काठमाडौं । पर्सा मिलन केन्द्र स्थापनाको तेइसौँ वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक भव्य समारोहकाबीच उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर योगदान दिएका व्यक्तिहरुलाई सम्मानित गरिएको हो ।
यसरी सम्मानित हुनेहरुमा विभिन्न विधाका १० व्यक्तित्वहरु रहेका छन् । आयोजक पर्सा मिलन केन्द्रका अध्यक्ष उमेशकुमार गुप्ता रौनियारका अनुसार शिक्षातर्फ प्रा.डा. रामदेव तिवारी, स्वास्थ्यतर्फ स्त्री रोग विशेषज्ञ प्रा.डा. अचला वैद्य, कलातर्फ लोकगायक सलीम अहमद, साहित्यतर्फ कवि दिनेश गुप्ता, उद्योगतर्फ ताराचन्द्र केडिया र व्यवसायतर्फ उर्मिला श्रेष्ठ प्रधान रहेका छन् ।
त्यसैगरी, खेलकुदबाट कुस्तीका राष्ट्रिय खेलाडी कुन्दन साह तुरहा, सामाजिकतर्फ मनोज राम, संचारतर्फ रेडियोकर्मी ध्रुवकमार साह तेली, विज्ञान तथा प्रविधितर्फ इञ्जिनियर चन्द्रेश्वर राई र विविध सञ्चारतर्फ टेलिभिजनकर्मी प्रतिमा चौधरी सम्मानित भएका छन् ।
कदर पत्र पाउनेहरुमा प्रतिमा चौधरी (सञ्चार), रुबी राणा शाह (प्रथम मिस नेपाल), उषा खड्गी (मिस नेपाल), प्रसिद्धि शाह (मिस नेपाल इन्टरनेशनल २०२३), प्रविण मानन्धर (रक्तदान संचार सेवा), प्रदर्शनी कुमारी (महिला पुर्व प्रमुख जिल्ला अधिकारी), डा.सुरेन्द्र महतो (विद्यावारिधि), मिरा शाह (पोषण विज्ञ), अरविन्द साह (खल्ती एप), प्रथा बस्नेत (Affordable Thriftstore Nepal), राजन श्रीवास्तव (समाज सेवा), ई।आयुष केडिया (युवा व्यवसाय), हिमान्सु गुप्ता (रजत पदक जुडो), मुस्कान खातुुन (एसिड आक्रमण विरुद्धको अभियन्ता), रिंकु कुमारी ठाकुर (बाल विवाह विरुद्धको अभियन्ता), श्रवण प्रसाद साह (दैनिक भोजपुरी टाईम्स र मनिष पौडेल (डिजिटल मेडिया), डा. ज्याउल हक अंसारी (विद्यावारीधि), ईन्जिनियर अंकु जयसवाल रहेका छन् ।
त्यस्तै प्रशंसा पत्र पाउनेहरुमा मुकेश महतो नुनियाँ (पेन्टीङ), अमोद प्रसाद गुप्ता (भोजपुरी कविता) र नरेश कुमार पटेल रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि रहेका उपराष्ट्रपति यादव र विशेष अतिथि रहेका उद्योग तथा वाणिज्य मन्त्री रमेश रिजालले सम्मानित गरेका थिए ।
उक्त कार्यक्रमको सभापतित्व केन्द्रका अध्यक्ष रौनियारले गरेका थिए भने कार्यक्रममा निवर्तमान अध्यक्ष महेशबहादुर श्रेष्ठ, प्रथम उपाध्यक्ष अमु सिंह सिजापति, पर्सा दिवस समारोह तथा केन्द्रका उपाध्यक्ष अताउल्लाह अंसारी, महासचिव ललन प्रसाद साह, पूर्व अध्यक्ष तथा सल्लाहकारहरु बेदमान सिंह मल्ल, विरभद्र विक्रम शाह, प्रमोद प्रसाद नेपाल, लक्ष्मी गोपाल श्रेष्ठ लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
२००७ सालमा पर्साबाट प्रजातन्त्रका लागि भएको आन्दोलनको सम्झनामा हरेक कार्तिक २६ गते यो कार्यक्रम गर्ने गरिएको भए पनि यसपालि तिहारको लक्ष्मीपूजा परेकाले मंसिर ९ गते गरिएको अध्यक्ष गुप्ताको भनाइ रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - ०७:४८
काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...
जेष्ठ १३ गते, २०८३ - ०७:४७
काठमाडौं । देशभरको मौसममा आज मिश्रित प्रभाव देखिने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्...
जेष्ठ १२ गते, २०८३ - ०९:२४
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...
जेष्ठ १२ गते, २०८३ - ०९:२१
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...
जेष्ठ १२ गते, २०८३ - ०९:१५
हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...
जेष्ठ १२ गते, २०८३ - ०९:१४
काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...
जेष्ठ १२ गते, २०८३ - ०९:१०
काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - ०९:०६
काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...
जेष्ठ १२ गते, २०८३ - ०९:०३
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...
जेष्ठ १२ गते, २०८३ - ०८:५२
काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...



प्रतिकृया लेख्नुहोस्: