Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

इजरायल-हमास युद्ध १२औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

खबरडबली संवाददाता

पेरिस । गाजामा इजरायल र हमासबीच जारी युद्ध शनिबार (सेप्टेम्बर ७ तारिख) १२औँ महिनामा प्रवेश गरेको छ।

जारी युद्धबीच युद्धविरामका लागि इजिप्ट, अमेरिका, कतारलगायतका मुलुकले मध्यस्थता गरिरहे पनि प्यालेस्टिनी भूभागका लागि राहत वा इजरायली बन्धकहरूको रिहाइको आशाको कुनै संकेत देखिएको छैन।

इजरायलमा रहेका कैदीहरूको बदलामा हमासद्वारा बन्धक बनाइएका बन्धकहरूलाई पनि मुक्त गर्ने युद्धविरामको सम्भावना क्षीण देखिन्छ, दुवै पक्ष आआफ्नो अडानमा अडिग छन्।

गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको हमासले इजरायली सेना पूर्ण रूपमा फिर्ता गर्न माग गरिरहेको छ तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा-इजिप्ट सीमाको एक महत्त्वपूर्ण भूभागमा सेना राख्नुपर्नेमा जोड दिएका छन्। 

हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा करिब एक हजार २०५ जनाको मृत्यु भएको थियो जसमध्ये अधिकांश सर्वसाधारण थिए। 

हमास शासित गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा अधिकारीहरूले झण्डै ४१ हजार व्यक्ति व्यक्तिको मृत्यु भएको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्।

आक्रमणका क्रममा प्यालेस्टाइनी लडाकुले कब्जामा लिएका २५१ बन्धकमध्ये ९७ जना गाजामै छन् भने ३३ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ।

नोभेम्बरमा एक हप्ताको युद्धविरामको क्रममा दर्जनौँ मानिस आदानप्रदान गरिएको थियो।

गत आइतबार इजरायलले एक अमेरिकी–इजरायली नागरिकसहित ६ जना बन्धकको शव फेला परेको घोषणा गरेपछि इजरायलमा शोक र आक्रोश छाएको थियो।

संयुक्त राष्ट्रसंघीय प्यालेस्टिनी शरणार्थी एजेन्सी (यूएनआरडब्ल्यूए) का प्रमुख फिलिप लाजारिनीले शनिबार एक्समा लेखेका छन्। ‘एघार महिनाको समय काफी हो। यसलाई अब कसैले पनि लिन सहज लिन सक्दैन। अब युद्धविराम हुनुपर्छ र मानवताको विजय हुनुपर्छ।’

टर्कीका एक अमेरिकी कार्यकर्ताले कब्जा गरेको क्षेत्रमा इजरायली बस्तीको विरोधमा प्रदर्शन गरिरहेको पश्चिम किनारामा शुक्रबार भएको गोलीकाण्डले युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय दबाबलाई थप बल दिएको छ।

२६ वर्षीया आइसेनुर एज्जी आइगीको परिवारले उनको मृत्युको स्वतन्त्र छानबिनको माग गर्दै शनिबार उनको जीवनलाई इजरायली सेनाले अनावश्यक, गैरकानुनी र हिंसात्मक रूपमा हत्या गरेको आरोप लगाएको छ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले इजरायली सेनाले आइगीको टाउकोमा गोली हानेर हत्या गरेको जनाएको छ।

अङ्काराले उनलाई ‘इजरायली कब्जा क्षेत्रमा सैनिकहरू’ द्वारा मारिएको बताएको छ, र राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायली कार्यलाई ‘बर्बरता’ भनी निन्दा गरेका छन्। 

वासिङ्टनले उनको मृत्युलाई ‘दुःखद’ भनेको छ र आफ्नो निकट सहयोगी इजरायललाई अनुसन्धान गर्न दबाब दिएको छ।

करिब चार लाख ९० हजार मानिस बसोबास गर्ने वेस्ट बैंकमा इजरायली बस्ती अन्तर्राष्ट्रिय कानुनअनुसार गैरकानुनी छन्।

अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायली सेनाले सन् १९६७ मा इजरायलले कब्जा गरेको वेस्ट बैङ्कमा ६६२ भन्दा बढी प्यालेस्टिनीको हत्या गरिसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

सोही अवधिमा प्यालेस्टिनी आक्रमणमा परी सुरक्षा बलका सदस्यसहित कम्तीमा २३ जना इजरायलीको मृत्यु भएको इजरायली अधिकारीहरूले बताएका छन्। 

इजरायली सेनाले वेस्ट बैङ्कको जेनिन सहरमा १० दिनसम्म चलेको घातक आक्रमणबाट पछि हटेको दिन आइगीको मृत्यु भएको हो। 

गाजा युद्धमा युद्धविरामका लागि वार्ता गर्ने विषयमा इजरायल र संयुक्त राज्य अमेरिकाबीच विवाद भएपछि जेनिनको बहिर्गमन भएको हो। 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार ‘९० प्रतिशत सहमति भएको’ भन्दै इजरायल र हमासलाई सम्झौतालाई अन्तिम रूप दिन आग्रह गरेका छन्। 

तर इजरायली प्रधानमन्त्री नेतन्याहुले फक्स न्युजसँग भने, ‘यो नजिकको कुरा होइन।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको प्रस्तावमा इजरायल सहमत भएको भन्दै हमासले गाजा पट्टीबाट इजरायललाई पूर्ण रूपमा फिर्ता लिन माग गरिरहेको छ।

एएफपीका संवाददाताका अनुसार शुक्रबार रातभर र शनिबार बिहानै उक्त क्षेत्रमा कैयौँ हवाई आक्रमण र गोलाबारी भएका थिए।

गाजाको नागरिक सुरक्षा निकाय र प्यालेस्टिनी रेड क्रिसेन्टले मध्य गाजाको नुसिरात शरणार्थी शिविरनजिकै इजरायली हवाई आक्रमणमा परी चार जनाको मृत्यु भएको जनाएको छ।

नागरिक प्रतिरक्षा र एक प्रत्यक्षदर्शीका अनुसार ‘बुरेज क्याम्प’को एक फ्ल्याटलाई लक्ष्य गरी गरिएको हवाई आक्रमणमा अन्य चार जनाको मृत्यु भएको थियो।

जबालियामा इजरायली हवाई आक्रमणमा परी थप चार प्यालेस्टिनीको मृत्यु भएको नागरिक सुरक्षा अधिकारीहरूले बताएका छन्।

गाजा सहरको उत्तरमा भएको हवाई आक्रमणमा परी एक महिला र एक बालकको पनि मृत्यु भएको बताइएको छ।

बेइट लाहियाको एक आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ३३ जना प्यालेस्टिनी घाइते भएको र उनीहरूको अल अवदा, कमल अदवान र इन्डोनेसियाली अस्पतालमा उपचार भइरहेको चिकित्सकहरूले बताएका छन्। रासस/एएफपी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यार्थीले बनाएको ‘मुनाल’ आज उपग्रह प्रक्षेपण गरिँदै

गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको  छ । उच्च माध्यमिक तहक...

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...

ओलीसँग भिड्न बालेनले झापा-५ मा उम्मेदवारी दिँदैछन् ?

झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ

विशेष महाधिवेशनले नेतृत्व चयन गरे के हुन्छ ?

काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...

कांग्रेस विशेष महाधिवेशन- १० बजेदेखि बन्दसत्र सुरु हुँदै

२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...

माघीको रौनक: थारू बस्तीमा ढिक्री बनाउने चटारो

दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...

अल्पायुमै अस्ताए प्रशान्त...

काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending