Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

इजरायल-हमास युद्ध १२औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

खबरडबली संवाददाता

पेरिस । गाजामा इजरायल र हमासबीच जारी युद्ध शनिबार (सेप्टेम्बर ७ तारिख) १२औँ महिनामा प्रवेश गरेको छ।

जारी युद्धबीच युद्धविरामका लागि इजिप्ट, अमेरिका, कतारलगायतका मुलुकले मध्यस्थता गरिरहे पनि प्यालेस्टिनी भूभागका लागि राहत वा इजरायली बन्धकहरूको रिहाइको आशाको कुनै संकेत देखिएको छैन।

इजरायलमा रहेका कैदीहरूको बदलामा हमासद्वारा बन्धक बनाइएका बन्धकहरूलाई पनि मुक्त गर्ने युद्धविरामको सम्भावना क्षीण देखिन्छ, दुवै पक्ष आआफ्नो अडानमा अडिग छन्।

गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको हमासले इजरायली सेना पूर्ण रूपमा फिर्ता गर्न माग गरिरहेको छ तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा-इजिप्ट सीमाको एक महत्त्वपूर्ण भूभागमा सेना राख्नुपर्नेमा जोड दिएका छन्। 

हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा करिब एक हजार २०५ जनाको मृत्यु भएको थियो जसमध्ये अधिकांश सर्वसाधारण थिए। 

हमास शासित गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा अधिकारीहरूले झण्डै ४१ हजार व्यक्ति व्यक्तिको मृत्यु भएको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्।

आक्रमणका क्रममा प्यालेस्टाइनी लडाकुले कब्जामा लिएका २५१ बन्धकमध्ये ९७ जना गाजामै छन् भने ३३ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ।

नोभेम्बरमा एक हप्ताको युद्धविरामको क्रममा दर्जनौँ मानिस आदानप्रदान गरिएको थियो।

गत आइतबार इजरायलले एक अमेरिकी–इजरायली नागरिकसहित ६ जना बन्धकको शव फेला परेको घोषणा गरेपछि इजरायलमा शोक र आक्रोश छाएको थियो।

संयुक्त राष्ट्रसंघीय प्यालेस्टिनी शरणार्थी एजेन्सी (यूएनआरडब्ल्यूए) का प्रमुख फिलिप लाजारिनीले शनिबार एक्समा लेखेका छन्। ‘एघार महिनाको समय काफी हो। यसलाई अब कसैले पनि लिन सहज लिन सक्दैन। अब युद्धविराम हुनुपर्छ र मानवताको विजय हुनुपर्छ।’

टर्कीका एक अमेरिकी कार्यकर्ताले कब्जा गरेको क्षेत्रमा इजरायली बस्तीको विरोधमा प्रदर्शन गरिरहेको पश्चिम किनारामा शुक्रबार भएको गोलीकाण्डले युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय दबाबलाई थप बल दिएको छ।

२६ वर्षीया आइसेनुर एज्जी आइगीको परिवारले उनको मृत्युको स्वतन्त्र छानबिनको माग गर्दै शनिबार उनको जीवनलाई इजरायली सेनाले अनावश्यक, गैरकानुनी र हिंसात्मक रूपमा हत्या गरेको आरोप लगाएको छ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले इजरायली सेनाले आइगीको टाउकोमा गोली हानेर हत्या गरेको जनाएको छ।

अङ्काराले उनलाई ‘इजरायली कब्जा क्षेत्रमा सैनिकहरू’ द्वारा मारिएको बताएको छ, र राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायली कार्यलाई ‘बर्बरता’ भनी निन्दा गरेका छन्। 

वासिङ्टनले उनको मृत्युलाई ‘दुःखद’ भनेको छ र आफ्नो निकट सहयोगी इजरायललाई अनुसन्धान गर्न दबाब दिएको छ।

करिब चार लाख ९० हजार मानिस बसोबास गर्ने वेस्ट बैंकमा इजरायली बस्ती अन्तर्राष्ट्रिय कानुनअनुसार गैरकानुनी छन्।

अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायली सेनाले सन् १९६७ मा इजरायलले कब्जा गरेको वेस्ट बैङ्कमा ६६२ भन्दा बढी प्यालेस्टिनीको हत्या गरिसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

सोही अवधिमा प्यालेस्टिनी आक्रमणमा परी सुरक्षा बलका सदस्यसहित कम्तीमा २३ जना इजरायलीको मृत्यु भएको इजरायली अधिकारीहरूले बताएका छन्। 

इजरायली सेनाले वेस्ट बैङ्कको जेनिन सहरमा १० दिनसम्म चलेको घातक आक्रमणबाट पछि हटेको दिन आइगीको मृत्यु भएको हो। 

गाजा युद्धमा युद्धविरामका लागि वार्ता गर्ने विषयमा इजरायल र संयुक्त राज्य अमेरिकाबीच विवाद भएपछि जेनिनको बहिर्गमन भएको हो। 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार ‘९० प्रतिशत सहमति भएको’ भन्दै इजरायल र हमासलाई सम्झौतालाई अन्तिम रूप दिन आग्रह गरेका छन्। 

तर इजरायली प्रधानमन्त्री नेतन्याहुले फक्स न्युजसँग भने, ‘यो नजिकको कुरा होइन।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको प्रस्तावमा इजरायल सहमत भएको भन्दै हमासले गाजा पट्टीबाट इजरायललाई पूर्ण रूपमा फिर्ता लिन माग गरिरहेको छ।

एएफपीका संवाददाताका अनुसार शुक्रबार रातभर र शनिबार बिहानै उक्त क्षेत्रमा कैयौँ हवाई आक्रमण र गोलाबारी भएका थिए।

गाजाको नागरिक सुरक्षा निकाय र प्यालेस्टिनी रेड क्रिसेन्टले मध्य गाजाको नुसिरात शरणार्थी शिविरनजिकै इजरायली हवाई आक्रमणमा परी चार जनाको मृत्यु भएको जनाएको छ।

नागरिक प्रतिरक्षा र एक प्रत्यक्षदर्शीका अनुसार ‘बुरेज क्याम्प’को एक फ्ल्याटलाई लक्ष्य गरी गरिएको हवाई आक्रमणमा अन्य चार जनाको मृत्यु भएको थियो।

जबालियामा इजरायली हवाई आक्रमणमा परी थप चार प्यालेस्टिनीको मृत्यु भएको नागरिक सुरक्षा अधिकारीहरूले बताएका छन्।

गाजा सहरको उत्तरमा भएको हवाई आक्रमणमा परी एक महिला र एक बालकको पनि मृत्यु भएको बताइएको छ।

बेइट लाहियाको एक आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ३३ जना प्यालेस्टिनी घाइते भएको र उनीहरूको अल अवदा, कमल अदवान र इन्डोनेसियाली अस्पतालमा उपचार भइरहेको चिकित्सकहरूले बताएका छन्। रासस/एएफपी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending