गोरखा । गोरखामा उत्पादित दूध बिक्री नभएपछि स्थानीय किसान चिन्तित भएका छन् । स्थानीयस्तरमा उत्पादित दूधले बजार नपाएर खेर फाल्नु परेपछि किसान समस्यामा परेका हुन् ।
गोरखा नगरपालिका–९, स्थित जयगोरखकाली एग्रो एण्ड डेरी फार्मले उत्पादन गर्दै आएको दुई सय लिटर दूधले बिक्री नभए पनि खेर फ्याक्नु परेको फार्म सञ्चालक भीमसेन बस्नेतले जानकारी दिए ।
फार्ममा दैनिक चारसय लिटर दूध उत्पादन गर्दै आएको भए पनि प्रत्येक दिन आधाजसो दूध गाईलाई खुवाउनुपर्ने अवस्था रहेको बताए। ‘सदरमुकामसहित जिल्लाभित्रका मुख्य बजारमा बाहिर जिल्लाबाट दूध आयात हुन्छ, सञ्चालक बस्नेतले भने, ‘तर हामी स्थानीय किसानले उत्पादन गरेको दूध बिक्री नभएपछि दूध गाईलाई खुवाउनु परेको छ ।’
उहाँले उत्पादन भएकोमध्ये करिब दुई सय लिटर दूध भने गोरखा बजार क्षेत्रमा घरघरमा पु¥याएर दैनिक बिक्री गर्ने गरेको जानकारी दिए । किसान बस्नेतले भन्नुभयो ‘बाँकी आधा भन्दाबढी दूध बिक्री नभएपछि कित गाईलाई खुवाउनुपर्छ छ कि फ्याक्नुपर्ने अवस्था छ ।’उत्पादित दूधले बजारमा पाए मासिक साँढे दुई लाखभन्दा बढी आम्दानी हुने उनले बताए ।
‘दैनिक चारसय लिटर दूध राम्रोसँग बिक्री भए दैनिक रु २६ हजारको कारोबार हुन्छ, बस्नेतले भने, ‘त्यसबाट खर्च कटाएर मासिक रुपमा राम्रो आम्दानी हुने थियो ।’ बिक्री नभएको दूध राख्न ठूला चिस्यान केन्द्र नहुँदा बिक्री नहुने वित्तिकै खेर फाल्नुपर्ने अवस्था रहेको छ ।
फर्मबाट दैनिक एक हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य रहेको उनको भनाइ छ । अहिले दुहुना बाहेक पनि ५४ वटा कोरली गाईन ब्याउने रहेको बस्नेतले बताए । ‘‘सबै गाई ब्याएसँगै अब दैनिक करिब एकहजार दूध उत्पादन हुन्छ, उनले भने, ‘तर कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता लागेको छ ।’
गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले स्थानीय उत्पादनको बजारीकरणका लागि नगरपालिका आवश्यक पहल गरिरहेको बताए । ‘नगरपालिकाले प्राविधिक र आर्थिक हिसाबले आफै कोल्डचेन सञ्चालन गर्ने अवस्था छैन, उनले भने, ‘स्थानीय बजारमा खपत गराउनका लागि व्यवस्थित डेरी उद्योग सञ्चालन गर्न सकिन्छ कि भनेर परामर्स गरिरहेका छौँ ।’
उनले स्थानीय उत्पादनमा जोड दिन नगरपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याउन लागेको समेत बताए । ‘स्थानीय किसानले उत्पादन गरेको दूध खेर जाने र उपभोक्ताले बाहिरबाट आयात गरेर ल्याएको दूध उपभोग गर्नुपर्ने अवस्था राम्रो होइन, उनले भने, 'यसमा व्यवस्थापन मुख्य समस्याको यसको समाधानका लागि नगरपालिकाले योजना बनाएर अघि बढ्छ ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १०:०१
काठमाडौँ । अमेरिकाले इरानका नवनियुक्त सर्बोच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष इरानी अधिकारीहरुको टाउकोमा मोल तोकेर सूचना जारी गरेको छ । अमेरिकाको ...
फाल्गुन ३० गते, २०८२ - ०९:५९
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरी...
फाल्गुन ३० गते, २०८२ - ०९:५७
भोजपुर । भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो समयमा रोपिएको खुर्सानीले तुलनात्मक रूपमा छिट्टै उत्पादन दिने भएकाले किसान...
फाल्गुन ३० गते, २०८२ - ०९:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
फाल्गुन ३० गते, २०८२ - ०९:५४
धनकुटा । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई साधारण सदस्य नरहने गरि कारबाही गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्त...
फाल्गुन ३० गते, २०८२ - ०८:१६
बाँके । क्यान्सर रोग उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा नेपाल र भारतका चिकित्सकबीच अनुभव आदान–प्रदान गरिएको छ । भारतको लखनउस्थित म्याक्स सुपर स्प...
फाल्गुन ३० गते, २०८२ - ०८:१४
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र ...
फाल्गुन ३० गते, २०८२ - ०८:१३
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।...
फाल्गुन ३० गते, २०८२ - ०८:०५
भवन बन्यो, सेवा आएन: लोमान्थाङ अस्पताल अलपत्र
फाल्गुन ३० गते, २०८२ - ०८:०३
कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई आज अनुदानमा मिनी पावर टिलर वितरण गरिएक...


प्रतिकृया लेख्नुहोस्: