Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

चीनमा फैलिँदै श्वासप्रश्वास सम्बन्धी रोग, जोखिममा नेपाल पनि

खबरडबली संवाददाता

काठमाडौं । दुई सातादेखि चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले औंल्याएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रोग र त्यसको कारण भने पहिचान भएको छैन।

बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा बाधा उत्पन्न हुनेजस्ता लक्षण देखिएका छन् । बिरामीको जाँच गर्दा मायोप्लाज्मा कीटाणु, कोभिड १९ भाइरस, प्याथोगन्स, इन्फ्लुएन्जा र सिन्किस्थिर भाइरस देखिएको जनाइएको छ। 

चीनमा फैलिएको उक्त रोगप्रति विश्व स्वास्थ्य संगठनले पनि चासो देखाएको छ। संगठनले चीनसँग रोगसम्बन्धी रिपोर्ट मागेको छ। संगठनले यो समस्याबाट पाका उमेरका मानिसभन्दा बालबालिका बढी प्रभावित भएको जानकारीमा आएको भन्दै सचेत हुन सबैलाई आग्रह गरेको छ।

चीनमा आकस्मिक रूपमा निमोनिया जस्तै श्वासप्रश्वाससम्बन्धी रोग फैलिएपछि भारत सरकारले पनि सूचना जारी गर्दै आफ्ना स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन र नागरिकलाई सतर्कता अपनाउन अपिल गरेको छ। नेपाल सरकारले भने यसबारे अहिलेसम्म आधिकारिक सूचना जारी गरेको छैन।

यसअघि चीनमा फैलिएको कोभिड १९ बाट नेपाल पनि नराम्ररी प्रभावित भएको थियो। अहिले चीनमा फैलिएको पहिचान नभएको रोगको जोखिममा नेपाल पनि रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान शाखाका प्रमुख डा। शेरबहादुर पुनले बताए। ‘कोभिडको असर नेपालमा पर्‍यो, अहिले चीनमा फैलिएको रोगको असर पनि नपर्ला भन्न सकिँदैन,’ उनले भने। उनका अनुसार हाल बेइजिङसहित आसपास क्षेत्रमा फैलिएको उक्त रोग थप फैलिने क्रममा छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विपद् व्यवस्थापन एकाइका डा। समीरकुमार अधिकारीले चीन छिमेकी राष्ट्र हुनु र दुई देशबीच आवतजावत भइरहने भएकाले नेपाल पनि उक्त रोगको जोखिममा रहेको बताए। ‘विश्व आवतजावतको हिसाबले सानो भइसक्यो। एक ठाउँमा देखिएको सरुवा रोग विश्वभरि सजिलै फैलिन्छ,’ उनले भने। छिमेकी मुलुकमा फैलिने रोगबाट नेपाल अछुतो रहन सक्दैन भन्ने कोभिडबाट पुष्टि भइसकेकाले सतर्कता अपनाउनुपर्ने उनले बताए। चीनमा अहिले फैलिएको रोगको प्रकृति, असर, कारणबारे विस्तृत विवरण नआएसम्म त्यसको असर कहाँसम्म पर्छ भन्नेबारे भन्न नसकिने अधिकारीले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उपचारात्मक महााशाखा प्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. अनुपराज बास्तोलाले चीनमा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको विस्तृत विवरण नआएसम्म जोखिमबारेमा यकिन रूपमा भन्न नसकिने बताए। उनले भने, ‘रोगको खास कारण के हो भन्नेबारे विस्तृत विवरण आउनुपर्छ, त्यसपछि मात्र नेपालमा कति जोखिम छ भन्न सकिन्छ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। रुद्र मरासिनीले सरकारले अहिले चीनमा देखापरेको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिमका विषयमा यकिन नगरिसकेको बताए। ‘कति जोखिम छ भनेर भनिहाल्ने अवस्था छैन,’ उनले भने। उनका अनुसार महाशाखाले अहिलेसम्म कुनै पूर्वसचेतनाका लागि सूचना पनि जारी नगरेको जनाए। यो समाचार नागरिक दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले किन ‘सुरक्षा थ्रेट’ महसुस गरिरहेका छन् ?

काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...

यी हुन् कांग्रेसले अहिलेसम्म टुंग्याएका उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्।  निर्वाचनका लागि मंगलबार...

एमालेले रूपन्देहीमा उम्मेदवार बदल्यो, पाल्पा-२ मा ठाकुर गैरेले पाए टिकट

काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...

टिकट वितरणपछि चन्द्र भण्डारीले् गरे गगन थापाको प्रशंसा

रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...

देउवाको निर्वाचन क्षेत्रमा नैनसिंह महरले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा  महर टिकट दिएको हो।  म...

राप्रपाले टुंग्यायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो।  उम्...

गगनलाई अस्वीकार गर्दै देउवा समूहले दायर गरेको रिटमा आज पेसी

काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...

झापाबाट ओलीको सन्देश- हामी नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ

 काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...

ऋषि धमलाले अब ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम नचलाउने, रौतहट–४ मा चुनाव लड्ने

काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्।  रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending