Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

आइशरद्वारा सर्भिस क्याम्पको घोषणा

खबरडबली संवाददाता

काठमाडौं । आइशर कमर्सियल भेहिकलको नेपालस्थित आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल प्राइभेट लिमिटेडद्वारा १६ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने ४ दिने सर्भिस क्याम्पको सुरुवात गरेको छ । 

“बदलिँदो मौसमसँगै गाडीमा आइपर्ने विभिन्न समस्याहरूको समाधान गरी ग्राहकहरुलाई उत्कृष्ट सेवाप्रदान गर्ने मुख्य उद्देश्य सहित आइशरले कमर्सिअल भेहिकल सर्भिस क्याम्पको आयोजना गरेको हो ।

यी केन्द्रहरु मध्ये दुईवटा काठमाडौं उपत्यकाका जगाती र सतुंगलबाट ग्राहकहरूले सेवालिन सक्ने बताइएको छ । उपत्यकाबाहिर झापाको बिर्तामोड, सुनसरीको इटहरी, जनकपुर, बिरगन्ज, मकवानपुरको हेटौंडा, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगडीमध्ये आफूलाई पायक पर्ने स्थानबाट ग्राहकहरूले सेवालिन सक्ने कम्पनीले जनाएको छ ।  

त्यसैगरी डिलर मार्फत् पोखरा, बुटवल, नारायणगढ, नौबिसे, त्रिशुलीबाट पनि ग्राहकहरूले सेवालिन सक्ने बताइएको छ । ४ दिने क्याम्पमा आइशरका ५०० भन्दा बढी व्यवसायिक गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले जाँच एवम् मर्मत सम्भार गरिने छ भने जाँच गराउन आउँदा सवारी धनीहरुले स्पेयर्स पार्ट्समा १०% छुट, लुब्रिकेंट्समा १५% छुट, विशेष मर्मतमा २५% सम्मको छुट प्राप्त गन आइशर कमर्सियल भेहिकलका सर्भिस–जनरल म्यानेजर शरद कुमार मिश्रले बताए । 

यसैगरी नियमित मर्मत सम्भार, ड्राइभर ट्रेनिंग, ब्याट्री तथा वायरिंग चेक–अप निशुल्क रुपमा पाउनुका साथै अन्य थुप्रै सुविधाहरु पनि प्राप्त गर्ने उनको भनाइ छ  । भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नवीन प्रविधिका उत्पादनहरू उत्पादन गर्दै आएका कारण नेपालसहित विश्वबजारमा आइशर ग्राहकको पहिले रोजाई बन्दै आइरहेको  कम्पनीस्ले जनाएको छ । 

विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा आत्याधिक लोकप्रिय ब्रान्ड आइशर बतास एमएडब्लूले आधिकारिक रूपमा बिक्रीवितरण गर्दै आइरहेको आइशर कमर्सियल भेहिकलका सर्भिस–जनरल म्यानेजर मिश्रले बताए । १६६०१११५५५, ९८०१५७५१११ मा सम्पर्क गरि सर्भिस क्याम्पको बारेमा थपजानकारी तथा प्रि–बुकिङ गर्नसमेत सक्ने उनले बताए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने

काठमाडौँ । अमेरिकाले इरानका नवनियुक्त सर्बोच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष इरानी अधिकारीहरुको टाउकोमा मोल तोकेर सूचना जारी गरेको छ । अमेरिकाको ...

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरी...

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर । भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो समयमा रोपिएको खुर्सानीले तुलनात्मक रूपमा छिट्टै उत्पादन दिने भएकाले किसान...

​ यस्तो छ आज फलफूल र तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

एमालेद्वारा साँगुरीगढी उपाध्यक्षलाई साधारण सदस्य नरहने गरी कारबाही

धनकुटा । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई साधारण सदस्य नरहने गरि कारबाही गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्त...

क्यान्सर उपचारमा अनुभव आदानप्रदान

बाँके । क्यान्सर रोग उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा नेपाल र भारतका चिकित्सकबीच अनुभव आदान–प्रदान गरिएको छ । भारतको लखनउस्थित म्याक्स सुपर स्प...

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा आज काटिँदैछ बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ ।   प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र ...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।...

सात करोडको अस्पताल सुनसान, मुस्ताङबासी उपचारका लागि भौतारिँदै

भवन बन्यो, सेवा आएन: लोमान्थाङ अस्पताल अलपत्र

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई आज अनुदानमा मिनी पावर टिलर वितरण गरिएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: