Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

कोप–२८ लाई प्रधानमन्त्रीको सम्बोधन: संयुक्त सम्मेलनलाई नेपालले अवसरका सदुपयोग गर्ने

खबरडबली संवाददाता

दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई नेपालले अवसरको रुपमा प्रयोग गर्ने बताएका छन् ।

संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) को उद्घाटन समारोहमा सहभागी भएपछि आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा नेपाल विश्व समुदायको प्राथमिकमतामा परेको बताए ।

प्रधानमन्त्रीले उद्घाटन समारोहमा संयुक्त राष्ट्र संघका महासचिवले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्कटिकामा परेको भन्ने अभिव्यक्ति दिएबाट नेपाल विश्वकै नजरमा परेको बताए । 

जलवायु परिवर्तनको विषयलाई आफ्नो नेतृत्वको सरकारले निकै महत्व दिएको बताउदै प्रधानमन्त्री प्रचण्डले वर्तमान युवा पुस्ता र भावी सन्ततिको जीवनका लागि आफू गम्भीर बनेको पनि जनाए ।

जलवायु परिवर्तनबाट परेको असरको क्षतिपूर्तिबापत नेपालले विशेष प्राथमिकता पाउनुपर्ने अधिकार राख्छ भन्ने कुरा विस्तारै स्थापित हुने प्रधानमन्त्रीको भनाइ छ ।

जलवायु परिवर्तनको विषयलाई आफ्नो नेतृत्वको सरकारले निकै महत्व दिएको बताउदै प्रधानमन्त्री प्रचण्डले वर्तमान युवापुस्ता र भावी सन्ततिको जीवनका लागि आफू गम्भीर बनेको बताए । 

प्रधानमन्त्री प्रचण्डले डिसेम्बर २ तारिक अर्थात भोलि सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसबखत प्रधानमन्त्री प्रचण्डले देशको पहिचान, स्वाभिमान, वातावरणीय अवस्था र मानवताको विषयलाई बलियो रुपमा उठाउँदै छन् ।

सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले सैद्धान्तिक कुराहरु जोडदार रुपमा उठाउने छन् । तर, त्यसको कार्यान्वयनका लागि नेपाली प्रतिनिधिहरुले विभिन्न छुट्टा छुट्टै द्विपक्षीय र बहुपक्षीय बैठकहरुमा कुरा गर्ने छन् ।

कोप २८ सम्मेलनको उद्घाटन सत्र आज सम्पन्न भएको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वमै जलवायु परिवर्तनको सबैभन्दा ठूलो प्रभाव नेपाल र अन्टार्कटिकामा परेको उल्लेख गरेका छन् ।

खासगरी औद्योगिक राष्ट्रहरुले कार्बन उत्सर्जन कम गर्ने विषयमा आफ्नो धारणा राखिरहेका छन भने औद्योगिक राष्ट्रहरुको अत्यधिक कार्बन उत्सर्जनबाट मार खेपिरहेका राष्ट्रहरुले भने क्षतिपुर्तिलाई आफ्नो मुख्य एजेण्डाको रुपमा राखिरहेका छन ।

नेपालले यतिबेला जलवायु परिवर्तनमा विश्व समुदायको चुनौतिपूर्ण समस्याका रुपमा रहेको कुरा प्रष्टसँग राख्दैछ । यही कुरा नेपाली प्रतिनिधि मण्डलसंगको छलफलमा प्रधानमन्त्रीले राखेका छन् । 

विश्व यतिबेला जलवायु परिवर्तनबाट प्राणी जगतमा परिरहेको र पर्ने नकारात्मक विषयमा निकै चिन्तनमा छ ।

संयुक्त अरब इमिरेट्सको दुबईमा भैरहेको कोप २८ को सम्मेलनकमा विश्वका नेताहरु कार्वन उत्सर्जन कम गर्न सकिने उपायका बारेमा मात्रै चिन्तन गरिरहेका छैनन, कार्बन उत्सर्जनबाट पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने उपायका बारेमा सैद्धान्तिक छलफल पनि गरिरहेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

गुल्मी। गुल्मीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते हुनु भएको छ । यस जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर– ५ हँसरामा लु २ ख ५३७३ नम्बरको ट्रक दुर्घटना...

सवारी दुर्घटना बढेपछि सडकमै पूजा

सिद्धार्थनगर । रुपन्देहीको देवदह नगरपालिका क्षेत्रको राजमार्गमा सवारी दुर्घटना बढेको भन्दै स्थानीयले सडकमै पूजा गर्दै मृत आत्माको चिर शान्तिको कामना ग...

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: