Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

जनतालाई भरोसा दिने सुत्रको खोजीमा छु : प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले एक वर्षको अवधिमा जनतामा आशा जगाउन सफल भएको बताएको छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’सम्बन्धी अन्तरक्रियामा उहाँले अब सेवा प्रवाह, विकास निर्माण तथा नीति तर्जुमाका क्षेत्रमा नयाँ सुरुवात गरिने बताए । 

“मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको प्रतिष्ठा बढाउने जमर्को गरिरहेको छु । वर्तमान सरकार गठन भएको एक वर्ष पूरा हुँदै छ । अर्को वर्ष नयाँ सुरुआत गर्नुपर्ने छ । जसले जनतालाई नयाँ भरोसा दिन सकोस्, म त्यसको खोजीमा छु”, प्रधानमन्त्रीले भने । कर्मचारीतन्त्रमा रहेका सम्पूर्ण व्यक्ति ज्ञान, अनुभव र क्षमताको दृष्टिकोणले सक्षम रहेपनि त्यसको सदुपयोग हुन नसकेको उनको भनाइ थियो ।

प्रधानमन्त्री भने, “कर्मचारीको क्षमताको जसरी जति उपयोग हुनुपर्ने थियो, त्यसबाट सेवा र विकासलाई उपलब्धिमूलक बनाउन सकिएको छैन । यसमा कुनै न कुनै ‘ग्याप’ छ, त्यसलाई कसरी हल गर्ने भन्नेमा आश्वयक छलफल गर्नुपर्छ ।” नेपालको कर्मचारीतन्त्र संसारकै अब्बल, व्यावसायिक, दक्ष र अनुभवी रहेको जनाउँदै उनले परिणाम दिने सन्दर्भमा राजनीतिक नेतृत्व र कर्मचारीबीचमा कहीँ न कहीँ तादाम्यता नमिलेको बताए ।

सरकारको ध्यान शासकीय सुधार गर्नेमा केन्द्रित भएको जनाउँदै प्रधानमन्त्री दाहालले प्रशासनमा सुधार गर्ने मात्रै नभइ समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा छलफल गरिरहेको बताए । “शासकीय सुधार आयोग निर्माण गरेर यसको समग्र समीक्षा गर्ने र अगाडि जाने प्रक्रियातिर हामी छौँ”, उनले भने । 

सेवा प्रवाहका क्षेत्रमा स–साना काममा सुधार गर्दै ठूला कामको लक्ष्यलाई निर्धारित गरेर जान जरुरी रहेको औँल्याउँदै प्रधानमन्त्री दाहालले जनताले प्रत्यक्ष रुपमा आफूलाई सेवा प्राप्त भएको अनुभव गरेनन् भने सरकार, कर्मचारी तन्त्र र राजनीतिक दलप्रति जनताको भरोसा कमजोर हुँदै जाने र विश्वास टुट्ने बताए। “तत्काल जनतालाई सेवा प्रवाह गर्ने विषयलाई केन्द्रित गरेर विद्यमान ऐन कानुनभित्रै बसेर सेवा प्रवाहमा सुधार गर्न सकिने के हो ? ऐन संशोधन गरेर दीर्घकालीन ढङ्गले नै जानुपर्ने के हो भन्ने बारेमा ठोस् निष्कर्षमा पुग्नुपर्नेछ”, उनले भने । 

आफू र मातहत निकायको नियमित कामलाई नतिजासँग कसरी जोड्ने भनेर सरकार लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्रीले आफू प्रधानमन्त्री बन्नेबित्तिकै सचिवलाई दिएको निर्देशनको परिणाम निराशाजनक जस्तो देखिएको बताए । “कहीँ न कहीँ समस्या छ । समाधान गर्ने उपाय पनि खोज्नुपर्ने हुन्छ”, उनले भने । 

प्रधानमन्त्री दाहालले गतवर्ष सरकार प्रमुखका हैसियतमा आफूले अर्थतन्त्रका समस्या सका लागि सामान्य सुधारका उपायमार्फत मात्रै नहुने देखेपछि गम्भीर ढङ्गले सोचेर तत्काल सुधारतर्फ जान जरुरी रहेकाले सुधारको प्रक्रिया थालनी गरिएको स्मरण गरे । “आउने दिनमा अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउन उपायको खोजी गर्नुपर्नेछ”, उनले भने, “नीतिगत र संरचनागत रुपमा कहाँ चुकेका छौँ, कार्यशैलीमा सीमा कहाँनेर छ, त्यो विषयको गहिरो छानबिन हुनुपर्छ ।”

सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने दिशातर्फ अघि बढेको जानकारी दिँदै प्रधानमन्त्रीले भने, “प्रशासनिक क्षेत्र तथा अर्थतन्त्रमा गर्न सकिने र तत्काल गर्नैपर्ने सुधार के हो? जसले जनतामा भरोसा पैदा गर्न सकोस्, दीर्घकालीन ढङ्गले दिशानिर्देश गर्नुपर्ने र लक्ष्य निर्धारण गर्नुपर्ने के के मा हो ? भन्ने विषयको निष्कर्ष आउनुपर्छ ।”

सरकारी सेवा प्रवाहमा सुधारको महसुस नभएसम्म जनता सन्तुष्ट नहुने उल्लेख गर्दै उनले सेवा र विकासको आधारमा जनताले सरकारप्रति सन्तुष्टि वा असन्तुष्टि जाहेर गर्ने भएकाले यसमा राजनीतिक चलखेल हुन नहुने धारणा राखे । 

जनताका विचार सरकार तथा सरोकारवाला निकायले सुनेर समस्या समाधानतर्फ केन्द्रित हुनुपर्ने भन्दै सरकार तथा सेवा प्रदायक निकायप्रति जनताले भरोसा गर्ने कामतर्फ सबै लाग्नुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि प्रयास जारी राखेको बताउँदै जनता पूरै सन्तुष्ट हुने गरी सेवा दिन नसकिएको र अर्थतन्त्र सुधारोन्मुख भए पनि दबाबमुक्त भइनसकेको उल्लेख गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending