Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

भुकम्प प्रभावित क्षेत्रमा कांग्रेस नेता महर अस्थायी घर बनाउँदै

खबरडबली संवाददाता

जाजरकोट । कार्तिक १७ गतेको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रावतगाउँका पूर्णबहादुर र उर्मिला रावतको घरमात्र भत्काएन। बुढेसकालको सहाराका रूपमा रहेका छोराहरू ९ वर्षीय सुदन र २ वर्षीय सुरजलाई पनि चुडेर लग्यो।

पूर्णबहादुर र उर्मिलाका आँखा अझैँ ओभाएका छैनन्। जतिखेरै हृदय र नयनभरि छोराहरूको आकृतिमात्र नाचिरहेको हुन्छ। घर भत्केर त्रिपालमुनीको बास भयो। हुर्किंदै गरेका फूलजस्ता छोराहरू चुडिए। दु:ख र पीडाको भारि बाहेक उनीहरूसँग केही बचेन।

हलो-खेती र मेलापात गर्दै जीवन धानिरहेका उनीहरू बिहीबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरसँग भक्कानो छोडेर गहभरिका बह पोखिरहेका थिए।

'भूकम्पले हाम्रो त सबै खुसी लुट्यो। मर्न पनि नसकिँदो रहेछ। बाँच्न पनि गाह्रो हुँदो रहेछ। अब हामी को भनेर बाच्ने? कस्को मुख हेर्ने?,' रावत दम्पती यस्तै यस्तै पीडा पोख्दै रोइरहेका थिए।

उनीहरूका दु:खले महरका आँखा पनि रसाएका थिए। गह भरिएको थियो। महर यतिबेला तीनै भूकम्पपीडितका चहराइ रहेका घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् भनेर जाजकोटमा खटिएका छन्।

बिहीबार महरसहितको टोलीले रावत दम्पत्तिका साथै उक्त टोलमा अन्य केही टहरा निर्माण गरेको छ। रावत टोलमा मात्रै भूकम्पमा परी ८ जनाले ज्यान गुमाएका छन्।

काठमाडौंबाट राहत सामग्रीसहित उनी बुधबार भूकम्पपीडितका टहरा निर्माणका लागि जाजरकोट पुगेका हुन्। महर एक साता जाजरकोटमा भूकम्पपीडितकै माझमा रहने छन्।

जाजरकोटका विभिन्न विद्यालयमा पुगेर महरले बिहीबार चिसोले काँपिरहेका विद्यार्थीहरूलाई न्यानो लुगा प्रदान गरे। बिहीबार दिनभर उनी विद्यार्थीहरूमाझ मै रहे। 

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका महरले त्यहाँका शिक्षक र विद्यार्थीहरूसँग रहेर न्यानो लुगामात्र वितरण गरेनन्, विद्यार्थीहरूलाई शिक्षामा केन्द्रित हुन मनोपरामर्श पनि प्रदान गरे। दैविक विपत्ति अकल्पनीय हुने भएकाले त्यससँग जुध्दै सम्हालिनुको विकल्प नभएको महरको भनाइ थियो।

कांग्रेसको केन्द्रीय नीति अनुरूप उनी जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित नागरिकका लागि अस्थायी आवास (घर–टहरा) पुनर्निर्माण खटेका हुन्। त्यहाँ रहँदा उनले घर-टहरा निर्माण कार्यलाई तीव्रता दिने छन्।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पबाट प्रभावित बस्तीहरूमा एक हजार घर टहरा निर्माण गर्ने घोषणाअनुसार कांग्रेसले टहरा निर्माण कार्य तीव्रता दिएको छ।

कांग्रेसले इन्जिनियर, डकर्मीसहित सम्मिलित २५ वटा टोली भूकम्प प्रभावित दुई जिल्लाका विभिन्न क्षेत्रमा परिचालन गरेको छ। 

जाजरकोट पुगेका महरले भूकम्पपीडितको अवस्थाले आफूलाई निकै चिन्तित तुल्याएको बताएका छन्।

'जाजरकोट भूकम्पपीडितको अवस्था काकाकुल रहेको छ। सरकारले भूकम्पपीडितलाई राहत प्रदान गर्न एकद्वार प्रणालीको विकास गर्नुपर्थ्यो। त्यो हुन नसकेको पाइयो। सरकारकै नेतृत्वमा एकमुष्ट राहत प्रदान गरिएको भए पीडितलाई सहज हुन्थ्यो। कनिकाछराइ गर्दा धेरैलाई जसलिने बाटोमात्र हुन्छ,' उनी भन्छन्। 

एक हजार ७६ जना गर्भवती महिला चिसो त्रिपालमुनि कहरपूर्ण रात काट्न बाध्यछन्। थुप्रै वृद्धवृद्धा र बालबालिकाले चिसोकै कारण ज्यान गुमाइसके। महरलाई राज्यका लागि यो अवस्था लज्जाको विषय भए झैँ लाग्छ।

'विपतमा मुलुकको सारा शक्ति  एकजुट हुनुपर्थ्यो। राज्य जनताको उद्धारमा खटिनुपर्थ्यो। अपेक्षित रूपमा त्यो हुन सकेन,' उनले भने।

सरकारको कमजोर उपस्थितिका कारण आफूहरू जनताको माझमा खटिनु परेको उनले बताए। 'हामीले सरकारलाई दबाब दिएरमात्र पुगेन। जनताको दुःख हेर्न सक्ने मुटु हामीसँग छैन। म सधैँ जताको माझमा रहन चाहने व्यक्ति हुँ। जनताकै लागि राजनीति गर्न आएको व्यक्ति भएकाले केही चिसा रात जनताकै माझमा रहेर उनीहरूकै त्रिपालभित्र बसेर दुःखमा साथ दिन्छु', महरले भने।

त्यसैले त महर जनताको माझमा रहेर बेल्चा चलाइरहेका छन्। जस्तापातामा किला ठोकिरहेका छन्। दुखेका जनताका मनमा मलम लगाउन खोजिरहेका छन्।

उनले एक साता भूकम्प प्रभावित क्षेत्रमा रहने र त्यसपछि दोस्रो चरणमा पनि आफू खटिने बताएका छन्।

महरसँगै कांग्रेस नेताहरू राजिवविक्रम शाह, योगेन्द्र चौधरी, कुन्दन काफ्ले, नेविसंघ केन्द्रीय अध्यक्ष दुजांग शेर्पा, नेविसंघ नेता खडग विसीलगायत सक्रिय छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending