झापा । तामझामका साथ झापाको बिर्तामोड १ स्थित इकम कलेजले पृथ्वीनारायण शाहको सालिक अनावरण गरेको छ । पूर्व राजा ज्ञानेन्द्र शाहले शनिवार सालिक अनावरण गरेका हुन् । सोही क्रममा उने इकम कलेजको समेत उद्घाटन गरेका थिए ।
यतिबेला इकम कलेजले राजतन्त्रको अन्त्य भएको वर्षौपछि पूर्व राजाको नाम शिलालेखमा बहालवाला राजा सरह लेखेपछि चौतर्फी विरोध सुरु भएको छ । नेपाल सरकारको नीति नियम बमोजिम दर्ता भई सञ्चालनमा रहेको इकमले शिलालेखमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह’ लेखेको छ । शिलालेखको लेखाई अनुसार कार्यक्रम आयोजक संस्थाले संविधानको ठाडो उल्लंघन गरेको छ । कलेजले राजतन्त्रकै हवाला दिने गरी शिलालेख बनाएर पूर्वराजा ज्ञानेन्द्रको उपस्थितिमा उद्घाटन गरेको हो ।
कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्कीले शिलालेखमा त्रुटि भएको स्वीकार गरेका छन् । उनले पूर्वराजाको सचिवालयबाट प्राप्त फर्माट अनुसार शिलालेख तयार गरिएकोले त्रुटी भएको बताए । शिलालेख तयार भइसकेपछि आफुहरुले पनि महसुस गरेकाे तर, समय अभावले सच्याउन नसकेको उनले बताए । आज विदा भएको र २ दिनभित्र पूर्व राजा लेखेर अर्को शिलालेख राख्ने उनले प्रतिबद्धता जनाए । उनले आफुहरु संविधान विरुद्ध नरहेको स्पष्ट समेत पारेका छन् ।
कार्यक्रममा राष्ट्रिय गान ‘सयौं थुगा फुलका हामी, एउटै माला नेपाली’ समेत बजाइएको थिएन । सो सन्दर्भमा जिज्ञासा राख्दा उनले राष्ट्रिय गान नबझाउन अनुरोध रहेको र बझाउन नपाएकोमा आफुलाई खल्लो लागेको बताए ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले हुदै नभएको पद लेख्न नपाइने बताएका छन् । यो विषय जानकारी लिइरहेको छ, लेख्न नमिल्ने विषय लेखेको भए तत्कालै मेटाउन लगाइने जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: