काठमाडौं । भारतमा विधानसभा निर्वाचनको मतगणना जारी रहँदा भारतीय जनता पार्टीले अग्रता कायम राखेको छ । मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा अगाडि छ । तेलंगनामा भने कांग्रेसले अग्रता लिएको छ ।
सन् २०१८ को तुलनामा भारतीय कांग्रेस यसपालि धेरै स्थानमा पछि परेको छ । भाजपाको अवस्था भने सुधारिएको देखिएको छ । भारतीय मिडियाहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताका कारण भाजपाले धेरै सिट जित्ने अवस्था देखिएको विश्लेषण गरिरहेका छन् ।
कुन प्रदेशको अवस्था कस्तो ?
मध्यप्रदेशमा भाजपाले १३६ सिटमा अग्रता लिएको छ भने कांग्रेस ९३ सिटमा अगाडि छ । मध्यप्रदेशका कूल २३० सिटमध्ये बहुमतका लागि ११६ सिट जित्नुपर्छ ।
मध्यप्रदेशमा सन् २०१८ को विधान सभा निर्वाचनमा कांग्रेसले ११४ सिट जित्दा भाजपाले जम्मा १०९ सिट जितेको थियो । अन्य दलले ७ सिट जितेका थिए । अहिले भने कांग्रेसभन्दा भाजपाको अवस्था राम्रो देखिएको छ ।
राजस्थानमा पनि भाजपाकै अग्रता छ । राजस्थानका कुल १९९ सिटमध्ये भाजपा ११४ सिटमा अगाडि छ । कांग्रेसले ६७ सिटमा अग्रता लिएको छ । १७ सिटमा अन्य दल अगाडि छन् ।
सन् २०१८ को निर्वाचनमा राजस्थानमा कांग्रेसले १०० सिट जित्दा भाजपाले जम्मा ७३ सिट जितेको थियो । २७ सिट अन्य दलले जितेका थिए ।
यसैगरी छत्तीसगढका कूल ९० सिटमध्ये भाजपा ४९ सिटमा र कांग्रेस ३९ सिटमा अगाडि छन् । सन् २०१८ को निर्वाचनमा कांग्रेसले ६८ सिट र भाजपाले १५ सिट जितेका थिए ।
तेलंगनामा भने कांग्रेस अरु सबै दलभन्दा अगाडि छ । कूल ११९ सिटमध्ये कांग्रेस ६६ सिटमा अगाडि छ । बीआरएस ३९ सिटमा, भाजपा १० सिटमा र अन्य दल ४ सिटमा अगाडि छन् ।
तेलंगनामा सन् २०१८ मा बीआरएसले ८८ सिट जितेको थियो भने कांग्रेसले १९ र भाजपाले १ सिट मात्र जितेको थियो । पाँच वर्षको अन्तरालमा भएको निर्वाचनको प्रारम्भिक रुझान हेर्दा बीआरएसले गुमाएका सिटमा कांग्रेस र भाजपा दुवैको अवस्था सुधारिएको देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८३ - ०७:३१
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...
जेष्ठ २ गते, २०८३ - ०७:२५
काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...
जेष्ठ २ गते, २०८३ - ०७:१८
काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...
जेष्ठ २ गते, २०८३ - ०७:०४
बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...
जेष्ठ २ गते, २०८३ - ०७:०१
सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...
जेष्ठ २ गते, २०८३ - ०६:५८
भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...
जेष्ठ २ गते, २०८३ - ०६:५३
काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...
जेष्ठ २ गते, २०८३ - ०६:४९
काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...
जेष्ठ २ गते, २०८३ - ०६:४६
काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...
जेष्ठ २ गते, २०८३ - ०६:४२
काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...



प्रतिकृया लेख्नुहोस्: