काठमाडौं । पर्सा मिलन केन्द्र स्थापनाको तेइसौँ वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक भव्य समारोहकाबीच उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर योगदान दिएका व्यक्तिहरुलाई सम्मानित गरिएको हो ।
यसरी सम्मानित हुनेहरुमा विभिन्न विधाका १० व्यक्तित्वहरु रहेका छन् । आयोजक पर्सा मिलन केन्द्रका अध्यक्ष उमेशकुमार गुप्ता रौनियारका अनुसार शिक्षातर्फ प्रा.डा. रामदेव तिवारी, स्वास्थ्यतर्फ स्त्री रोग विशेषज्ञ प्रा.डा. अचला वैद्य, कलातर्फ लोकगायक सलीम अहमद, साहित्यतर्फ कवि दिनेश गुप्ता, उद्योगतर्फ ताराचन्द्र केडिया र व्यवसायतर्फ उर्मिला श्रेष्ठ प्रधान रहेका छन् ।
त्यसैगरी, खेलकुदबाट कुस्तीका राष्ट्रिय खेलाडी कुन्दन साह तुरहा, सामाजिकतर्फ मनोज राम, संचारतर्फ रेडियोकर्मी ध्रुवकमार साह तेली, विज्ञान तथा प्रविधितर्फ इञ्जिनियर चन्द्रेश्वर राई र विविध सञ्चारतर्फ टेलिभिजनकर्मी प्रतिमा चौधरी सम्मानित भएका छन् ।
कदर पत्र पाउनेहरुमा प्रतिमा चौधरी (सञ्चार), रुबी राणा शाह (प्रथम मिस नेपाल), उषा खड्गी (मिस नेपाल), प्रसिद्धि शाह (मिस नेपाल इन्टरनेशनल २०२३), प्रविण मानन्धर (रक्तदान संचार सेवा), प्रदर्शनी कुमारी (महिला पुर्व प्रमुख जिल्ला अधिकारी), डा.सुरेन्द्र महतो (विद्यावारिधि), मिरा शाह (पोषण विज्ञ), अरविन्द साह (खल्ती एप), प्रथा बस्नेत (Affordable Thriftstore Nepal), राजन श्रीवास्तव (समाज सेवा), ई।आयुष केडिया (युवा व्यवसाय), हिमान्सु गुप्ता (रजत पदक जुडो), मुस्कान खातुुन (एसिड आक्रमण विरुद्धको अभियन्ता), रिंकु कुमारी ठाकुर (बाल विवाह विरुद्धको अभियन्ता), श्रवण प्रसाद साह (दैनिक भोजपुरी टाईम्स र मनिष पौडेल (डिजिटल मेडिया), डा. ज्याउल हक अंसारी (विद्यावारीधि), ईन्जिनियर अंकु जयसवाल रहेका छन् ।
त्यस्तै प्रशंसा पत्र पाउनेहरुमा मुकेश महतो नुनियाँ (पेन्टीङ), अमोद प्रसाद गुप्ता (भोजपुरी कविता) र नरेश कुमार पटेल रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि रहेका उपराष्ट्रपति यादव र विशेष अतिथि रहेका उद्योग तथा वाणिज्य मन्त्री रमेश रिजालले सम्मानित गरेका थिए ।
उक्त कार्यक्रमको सभापतित्व केन्द्रका अध्यक्ष रौनियारले गरेका थिए भने कार्यक्रममा निवर्तमान अध्यक्ष महेशबहादुर श्रेष्ठ, प्रथम उपाध्यक्ष अमु सिंह सिजापति, पर्सा दिवस समारोह तथा केन्द्रका उपाध्यक्ष अताउल्लाह अंसारी, महासचिव ललन प्रसाद साह, पूर्व अध्यक्ष तथा सल्लाहकारहरु बेदमान सिंह मल्ल, विरभद्र विक्रम शाह, प्रमोद प्रसाद नेपाल, लक्ष्मी गोपाल श्रेष्ठ लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
२००७ सालमा पर्साबाट प्रजातन्त्रका लागि भएको आन्दोलनको सम्झनामा हरेक कार्तिक २६ गते यो कार्यक्रम गर्ने गरिएको भए पनि यसपालि तिहारको लक्ष्मीपूजा परेकाले मंसिर ९ गते गरिएको अध्यक्ष गुप्ताको भनाइ रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: