काठमाडौं । नेपालका सहकारीहरुले अनुपात्दक क्षेत्रमा लगानी गर्दा विश्वसनीयता गुम्दै गएको चिन्ता व्यक्त गरेका छन् । हिमशिला मिडिया प्रालिले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘सहकारीको ‘पैसा कहाँ गयो ?’ विषयक एक दिने सम्मेलनमा बोल्ने वक्ताहरुले सहकारीप्रति विश्वासको वातावरण बनाउनुपर्ने औंल्याए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले सहकारीको पैसा उद्यमशीलतामा जानू पर्नेमा त्यहाँ नगएको बताउँदै सहकारी क्षेत्रमा समस्या आउनुमा नियामक निकायको ठूलो कमजोरी रहेको जनाए । सजिलोसँग नाफा कमाउने सोचका कारण सहकारी क्षेत्रको पैसा अनुत्पादक क्षेत्रमा गएको बताए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रको पैसा गैरसरकारी क्षेत्रमा गएको र केही रकम घरमा थन्किएको बताए । उनले केही रकम विदेशमा पनि गएको बताए । सहकारीप्रतिको विश्वास गुमेको कारण पैसा बाहिरिएको बताउँदै अब सहकारी बचाउन सबै जुट्नुपर्ने बताए ।
‘विशेषगरी सहकारी क्षेत्रमा विश्वासको वातावरण बढाउन अभियन्ता, मिडिया र सदस्यहरु सबै जुट्नुपर्छ । सहकारीमा तरलताको अवस्थामा सिर्जना भइरहेका बेला उत्पादक क्षेत्रमा नगएको भन्दा पनि विश्वासको वातावरण बनाउनुपर्छ’,उनले भने,‘हो, यतिबेला केही पैसा गैर सहकारी क्षेत्रमा गएको छ, केही घरमा बसेको छ, केही विदेश गएको होला तर तत्कालीन अवस्थामा विश्वासको वातावरण बनाउनतर्फ लाग्नुपर्छ ।’
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमात्रै नभइ वित्तीय क्षेत्रमा नै असर रहेको बताए । यसको प्रमुख कारण केबी उप्रेतीले भने जस्तै विश्वास दिलाउन नसक्नु नै रहेको बताए । ‘विश्वास गुमेपछि अलिकति बैंकमा राखे, अलिकति घरमा लगेर राखे होलान्’ उनले भने, ‘केही बदमास सहकारीका कारण समस्या देखियो, तर सबैतिर त्यस्तो छैन ।’ उनले कार्यदलले बुझाएको प्रतिवेदनमा सहकारीका सबै समस्याहरु र समाधानका उपायहरु तयार गरेको जानकारी दिए ।
भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिब गोकर्णमणि दुवाडीले सहकारीले जे उद्देश्यका लागि लगानी गर्नुपर्ने हो त्यहाँ लगानी नगर्दा समस्या देखिएको बताए । ‘गर्नुपर्ने क्षेत्रमा लगानी नगर्नु कानून अनुरुप होइन । सहकारीमा आएको पैसा कसरी आयो, के का लागि आएको हो र कहाँ लगानी भयो भन्ने विषयका बारेमा पहिले अध्ययन हुनुपर्छ,’उनले भने,‘उत्पादन र सेवाका क्षेत्रमा लगानी नहुनु सहकारीको मूल्य मान्यता होइन । संस्था आफ्नै कारणले पनि अविश्वासको वातावरण बनाइरहेका छन् । नियमन गर्ने सरकारले मात्र होइन संस्था आफैं जिम्मेवार बन्नुपर्छ ।’
कार्यक्रमका बारेमा प्रष्ट पार्दै हिमशिला मिडिया कम्पनीका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले अभियन्ता, नियमक निकाय, सरोकारवालाबीच आपसी संवाद, अन्तरक्रियाको अभाव हुँदा पनि सहकारी अभियानमा अविश्वासको वातावरण बढेको बताए । उनले सहकारी क्षेत्रका मुद्दाका विषयमा आफूहरुले नियमित वहस, छलफल र अन्तरक्रिया गर्दै संचारमाध्यमबाट आवाजहरु उठाउँदै आएको बताए । सम्मेलनको महेन्द्र भट्टराईले सहजीकरण गरेका थिए । सम्मेलनमा दर्जन बढी सहकारी सदस्य एवम अभियन्ताहरुले आफ्नो धारणा राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: