Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

दशैं तिहारकै बिचमा ४३ हजार बढी नेपाली बिदेसिए

खबरडबली संवाददाता

काठमाडौँ । कात्तिक महिनामामात्र ४३ हजार बढी नेपाली बिदेसिएका छन् ।  चाडपर्वमा परदेशिएकाहरू जसरी पनि घर आउने भए पनि गत महिना दशें तिहारकै बिचमा ४३ हजार बढी नेपाली बिदेसिएका हुन् । 

दसैँ–तिहारमा घर फर्किनेको संख्या अत्यधिक हुने भए पनि यहीबिचमा परदेश जानेको संख्या भने निकै बढी देखिन्छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार कात्तिक महिनामा मात्रै ४३ हजार ६२२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा पुनः श्रम स्वीकृति लिएकाहरू समेत रहेको विभागले जनाएको छ । 

श्रम स्वीकृति मात्रै लिनेको संख्या भने कात्तिकमा २४ हजार ७८ जना छन् । जसमा २० हजार ३६२ पुरुष र ३ हजार ७१६ महिला रहेका छन् । १९ हजार ५४४ जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएका छन् ।  विभागको तथ्यांक अनुसार त्यसरी श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेहरूमध्ये ३८ हजार ३२२ पुरुष र ५ हजार ३०० महिला रहेका छन् । 

१८ हजार १२५ जनाले संस्थागत श्रम स्वीकृति लिएका छन् भने ५ हजार ७५१ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । त्यस्तै २०२ जना जी टु जीमार्फत श्रम स्वीकृति लिएका छन् । 

कात्तिक महिनामा सबैभन्दा बढी यूएईका लागि ७ हजार ४१० जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै साउदी अरेबियाका लागि ३ हजार ५००, कतारका लागि २ हजार ४३४, मलेसियाका लागि ३ हजार ९७९, कुवेतका लागि १ हजार ४४८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ, ३ जना फरार

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...

राष्ट्रिय गौरवको आयोजना अलपत्र : फास्ट ट्र्याकको गति कछुवाभन्दा पनि ढिलो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...

बागमती प्रदेशसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...

किशोर श्रेष्ठ प्रकरणमा ‘नियोजित षड्यन्त्र’को आशंका : सत्यतथ्य छानबिनको माग गर्दै अनलाइन पत्रकार संघ

काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...

किशोर श्रेष्ठविरुद्ध षड्यन्त्र भएको आरोप, निष्पक्ष छानबिनको माग : प्रेस सेन्टर नेपाल

काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...

५१ अर्बको बजेटः किसानलाई फगत आश्वासन मात्र, संरचना र समस्या उस्तै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...

खिचापोखरीमा ६ करोडको अवैध भेप बरामद : गोदामसहित पसल सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...

ग्यालेक्सी फोरकेमाथि महानगरको एक्सन : १५ दिनभित्र सामान लैजान अन्तिम चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...

कालीमाटीले सार्वजनिक गर्‍यो आजको तरकारी र फलफूलको थोक मूल्य

गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending