काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आन्तरिक तथा बाह्य बसाइँसराइका कारण सिर्जित समस्या विकराल बन्दै गएकाले त्यसलाई समाधान गर्न आवश्यक रहेको बताएको छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)को सहकार्यमा आज काठमाडौँमा आयोजना भएको ‘जनसङ्ख्या र बसाइँसराइ व्यवस्थापन सबलीकरणसम्बन्धी राष्ट्रिय परिसंवाद’ कार्यक्रममा मन्त्री बस्नेतले योजनावद्ध विकास अवधारणाको प्रभावकारी कार्यान्वयन र शासकीय क्षमतामा सुधारमार्फत अहिलेका समस्या समाधान गर्न सकिने बताए।
“पन्ध्रौँ आवधिक योजना र राष्ट्रिय जनसङ्ख्या नीति, २०७२ मा बसाइँसराइको समस्यालाई यथोचित रुपमा सम्बोधन गर्ने प्रयास गरिएको भए पनि समस्याको समाधान गर्न सकिएको छैन । सङ्घीय, प्रादेशिक र स्थानीय गरी तीनवटै तहका सरकार यी समस्याबारे सजक हुन आवश्यक छ”, स्वास्थ्यमन्त्री बस्नेतले भने, “स्रोत साधनको व्यवस्थापन, क्षमता विकास, विकासमा समन्वय र आन्तरिक अर्थतन्त्रमा बढोत्तरी गरेर बसाइँसराइका समस्या सम्बोधन गर्न सकिन्छ ।” नेपालका गाउँमा जनसङ्ख्या न्यून हुँदै गएर देशलाई आवश्यक जनशक्ति प्राप्त हुन नसक्ने तर विकासका लागि बाह्य जनशक्ति ल्याउनुपर्ने अवस्था छ रहेको उनले बताए।
विकासका क्रियाकलापलाई व्यवस्थित गर्ने, सरोकारवाला निकायमा साझा अवधारणा निर्माण गर्ने, र बसाइँसराइमा देखिएका समस्या तथा चुनौतीलाई सामूहिकरुपमा सम्बोधन गर्नुपर्ने बेला आएको स्वास्थ्यमन्त्री बस्नेतको भनाइ छ । विभिन्न कारणले हिमाल र पहाडको जनसङ्ख्या घट्दै गएर तराई क्षेत्रमा बढेको र विदेशी मुलुकमा बसाइँसराइ गरेर जाने क्रम बढेको पनि उनले बताए । त्यस्तै, चिकित्सा शिक्षा ऐन संशोधन गर्दै जाने र चिकित्सा शिक्षा पढ्ने वातावरण सहज बनाउने स्वास्थ्यमन्त्री बस्नेतको भनाइ छ । नेपालका ठूला अस्पताललाई चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठानका रुपमा विकास गर्न सकिने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: