Ntc summer Offer
Khabar Dabali १३ माघ २०८१ आईतवार | 26th January, 2025 Sun
Investment bank

युएईका लगानीकर्तालाई नेपालको जलविद्युत, पर्यटन र कृषिमा लगानी गर्न चन्द्र ढकालकाे आह्वान

खबरडबली संवाददाता

दुबई। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युएईका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन तथा नयाँ लगानीका अवसर छोप्न आग्रह गरेका छन् ।

दुबईमा आयोजित नेपाल युएई बिजनेस फोरमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सृजना भएको बताएका हुन् ।

अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी गरी चार क्षेत्रहरूमा लगानीको आकर्षण रहेको बताए । आफ्नै आन्तरिक बजार तथा भारत र बङ्गलादेशका क्षेत्रीय बजारहरूमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युतमा गरिने लगानीले उच्च प्रतिफल दिने अध्यक्ष ढकालले उल्लेख गरे।

अध्यक्ष ढकालले थप पर्यटकहरूलाई स्वागत गर्न नेपालमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आएको र निजी क्षेत्रले लक्जरी होटेल तथा रिसोर्टहरूमा लगानी बढाएको पनि उल्लेख गरे।

अध्यक्ष ढकालले युएईका लगानीकर्ताहरूलाई होटल, केबलकार, थिम पार्क र हिल स्टेसन लगायतका पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागि समेत आग्रह गरे ।

अध्यक्ष ढकालले नेपालको उच्च हिमाली क्षेत्रका कृषि उत्पादन तथा जडिबुटीको बिश्व बजारमा माग रहेको र कृषि प्रशोधनमा समेत लगानीका थप अवसरहरू रहेको तर्फ पनि युएईका लगानीकर्ताहरूको ध्यानाकर्षण गराए ।

डिजिटल अर्थतन्त्रको विकासले आइसिटी क्षेत्रमा युवाहरूको आकर्षण बढेकाले यस क्षेत्रमा समेत लगानी साझेदारीका सम्भावनाहरू प्रशस्त रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

व्यापार र लगानीमा बैङ्किङ तथा वित्तीय क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेकोले नेपालको बैङ्किङ क्षेत्रमा युएईको लगानी प्रवर्द्धन गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे ।

कडा परिश्रम र इमानदारिताका लागि नेपाली श्रम शक्ति परिचित रहेको तर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष ढकालले श्रमिकहरूलाई थप दक्ष बनाउन प्राविधिक तथा व्यावसायिक जनशक्ति विकासमा समेत लगानी गर्न सकिने बताए।

नेपाल र युएई बीच द्विपक्षीय लगानी सम्झौताको मस्यौदा तयार गर्ने प्रधानमन्त्री दाहालको प्रतिवद्धताप्रति आभार व्यक्त गर्दै अध्यक्ष ढकालले लगानी प्रवर्द्धनमा सरकारको सहयोग महत्त्वपूर्ण हुने बताए ।

दुई देशबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउन सबै तहमा सहकार्य गर्न नेपाल उद्योग वाणिज्य महासंघ तत्पर रहेको पनि अध्यक्ष ढकालले जानकारी गराए ।

दुबईमा आयोजित नेपाल युएई बिजनेस फोरममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित दुई देशका लगानीकर्ताहरूको उपस्थिति रहेको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपामा चर्कियो मतभेद, अध्यक्ष लिङ्देनकै कारण पार्टी ओरालो लागेको भन्दै महामन्त्री राणाले उठाए १६ सवाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीच गम्भीर मतभेद देखिएको छ ।  राणाले पार्टी कार्यकर्त...

प्रचण्डले गरे पाण्डवेश्वर मन्दिरको अवलोकन

दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छ...

इजलासमा रविका कानुन व्यवसायीले भने– राज्यले षड्यन्त्र गर्‍यो श्रीमान् !

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथि राज्यले षड्यन्त्रपूर्वक मुद्दा चलाएको जिकिर गर्दै उनका कानुन व्यवसायीले रुपन्देही जिल्ला अदालतमा बहस गरेका ...

अखिल क्रान्तिकारीको नयाँ नेतृत्व छान्न मतदान सुरू, अध्यक्षका लागि ४ जना मैदानमा

काठमाडौं । नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनअन्तर्गत आज चुनाव हुँदैछ। मतदान बिहान ८ बजेदेखि स...

राष्ट्रिय गौरबको खाँदबारी-किमाथाङ्का सडक ‘ब्रेक थ्रु’ हुँदै

सङ्खुवासभा । राष्ट्रिय गौरबको जोगवनी किमाथाङ्का सडक यही माघ १४ गते सोमबार ‘ब्रेक थ्रु’ गरिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हि...

कार्बन व्यापारको डेढ अर्ब रकम भित्र्याउन कानुनी सकस

काठमाडौँ । नेपालले विश्व बैङ्कसँग भएको सम्झौताअनुसार कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गरेपनि कानुनी अल्झनका कारण उक्त रकम भित्र्याउन ढिलाइ ...

कृषिमा जमेका मदन भन्छन्- अनुदान भन्दापनि प्रोत्साहन ठूलो रहेछ

इलाम । सूर्योदय नगरपालिकाले २०७६ साउन ४ गते अगुवा अग्र्यानिक तरकारी कृषकका रुपमा सम्मान गरेपछि सूर्योदय–१२ का मदनकुमार राईलाई व्यावसायीक कृषिकर्म गर्न...

दलित मुसहर परिवारमा शीतलहरको कहर

बरहथवा । विपन्न दलित मुसहर परिवार चिसो र शीतलहरको जोखिममा परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन ।  बसवरिया गाउँपालिका...

नवलपुरका किसान तोरी खेतीमा आकर्षित

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्यामा बृद्ध...

अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले केही हेरफेर गर्दै विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटे...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy