सुनसरी । धरानमा किसानका एक करोडभन्दा बढीको फूल नष्ट भएको छ । कृषिउपज बजारको शीतगृहमा राखिएको सयपत्री फूल नष्ट भएपछि किसान चिन्तित बनेका छन् ।
धरान उपमहानगरपालिका–२० विष्णुपादुका बराहक्षेत्र नगरपालिका ६ र ९ मा पर्ने श्रीलङ्का टप्पु, धनकुटाको राजारानी, सिधुवा र तेह्रथुमका विभिन्न ठाउँका स्थानीय फूल व्यवसायीले यसपटकको तिहारका लागि छ लाख थान माला बनाउन पुग्ने सयपत्री फूल धरानस्थित शीतगृहमा भण्डारण गरेका थिए ।
त्यसमध्ये करिब चार लाख माला उन्न पुग्ने फूल बिक्री भएको कृषिउपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । बाँकी दुई लाख थान मालाका लागि पुग्ने फूल बिक्री नहुँद नष्ट भएको उनको भनाइ छ । भण्डारण गरिएका फूल कुहिन थालेपछि नष्ट गरिएको उनले बताए ।
व्यवस्थापक भट्टराईका अनुसार विगतका वर्षमा धरानमा करिब पाँच लाख माला उन्न पुग्ने सयपत्रीको फूल बिक्री हुने गरेको थियो । अघिल्लो वर्षको तिहारमा चार लाख ५० हजार थान माला बनाउन पुग्ने फूल बिक्री हुँदा रु दुई करोडको कारोबार भएको थियो ।
“यसपाली करिब पाँच लाख थान माला उन्न पुग्ने फूल बिक्री हुने अनुमान गरिएको थियो । किसानले पनि त्यही अनुमान गरेर फूल उत्पादन गरेका थिए । त्यसैले करिब छ लाख मालाको फूल कृषिउपज बजारमा आएको थियो । तर सोचे जस्तो भएन”, भट्टराईले भने, “विगतमा माला लगाउनमात्र नभई घर सजावटका लागि पनि धरानमा सयपत्रीका धेरै फूल बिक्री हुने गरेको थियो तर यसपटक मालाका लागि बिक्री भए पनि घर सजावटका लागि कम बिक्री भए ।” बजारमा देखिएको आर्थिक मन्दीको असर फूलका कारोबारमा परेको उनको भनाइ छ । “पहिले फूल रोप्न हौसिएका किसान यसपाली निराश भएका छन्”, उनले भने ।
बराहक्षेत्र–९ श्रीलङ्का टप्पुमा एक बिघा जमिन भाडामा लिएर फूलको व्यावसायिक खेती गर्दै आउनुभएका किसान कुमारमगरले पनि धरानको कृषि बजारको शीतगृहमा सयपत्री फूल भण्डारण गर्नुभएको थियो । रैथाने सयपत्री फूलखेती गरेर आर्थिक आम्दानी गरौंला भन्ने सपना देख्नुभएका कृषक मगरले यसपाली सोचेजस्तो व्यवसाय नभएको गुनासो गरे । “उत्पादन भएकामध्ये ७५ प्रतिशत फूल नष्ट भएपछि लाखौँ रकमको नोक्सानी बेहोर्नु प¥यो”, उनले भने ।
धरान कृषिउपज बजारको तथ्याङ्कअनुसार विगतमा धरान बजारमा फूलको माग उच्च थियो । स्थानीय उत्पादनले नपुगेर अघिल्लो वर्षमात्र हाइब्रिड सयपत्री फूलका डेढ लाख माला भारतको कोलकत्ताबाट आयात गरिएको थियो ।
यसपाली भने स्थानीय कृषक, कृषि समूह, कलेजका विद्यार्थीको समूहलेसमेत फूलखेती गरेका थिए । स्थानीय उत्पादन पर्याप्त भएपछि धरानमा यसपटक भारतबाट सयपत्री फूल आयात प्रतिस्थापन भए पनि स्थानीय फूल कृषकले कम मूल्य पाएकाले नोक्सानी बेहोर्नु परेको कृषि बजारका व्यवस्थापक भट्टराईले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: