Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

कृषि कर्मबाटै चिनिएका गुप्तप्रसाद

खबरडबली संवाददाता

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित भए । त्यसपछि उनले राजनीतिमा मन लगाएनन् । रेग्मीको मन वैदेशीक रोजगारतर्फ मोडियो । उता पनि खासै जम्न नसकेपछि उनी स्वदेश नै फर्किए ।

रेग्मी अहिले व्यावसायिक किसानको रुपमा स्थापित भएका छन् । वडा सदस्य रहँदै गर्दा २०७५ मा गैँडाकोट–१८ बसेनीमा केही जग्गा लिएर फलफूल खेत सुरु गरेका उनले टीकारत्न टुल्की कृषि फार्म दर्ता गरे । रेग्मी व्यावसायिक किसान बन्नुका पछाडि उनले विदेशमा देखेसिकेको कुरा नै मुख्य हो ।

‘दुईपटक कतार गएँ, त्यहाँ पुग्दा एभोकाडो खाए । तर, त्यसको स्वाद पाइनँ’, रेग्मीले भने, ‘त्यसपछि अष्ट्रेलिया गएँ, त्यहाँ पुग्दा छोरीहरुबाट एभोकाडोको बारेमा र गुणको बारेमा जान्ने अवसर पाएँ ।’

एभोकाडो चिसो ठाउँमा हुन्छ भन्ने थाहा पाएपछि नेपाल फर्किएर गैँडाकोट–१८ मा जग्गा किनेको रेग्मीले सुनाए । ‘चिसो हावापानी भएको ठाउँ हो, १३ रोपनी १४ आना जग्गा खरिद गरेँ ।’, उनले भने ।

दश बोट सुन्तलाबाट पन्ध्र सय

विसं २०७५ मा १० बोट सुन्तला लगाउनुभएका रेग्मीको फार्ममा अहिले १५ सय सुन्तलाका बोट छन् । उनले फलफूल खेती गर्न सुरु गर्दा जिल्लामा उन्नत जातका कागती र सुन्तलाका बिरुवा पाइँदैनथे । धनकुटाको पारी पात्ले पुगेर कागतीको बिरुवा लिएर आएको भन्दै रेग्मीले कागतीको बिरुवासँगै १० ठूला सुन्तलाको बिरुवा पनि लिएर आएको अनुभव सुनाए ।

‘सुरुमा १० सुन्तला र चार सय कागतीबाट फलफूल खेती सुरु गरेँ’, उनले भने, ‘विसं २०७६ बाट सुन्तला थप्न सुरु गरिएको हो, अहिले डाँडाभरि सुन्तला छन् ।’

अहिले रेग्मीको फार्ममा सुन्तलाको एक हजार पाँच सय बोटबिरुवा, कागतीका नौ सय, निबुवाका तीन सय, मौसमका दुई सय, किन्नुका (माघको अन्तिमतिर पाक्ने फलफूज प्रजाति) एक सय, आँखे टिमुरका एक सय, लप्सीका ६० बोटबिरुवाका साथै स्याउ, किबी, आँप, लिची र एभोकाडोसहितका फलफूलका बोटबिरुवा छन् । उनको फार्ममा सुरुआती समयबाट अहिलेसम्म सबै गरी रु दुई करोड ५० लाख बढी लगानी भइसकेको बताए ।

आम्दानी लिन सुरु

रेग्मीले फार्ममा लगाएका फलफूलका बोटबिरुवाले गत वर्षदेखि आम्दानी दिन सुरु गरेका छन् । ‘गत वर्ष फलफूल बिक्रीबाट रु दुई लाख जति आम्दानी गरेकामा अहिले रु १० लाख जति आम्दानी होला’, उनले भने, ‘अझै केही फलफूल टिप्न बाँकी छन्’, फलफूलका बिरुवाबाट अर्को साल रु २० लाखभन्दा बढीको आम्दानी हुने अपेक्षा गरेको भन्दै रेग्मीले भने, ‘अब फलफूलबाट हुने आम्दानी बढ्दै जान्छ ।’

यस वर्ष सुन्तलाको चार सय बोटबाट मात्रै आम्दानी भएको भन्दै उहाँले आगामी वर्षबाट करिब एक हजार सुन्तलाको बोटले आम्दानी दिन सुरु गर्ने बताए । ‘अब करिब पाँच सय बोट कागतीले आम्दानी दिन सुरु गर्ला कागतीले पनि अहिलेको भन्दा दोब्बर आम्दानी हुन्छ’, उनले भने । यस वर्ष सुन्तला, कागती, निबुवा, टिमुरलगायतका बोटबाट आम्दानी लिन सुरु भएको छ ।

फलफूल खेतीको क्षेत्रफल विस्तार

रेग्मीले पाँच वर्ष अगाडि १३ रोपनी १४ आना जग्गाबाट सुरु गर्नुभएको फलफूल खेतीको क्षेत्रफल गर्दै अहिले ८२ रोपनी क्षेत्रफलमा फलफूल खेती गरेका छन् ।

उनले सुरुमा रु ५० हजार प्रतिरोपनीका दरले जग्गा किनेको बताए । जग्गा किनेर पास गरेपछि मात्रै यस ठाउँमा आएको भन्दै उनले भने, ‘जग्गा किनेपछि यहाँ आउनका लागि राम्रो सडक थिएन । खाल्डाखुल्डी भएका सडक पार गरेर आउनुपर्ने थियो ।’

सार्वजनिक सवारीसाधन ठाउँठाउँमा धकेल्दै आउने गरेको भन्दै अहिले बाटो सहज हुँदा आउजाउ गर्न सजिलो भएको रेग्मीले बताए । ‘बाटो अलि सहज भएपछि मैले कार बेचेर पिकअप किनेँ, यो पिकअपबाट आउनजान सहज भएको छ’, उनले भने । उनले १३ रोपनीमा मात्रै फलफूल खेती गरेर मन नमानेपछि विस्तारै जग्गा थप गर्दै लगेको सुनाए ।

पछि थप गरेको जग्गा रु ८० हजारदेखि रु तीन लाख प्रतिरोपनीसम्मका दरले खरिद गरेको बताउँदै उनले फलफूल खेतीबाट सन्तुष्ट भएको बताए । ‘फलफूल खेतीबाट निकै सन्तुष्ट छु, अब मेरो फलफूल खेती यहाँभन्दा विस्तार गर्दिनँ’, उनले भने, ‘फलफूल खेतीले मेरो उमेर १० वर्ष बढाएको छ जस्तो लाग्छ ।’

गाउँमा पानीको समस्या भएका कारण रेग्मीले पाँच सय मिटर तल खोलाबाट लिफ्टिङ गरेर माथी पानी तानेका छन् । ‘जेनेरेटरबाट बिजुली निकाली पम्पबाट लिफ्टिङ गरेर पानी तानेर थोपा सिँचाइ गरेको छु’, उनले भने, ‘लिफ्टिङ गरेर माथी तानेको पानी जम्मा गर्न एक लाख २५ हजार लिटरको ट्याङ्की निर्माण गरेको छु ।’ सबै ठाउँमा पानी पुग्ने गरी ब्लक निर्माण गरेर थोपा सिँचाइमार्फत फलफूलका बोटबिरुवा सिँचाइ गर्दै आएको उनको भनाइ छ ।

रेग्मीले फलफूल खेती सुरु गरेपछि सरकारी निकायबाट अनुदानसमेत पाएका छन् । उनलाई सुन्तला जोनबाट लिफ्टिङका लागि रु चार लाख १५ हजार प्राप्त भएको बताए । त्यस्तै सुन्तला जोनबाटै लिफ्टिङ गरेको पानी जम्मा गर्नका लागि ट्याङ्की निर्माण गर्न रु दुई लाख अनुदान पाएको उनले बताए ।

कृषि ज्ञान केन्द्र तनहुँ (नवलपुरमा कृषि ज्ञान केन्द्र स्थापना भएको थिएन) बाट १३ रोपनीमा थोपा सिँचाइका लागि ५० प्रतिशत अनुदानमा रु दुई लाख ५० हजार पाएको बताए । जग्गा विस्तारपछि बाँकी जमिनमा सिँचाइ गर्न थोपा सिँचाइका लागि सुन्तला जोनबाट ८५ प्रतिशत अनुदान पाएको उनको भनाइ छ । फलफूलका बिरुवामा ५० प्रतिशत अनुदान, औषधि छर्ने ट्याङ्की तथा औजारमा ५० प्रतिशत अनुदान पाएको रेग्मीले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदन किरातीको दाबी : यो सरकार दसैँ-तिहारपछि आफैँ ढल्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले भ्रष्टाचारीलाई जोगाउने उद्देश्यले बनेको वर्तमान सरकार प्रथम दिनबाटै चरम विवादमा पर्दै आएको बताएक...

बागलुङमा बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा ३ जनाको मृत्यु

बागलुङ । अविरल झरी र मध्यरातमा आएको बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा ३ जनाको मृत्यु भएको छ। बागलुङ नगरपालिका ५ को बान्द्रेमा बिहीबार राति साढे १२ बजे...

तबला उपहार दिएका ओलीसँग बालेनको किन पर्दैछ जुहारी ?

काठमाडौं । काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’को समर्थन गरेको देखिने केही मानिसले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत फेसबुक पेज ...

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणमा श्रीमती राधिकासहित २२ जना जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण २२ सदस्यीय हुने भएको छ। राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री सहितको टोली असोज ६ गते न्युयो...

४ वर्षीया बालिकाको पोखरीमा डुबेर, २१ वर्षीया युवतीको करेन्ट लागेर मृत्यु

बर्दिया । बर्दियामा भएका दुई छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ।  गुलरिया नगरपालिका–३ भगवती टोलकी एक बालिकाको पोखरीमा डुबेर मृत्यु भए...

फेरियो बेचबिखनको शैली, कहाँ जाने बहिनी भनेर सोधे-दार्जिलिङ घुम्न हिँडेको भन्छन्

झापा । आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वीनाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार, घरेलु कामदार र पसल श्रमिकको बहानामा नेपाली किशोरीलाई  भारतको विभि...

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

काठमाडौं । व्यास नगरपालिका-१२ घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। अविरल वर्षाले गर्दा शुक्रबार बिहान ४ बजे खसेको पहिरोले पृथ्वी...

शंकर पोखरेलको जिकिर- ओेली सरकारप्रति कांग्रेस महामन्त्रीद्वयको असन्तुष्टि छैन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारप्रति कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा असन्तुष्ट रहेको भनी कथा बनाइएको...

पूर्वपश्चिम राजमार्गमा भत्किएको कल्भर्ट नबन्दा आवातजावतमा सास्ती

कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट अझै पुनःनिर्माण हुनसकेको छैन । व्यस्त राजमार्गमा प...

रोनाल्डोले गरे कीर्तिमानी ९००औँ गोल

काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ९०० औं गोल गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्। नेसन्स लिगमा क्रोएसिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy