Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

तीन वर्षदेखि इन्जिनियरविहीन पूर्वाधार विकास कार्यालय

१६ जनाको दरबन्दी रहेकेा कार्यालयमा सहयोगी दुई जनासहित आठ जना मात्रै

खबरडबली संवाददाता

पर्वत । पर्वतको भौतिक पूर्वाधार विकास कार्यालय इन्जिनियरविहीन बनेको छ । जिल्लाको भौतिक विकास निर्माणको जिम्मेवारी लिएको सरकारी निकाय विगत विगत तीन वर्षदेखि इन्जिनियरविहीन भएको हो । 

कार्यलयमा इन्जिनियर नहुँदा जिल्लको विकास निर्माणको काम नै प्रभावित भएको छ ।  तीन जना इन्जिनियर सातौँ र आठौँ तहको दरबन्दी रहेको भए पनि कार्यालयमा अहिले इन्जिनियरका सबै कुर्ची खाली रहेका छन् । जिल्लाको ग्राभेल सडक, पुल, माटे सडक, झोलुङ्गे पुललगायत निर्माण गर्ने कार्यालय यस्तो अवस्थामा पुगेपछि जिल्लाबासी जिल्लाको विकासमा अबरोध भएको गुनासो गर्न थालेका छन् । कायौलयमा सबइन्जिनियर अधिकृतस्तर पाँचौँ र छैटौँको सात वटा दरबन्दी रहेपनि हाल दुई जना मात्रै कार्यरत रहेका छन्। 

सीमित जनशक्तिले डिटेल स्टिमेट तयार गर्ने, योजनाको डिपिआर निरीक्षण गर्ने, योजनाको मूल्याङ्कनलगायत कामले अत्यधिक भार परेको कार्यालय प्रमुख गुरुदत्त अधिकारीले बताए ।  बिहान र बेलुका नभनी कार्यालयको काम गर्दासमेत भनेको समयमा निर्माण कार्यको भने जस्तो गरी समयमा मूल्याङ्कन र निरीक्षण गर्नसमेत सक्ने अवस्था नरहेको उनको भनाइ छ । कतिपय सडक निर्माणको सम्झौता गरेका ठेकेदारलाई ठेक्का सम्झौता रद्द गर्ने दबाब दिएपछि मात्रै काममा फर्केका र  योजनाको काम प्रभावित हुन नदिन दैनिक ज्यालादारीमा प्रतिव्यक्ति एक हजार दुई सयदेखि एक हजार पाँच सय रुपियाँसम्म दिने गरी प्राविधिक सुपरभाइजरको रूपमा तीन जना सबइन्जिनियरलाई काममा लगाइएको उनले बताए । 

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेशले करारमा कर्मचारी राख्न नपाइने व्यवस्था गरेपछि ज्यालादारीमा राख्नु परेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । पूर्वाधर विकास कार्यालय पर्वतमा इन्जिनियर, लेखा, प्रशासन, हलुका सवारी चालकलगायत सबै गरेर जम्मा १६ जनाको दरबन्दी भए पनि अहिले कार्यरत कर्मचारीको सङ्ख्यामा कार्यालय सहयोगी दुई जनासहित गरी जम्मा आठ जना मात्रै रहेका छन्। 

पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार जिल्लामा नौ वटा बहुवर्षीय सडक योजना सञ्चालनमा छन् भने चार वटा आरसिसी पुल बन्दै गरेका छन् । चार वटा आरसिसी पुलमध्ये लिदीखोला सडक पुल राम्जा र छत्तीसघाट सडक पुल पैयुँ गरी दुई वटा पुल निर्माणाधीन छन् । अन्य दुई वटा सडक पुल ठेक्का प्रक्रियामा गइसकेको अवस्था छ। पूर्वाधार विकास कार्यालय अन्तर्गत यस वर्ष साना र ठुला गरी १७२ वटा भौतिक विकास निर्माणका योजना सञ्चालनमा छन् ।

यस वर्ष पर्वतको भौतिक पूर्वाधार विकासमा एक अर्ब पाँच करोड रकमको बजेट विनियोजित छ । पूर्वाधार विकास कार्यालयको मुख्य भौतिक प्रगति विवरण अनुसार अहिलेसम्म ८१.३७ किमी पक्की सडक, ग्राभेल सडक ३४.७ किमी र माटे सडक १७.५७ किमी सम्पन्न भइसकेको छ । दक्ष प्राविधिक जनशक्तिको अभावले विकास निर्माणका गतिविधिलाई तीव्र गति दिन नसक्ने अवस्था रहेको कार्यालयको भनाइ छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गर्भधारणका लागि कुन यौन आसन उपयुक्त हुन्छ ?

काठमाडौं । नव विवाहित जोडीकालागि पहिलो सन्तान जन्माउने प्रक्रिया चुनौती बनिदिन्छ । यसकालागि योजना अनुसार शिशुलाई जन्मदिने तयारीमा जुट्नु पर्दछ । शि...

मणिपुरमा हिंसा भड्किँदा पाँच जनाको ज्यान गुम्यो

काठमाडौं । पूर्वोत्तर भारतीय राज्य मणिपुरमा शनिबार हिंसा भड्किँदा पाँच जनाको ज्यान गुमेको छ । भारतीय सञ्चारमाध्यम हिन्दुका अनुसार पूर्वमुख्यमन्त्रीको ...

प्रहरी प्रवक्ताले ल्याए प्रहरीको पीडा पोखिएको गीत

काठमाडौं।  नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा...

चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” का टिजर सार्बजनिक

काठमाडाैं । नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूच...

गजितसँग नगर दोमन भन्दै आए सरिता र नमराज

काठमाडौं । गायक नमराज ढुँगाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काठे गीत ‘नगर दोमन...’ दर्शकमाझ आएको छ । गायक नमराज ढुँगानाकै अफिसियल ...

विधिपूर्वक गणेशको पूजा आराधना गरी मनाइयो गणेश चतुर्थी

काठमाडौं। भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

नाम्खा गाउँपालिकाको याल्वाङवासीका घर–घरमा धारा जडान

सिमकोट । नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा घरघरमा खानेपानीका धारा जडान गरिएपछि स्थानीयवासीलाई सहज भएको छ। स्थानीयको माग अनुसार खानेपानी योजना निर्...

अनुदान नपाएपछि कैलालीमा उखुखेती घट्दै

कैलाली । नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन। उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा अनुदानका का...

रुस भ्रमणमा गएका माधव नेपाल मलेसिया हुँदै मस्कोबाट फिर्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रुसको राजधानी मस्कोबाट स्वदेश फर्कीएका छन् । उनी मस्कोमा आयोजित ...

सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका-५ शिवनगरस्थित सुत्केरी महिलाको मृत्यु बारे दोषीलाई कारवाही र पीडित परिवार लाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy