Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

यात्रु छुटाउने विषय क्षम्य हुन सक्दैनः गोविन्द आचार्य

खबरडबली संवाददाता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपाल एयरलाइन्सका यात्रु अलपत्र पारिएको विषय क्षम्य हुन नसक्ने बताएका छन् ।

बुधबार राति प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा सहभागी हुन दुबई जाने क्रममा दुई महिनाअघि टिकट लिएका ३१ यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र पारिएको विषयमा उनले यस्ताे बताएका हुन् । 

यात्रु छुटाएको वा उडान अगाडि सारिएको विषय प्रधानमन्त्रीलाई जानकारी नभएको उनको भनाइ छ । “प्रधानमन्त्रीज्यूका लागि एक हप्ताअगाडि टिकट लिइएको थियो । उहाँलाई दिइएको समय ९ः३० बजेको थियो र ९ः३० मै उहाँ उड्नुभएको हो,” आचार्यले भने, “प्रधानमन्त्रीलाई यात्रु छुटेको विषय जानकारी छैन । त्यसरी छुटाइएको हो भने त्यो क्षम्य विषय हुन सक्दैन ।”

टिकट लिएका यात्रुलाई छुटाइएको भए त्यसको जिम्मा सम्बन्धित पक्ष (एयरलाइन्स)ले नै लिनुपर्ने आचार्यले बताए । उनले प्रधानमन्त्री प्रचण्ड विशेष विमानबाट नभएर नियमित उडानमार्फत संयुक्त अरब इमिरेट्स (यूएई) गएको जानकारी दिए । उडान तालिका परिवर्तन गरिएको पनि प्रधानमन्त्री र सचिवालयलाई जानकारी नभएको उनले बताए ।

प्रधानमन्त्रीलाई दिइएको समयमा उडान भएको र यात्रुलाई अलपत्र पारिएको छ भने त्यो क्षम्य हुनै नसक्ने उनले बताए  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गर्भधारणका लागि कुन यौन आसन उपयुक्त हुन्छ ?

काठमाडौं । नव विवाहित जोडीकालागि पहिलो सन्तान जन्माउने प्रक्रिया चुनौती बनिदिन्छ । यसकालागि योजना अनुसार शिशुलाई जन्मदिने तयारीमा जुट्नु पर्दछ । शि...

मणिपुरमा हिंसा भड्किँदा पाँच जनाको ज्यान गुम्यो

काठमाडौं । पूर्वोत्तर भारतीय राज्य मणिपुरमा शनिबार हिंसा भड्किँदा पाँच जनाको ज्यान गुमेको छ । भारतीय सञ्चारमाध्यम हिन्दुका अनुसार पूर्वमुख्यमन्त्रीको ...

प्रहरी प्रवक्ताले ल्याए प्रहरीको पीडा पोखिएको गीत

काठमाडौं।  नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा...

चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” का टिजर सार्बजनिक

काठमाडाैं । नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूच...

गजितसँग नगर दोमन भन्दै आए सरिता र नमराज

काठमाडौं । गायक नमराज ढुँगाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काठे गीत ‘नगर दोमन...’ दर्शकमाझ आएको छ । गायक नमराज ढुँगानाकै अफिसियल ...

विधिपूर्वक गणेशको पूजा आराधना गरी मनाइयो गणेश चतुर्थी

काठमाडौं। भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

नाम्खा गाउँपालिकाको याल्वाङवासीका घर–घरमा धारा जडान

सिमकोट । नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा घरघरमा खानेपानीका धारा जडान गरिएपछि स्थानीयवासीलाई सहज भएको छ। स्थानीयको माग अनुसार खानेपानी योजना निर्...

अनुदान नपाएपछि कैलालीमा उखुखेती घट्दै

कैलाली । नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन। उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा अनुदानका का...

रुस भ्रमणमा गएका माधव नेपाल मलेसिया हुँदै मस्कोबाट फिर्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रुसको राजधानी मस्कोबाट स्वदेश फर्कीएका छन् । उनी मस्कोमा आयोजित ...

सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका-५ शिवनगरस्थित सुत्केरी महिलाको मृत्यु बारे दोषीलाई कारवाही र पीडित परिवार लाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy