Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

शहर नजिकै एउटै घरमा‘ड्रिम वल्र्ड एम्यूजमेन्ट’ पार्क

खबरडबली संवाददाता

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नंं–७ घुमाउनेटोलमाएउटा भवनमा निर्मित ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ  ।

शनिबारदेखि सञ्चालनमा आएको सो पार्क निर्माणमा ६ करोड लगानी लागेको बताइएको छ । ५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कका सञ्चालकअध्यक्ष सुमन किशोर पुनका अनुसार त्यहाँ मनोरञ्जनका लागि थ्रीडी आर्ट र विभिन्न आकृतिहरुको भरिएको छ ।

पर्याप्त पार्किङ स्थलको व्यवस्था रहेको पार्कमा फास्टफुड क्याफे र रेस्टुरेन्ट सहितका सुविधा उपलब्ध छन् । एउटा घरभित्र स्थापना भएको पार्कलाई सपनाको संसार भएको पार्कका अध्यक्ष सुमन किशोर पुनले बताए । 

उनले भने, ‘ड्रिमवर्ल्ड एउटा घरभित्र निर्माण गरिएको मनोरञ्जनात्मक पार्क हो ।यो एउटा सपनाको संसार नै हो । यस घरभित्र नयाँ र आकर्षक विषेश प्रविधियुक्त बस्तु,चित्र तथा मनोरञ्जनका साधनहरूबाट नौलो र रोचक अनुभवहरू दर्शकले लिन सक्नुहुन्छ । हामीले सबै उमेरका व्यक्तिहरूलाई लक्षित गरी यहाँको व्यवस्था मिलाएका छौं । यहाँ भिडियो तथा तस्बिरहरू खिच्दै रेस्टुरेन्टमा विभिन्न परिकारहरूको स्वादमा पर्यटक रमाउन सक्छन् ।’

पुनले आधुनिक व्यस्थ जीवनशैली,बढ्दो शहरीकरणका कारण मानिस साँघुरो क्षेत्रमा सीमित व्यक्तिहरुका लागि मनोरञ्जन दिने हेतु ड्रिम वर्ल्डको परिकल्पना गरिएको जानकारी दिए । उपत्यकाको भिडभाडबाट जोगिए  शान्त प्राकृतिक वातावरणमा रम्न चाहानेहरूका लागि चन्द्रागीरिमा रहेकोपार्क उपयुक्त गन्तव्य हुने पुनको  विस्वास छ ।

सञ्चालकले हिजोदेखि एक महिनासम्म सबै आगन्तुकहरूलाईटिकट मूल्यमा २५ प्रतिशत छुट गरेर प्रतिव्यक्ति ४५० मात्र लिने जानकारी गराएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जुत्ता राख्ने र्‍याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्

काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्‍याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...

देशभर मौसम बद्लिँदै : कतै वर्षा, कतै हावाहुरी, तराईमा बढ्नेछ गर्मी

काठमाडौं । देशभरको मौसममा आज मिश्रित प्रभाव देखिने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्...

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ, ३ जना फरार

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...

राष्ट्रिय गौरवको आयोजना अलपत्र : फास्ट ट्र्याकको गति कछुवाभन्दा पनि ढिलो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...

बागमती प्रदेशसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...

किशोर श्रेष्ठ प्रकरणमा ‘नियोजित षड्यन्त्र’को आशंका : सत्यतथ्य छानबिनको माग गर्दै अनलाइन पत्रकार संघ

काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...

किशोर श्रेष्ठविरुद्ध षड्यन्त्र भएको आरोप, निष्पक्ष छानबिनको माग : प्रेस सेन्टर नेपाल

काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...

५१ अर्बको बजेटः किसानलाई फगत आश्वासन मात्र, संरचना र समस्या उस्तै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...

खिचापोखरीमा ६ करोडको अवैध भेप बरामद : गोदामसहित पसल सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending