Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

कोशीमा हात्ति आतंकः आक्रमणमा परी एक सातामै तीनजनाको मृत्यु

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा जंगली हात्तीका कारण मानवीय र भौतिक क्षति बढेको छ । 

केही दिनयता झापा, सुनसरी र मोरङमा गरी हात्तीको आक्रमणबाट तीनजनाले ज्यान गुमाएका छन् ।

गत शुक्रबार झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । हल्दीबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर वनलाई हात्तीले आक्रमण गरेको थियो ।

सुनसरीको उपमहानगरपालिका–२ मा गत बिहीबार राति हात्तीको आक्रमणबाट स्थानीय २५ वर्षीय रबिन खड्काको मृत्यु भएको छ ।

बस्तीमा हात्ती प्रवेश गरेपछि स्थानीय बासिन्दा धपाउन प्रयासमा थिए । त्यही क्रममा पुगेका खड्कालाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

उनलाई हात्तीले लछारपछार पार्दै कुल्चिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, केही दिनअघि झापाकै दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको पनि हात्ती आक्रमणमा परी मृत्यु भएको थियो । स्थानीय हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा गएका उनलाई हात्तीले आक्रमण गरेको थियो ।

जंगली हात्तीले बस्तीमा प्रवेश गरी स्थानीयको घर भत्काउने, अन्न खाइदिने साथै अरु भौतिक सामग्री नष्ट गरिदिने गरेको गाउँलेले बताएका छन् ।

मोरङको लेटाङ, बेलबारी, सुनसरीको इटहरी र आसपास क्षेत्रका साथै झापाका विभिन्न स्थानमा हात्ती पसेर क्षति गर्ने गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending