रामेछाप । मन्थली नगरपालिका १२ मा कार्यरत वडा सचिव शिवकुमार महतो निलम्वित भएका छन् । मन्थली नगपालिका वडा नम्बर ३ कठजोरमा कार्यरत रहदा सचिब महत्तोले झुटो बिबरण पेश गरी सामाजिक सुरक्षा भत्ता खुवाएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेपछि तत्कालीन मन्थली–३ का सचिव निलम्वनमा परेका हुन ।
सचिब महत्तोले श्रीमान जिबित रहदा रहदै मृत्यु दर्ता बनाई समेत श्रीमती निर्मला खत्रीलाई एकल भत्ता खुवाउदै आएको समाचार बाहिर आए संगै अख्तियारले मुद्दा दर्ता गरे पछी महतोलाई नगरपालिकाले निलम्बन गरेको हो ।
त्यसपछि आइतबार देखि लागू हुने गरी वडा सचिव महतो निलम्बनमा परेको मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले जानकारी दिए । मुद्दा दर्ता भएपछि स्वतः निलम्बित हुने व्यवस्था रहे अनुसर नगरपालिकाले पत्र प्राप्त भएपछि आइतबारबाट लागुहुने गरी निलम्बन गरिएको उनले बताए ।
सूचना अधिकारी बुढाथोकीका अनुसार सचिव महतोले निलम्बित भएको मितिदेखि मुद्दाको किनारा नलाग्दा सम्म तलब भत्ता पाउने छैनन् । यदि मुद्दा उनको पक्षमा आयो भने सो अवधिको समेत पाउने व्यवस्था रहेको महाशाखा प्रमुख बुढाथोकीले बताए ।
अख्तियारले जीवित व्यक्तिको नाममा झुटा विवरण तयार पारेर भत्ता खुवाएको ठहर गर्दै ४५ हजार २ सय २० रुपैयाँ सरकारलाई हानी नोक्सानी’ गरेको उल्लेख गर्दै सोही बराबरको बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - ०९:२४
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...
जेष्ठ १२ गते, २०८३ - ०९:२१
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...
जेष्ठ १२ गते, २०८३ - ०९:१५
हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...
जेष्ठ १२ गते, २०८३ - ०९:१४
काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...
जेष्ठ १२ गते, २०८३ - ०९:१०
काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - ०९:०६
काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...
जेष्ठ १२ गते, २०८३ - ०९:०३
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...
जेष्ठ १२ गते, २०८३ - ०८:५२
काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...
जेष्ठ १२ गते, २०८३ - ०८:४९
काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...
जेष्ठ १२ गते, २०८३ - ०८:४५
गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार



प्रतिकृया लेख्नुहोस्: