काठमाडौं। इजरायल र हमासबीच अस्थायी युद्धविराम समाप्त भएसँगै फेरि द्वन्द्व शुरु भएको छ। युद्धविराम थप गर्ने प्रयास गरिए पनि युद्धरत दुबैपक्षले एक अर्कालाई दोषारोपण गर्दै समय विस्तार गर्न सहमत हुन नसकेको बताएका छन्।
युद्धविराम थप गर्ने विषयमा कतारमा भएको वार्ता असफल भएको हो। द्वन्द शुरु भएकै दिन हिजै गाजामा १ सय ७८ जना मानिसको मृत्यु भएको गाजास्थित हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
युद्धविरामको अवधि सकिए लगत्तै इजराइलले बमबारी शुरु गरेको बताइएको छ। इजरायली सेनाले २ सय आतंकवादीलाई लक्षित गर्दै प्रहार गरेको जनाएको छ।
इजरायलले दक्षिणी गाजाका केही क्षेत्रका बासिन्दालाई इजिप्टको सिमाना नजिकैको रफाहतर्फ र दक्षिणतर्फ जान पर्चाहरु खसालेको छ। हिजो इजरायलका केही भागहरुमा पनि साइरनको आवाज सुनिएको छ । गाजाबाट प्रहार गरिएका रकेटहरुलाई इजरायलले बीचमै रोकेको छ।
गत अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा १ हजार २ सय मानिस मारिएका थिए भने २ सय ४० जनालाई बन्धक बनाएको थियो । बन्धक बनाएकामध्ये हालै भएको युद्धविरामको अवधिमा करिब १ सय जना मुक्त भएका छन् ।
इजरायलले हमासविरुद्ध शुरु गरेको जवाफी कारवाहीमा हालसम्म १४ हजार ८ सयभन्दा बढी मानिस मारिएका छन् । मारिनेमा ६ हजारभन्दा बढी बालबालिका रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: