काठमाडाैं । पछिल्लो समय अध्ययनका लागि क्यानडा जाने विद्यार्थीको संख्या बढेको छ । यही मेसोमा राजधानीको नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेसीले क्यानडा उड्न ठिक्क परेका बिद्यार्थीहरुको आत्मविश्वास बढाउन र भिसा लागिसकेका बिद्यार्थीर्थीको सहजीकरणका लागि सहयोगी भूमिका खेलेको छ ।
गोरेटोले करिब ४ सय बढी भिसा लागिसकेका बिद्यार्थीहरुका लागि एक भव्य कार्यक्रमको आयोजना नै गरेर प्रिडिपार्चर शिर्षकमा नै कार्यक्रम गरेर क्यानडा जानु अघिको तयारी र गइसकेपछि कसरी त्यहाँको नयाँ वातावरणमा कसरी घुलमिल हुने भन्ने लगायतका विषयमा आफ्ना अनुभवी काउन्सलर र क्यानडाबाट नै आएका बिज्ञहरुले सजिलो तरिका सिकाएका थिए ।
सो अवसरमा बोल्दै गोरेटोका प्रमुख परामर्शदाता धिरज कँडेलले क्यानाडामा अध्ययन गर्न जाने विद्यार्थीहरूले जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी तथा क्यानडा गएपछि प्राप्त हुने विभिन्न अवसरहरू र सामना गर्नुपर्ने चुनैतीको बारेमा जानकारी गराएका थिए ।
गोरेटोका सिइओ समेत रहेका कँडेलले क्यानडा जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी, विषयगत विश्वविद्यालय तथा कलेजको छनौट, आवेदन प्रक्रिया, लागत र समयसँगै क्यानाडाको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा गएपछि सामना गर्नुपर्ने विभिन्न चुनौती तथा अवसरहरूको बारेमा जानकारी दिए ।
कँडेलले क्यानडा पुगिसकेपछि कलेज तथा विश्विद्यालयको पढाईको अवस्था, जागिरको अवसर र प्रकार लगायतका विषयमा पनि निकै चनाखो भएर लाग्नुपर्ने बताए । विद्यार्थीहरूले क्यानडा गएपछि सुरुवाती दिनहरूमा कामभन्दा पनि अध्ययनलाई बढी प्राथमिकतामा राख्न सुझाव दिँदै पढाइपछि विद्यार्थीहरूले भविष्यमा आफ्नो करियरमा धेरै अवसरहरू प्राप्त गर्ने हुँदा आर्थिक उपार्जन पनि स्वतः राम्रो हुने बताए ।
सो अवसरमा अर्का परामर्शदाता सतिश भट्टले भोलीका दिनमा के के गर्ने रु कसरी अगाडी बढ्ने जस्ता समस्याको निधानका विषयमा प्रस्ट्याएका थिए । कार्यक्रममा राम खड्काले ओर्क परमिट पाउने तरिकाका विषयमा प्रस्ट्याएका थिए । क्यानडामा काम नै गरेर देखाउनु पर्ने भएकाले अध्ययनको शिलशिलामा आँफुले राम्रो काम पाउन र छिटो प्रगती गर्नका लागि टिम ओर्क गर्न खड्काले सुझाव दिए ।
त्यस्तै गोरेटोका अर्का परामर्शदाता प्रकाश रेग्मीले क्यानडा पुगेपछि त्यहाँको संघर्षलाई सहज बनाउने उपायहरुमा ध्यान दिएर लाग्न बिदार्थीहरुलाई आग्रह गरे । रेग्मीले आँफुले डेनमार्कमा गरेको संघर्षको बेलीविस्तार लगाउँदै भुलेर पनि ८० घण्टा भन्दा बढी काम गरेको खण्डमा भोली पिआर लिन अप्ठ्यारो हुने भएकाले पिआर नपाउन्जेली काम भन्दा पनि पढाईलाई विशेष ध्यान दिन अघि बढ्नु पर्ने बताए । सो अवसरमा क्यानडाका विभिन्न कलेजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - ०९:२४
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...
जेष्ठ १२ गते, २०८३ - ०९:२१
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...
जेष्ठ १२ गते, २०८३ - ०९:१५
हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...
जेष्ठ १२ गते, २०८३ - ०९:१४
काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...
जेष्ठ १२ गते, २०८३ - ०९:१०
काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - ०९:०६
काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...
जेष्ठ १२ गते, २०८३ - ०९:०३
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...
जेष्ठ १२ गते, २०८३ - ०८:५२
काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...
जेष्ठ १२ गते, २०८३ - ०८:४९
काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...
जेष्ठ १२ गते, २०८३ - ०८:४५
गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार



प्रतिकृया लेख्नुहोस्: