिप्रायका साथ पहिलोपल्ट उत्सवको रुपमा आयोजना हुन् लागेको हाे ।

कार्यक्रममा बिशुद्ध सांगीतिक कार्यक्रम "धरान म्युजिक फेस्ट २०८० "को पहिलो दिन मंसीर १५ शुक्रबार युवा पुस्ताहरुमाझ लोकप्रिय ब्याण्ड "पहेंलो बत्ति मुनि " संगै धोकेबाज हौ तिमी गीत बाट निक्कै नै चर्चामा आएकी लोकप्रिय गायिका एलिना चौहानको बिशेष प्रस्तुति रहनेछ ।  "पहेंलो बत्ति मुनि " को गौंथली , लोरी , बरी लै , म बाटो हिँड्ने लगायतका गीतहरु युवाहरु माझ निक्कै नै चर्चित छन् ।  

त्यस्तै  अहिले निक्कै नै व्यस्त एलिना चौहानको धोकेबाज संगै भाग्यमा खोट छ , तिम्रो मायाले बाँधेर राख , के माया लाग्छ र लगायतका थुप्रै गीतहरु लोकप्रिय छन्।  उनि पहिलो पल्ट धरानमा आफ्नो प्रस्तुति दिन आउंदैछिन् ।  सोही दिन धरानको सबमर्ज ब्याण्डले समेत आफ्नो प्रस्तुति दिनेछन् ।

 "धरान म्युजिक फेस्ट २०८० " को दोस्रो तथा अन्तिम दिन मंसीर १६ शनिबार चर्चित गायिका तथा भ्वाईस अफ नेपाल की कोच मिलन नेवार र अहिले निक्कै चर्चामा आइरहेका धरानका प्रतिभावान गायक पूर्ण राईको बिशेष प्रस्तुति रहनेछ।  जहिले सम्म संसार , गाला रातै ,इट्स स्लोली , फुल बुट्टे सारी जस्ता थुप्रै चर्चित गीतहरुकी गायिका मिलनको पनि धरानमा आउटडोर पहिलो कन्सर्ट हो।

धरानको सांगीतिक प्रतिभा पूर्ण राईको गीत " तिमी सेतो चिल्लो गाडी "

करीब एक महिनादेखि युट्युबको संगीत विधा तर्फ नेपालको ट्रेन्डीङ्गमा पहिलो स्थानमा रहिरहेको छ।त्यस्तै उनको "मनका कुरा"ले युट्युबमा १७ मिलियन बढी भ्युज पाईसकेको छ भने उनको धुर्वतारा , स्पर्शसंगीत , बिराम लगायतका अन्य गीतहरु पनि युवाहरु माझ निक्कै नै रुचाईएका छन्।  अहिले काठमान्डौ लगायत बिभिन्न शहरहरुमा उनको माग एकदमै बढिरहेको छ ।

 धरानमा उनी आफ्नो पहिलो ठुलो कन्सर्टमा आफ्नो ब्याण्ड दाजुभाईहरु  संगै   प्रस्तुति दिन एकदमै आतुर छन् ।   उक्त दिन धरानकै लासोज ब्याण्ड र दिब्यासन घिमिरेको समेत प्रस्तुति रहनेछ। त्यस्तै धरानमा रहेर नेपाली संगीत क्षेत्रमा योगदान दिने केही संगीतकर्मीहरुलाई "धरान म्युजिक फेस्ट २०८० "को स्टेजमा सम्मान समेत गर्ने योजना आयोजकको रहेको छ। 

साउण्ड र लाईट व्यवस्थापनको जिम्मा सुन्दर साउण्डले लिएको कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न सम्पूर्ण तयारी अगाडी बढाईसकेको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ। कन्सर्टमा प्रवेशको लागि  टिकट दर २०० र ३०० को टिकटको व्यवस्था गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending