काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।
त्यस्तै, यो प्रकरणबारे ३० दिनभित्र विस्तृत अनुसन्धान र जाँचबुझ गरी आवश्यक कारबाही गर्न पनि सरकारलाई निर्देशन दिइएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
लेखा समितिको अब बस्ने बैठकमा प्रधानमन्त्रीलाई बोलाएर यस विषयमा जानकारी माग्ने पनि समितिले निर्णय गरेको छ ।
एनसेल खरिद बिक्रीका क्रममा विद्यमान कानुनी व्यवस्थाको छिद्र खोजेर आर्थिक चलखेल भएको तथा प्रक्रिया मिचिएका विषयमा पनि गम्भीर हुन समितिले निर्देशन दिएको छ ।
विद्यमान कानुनमा देखिएका अस्पष्टतालाई आवश्यक परिमार्जन र संशोधनका लागि संसद्को आगामी बैठकमा विधेयक पेश गर्न सरकारलाई निर्देशन दिइएको छ ।
एनसेल खरिद बिक्री सम्बन्धमा आज लेखा समितिले कम्पनी रजिष्टारको कार्यालय र दूरसञ्चार प्राधिकरणसँग छलफल गरेको थियो । उक्त छलफलपछि समिति सदस्यहरूको सुझावका आधारमा यस्तो निर्देशन दिइएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - ११:५५
सर्लाही। सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ । कलेजोको क्यान्सर रोगबाट ग्रसित ६९ वर्षीय महतोको उपचारका...
पौष ११ गते, २०८१ - ११:३४
पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आजदेखि बयान हुने भएको छ । यतिखेर ...
पौष ११ गते, २०८१ - ११:२७
रौतहट। रौतहट स्थित सशस्त्र प्रहरीका तीनजना जवानले रगत दिएर एकजना सुत्केरी महिलाको ज्यान बचाएको छ। सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट गएको त...
पौष १० गते, २०८१ - १७:००
वालिङ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सागर गैह्रेको निधन भएको छ । स्याङ्जा क्षेत्र नं. २ (क) का सभापति समेत रहेका नेता गैह्रेको ६२ बर्षको उमेरमा ...
पौष १० गते, २०८१ - १६:३२
ताप्लेजुङ। ताप्लेजुङस्थित लाखेजात्रा सञ्चालन समितिको अध्यक्षमा सागर मादेन चयन हुनुभएको छ।समितिको १६ औं साधारणसभाले मादेन अध्यक्ष रहेको नयाँ कार्यसमिति...
पौष १० गते, २०८१ - १६:०९
भक्तपुर। सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताएको छन । आज भक्तपुरको नगरकोटमा सम्पन्न ...
पौष १० गते, २०८१ - १५:५८
काठमाडौं। कजाकस्तानमा ६७ जना यात्रु बोकेको विमान दुर्घटना भएको छ । सो दुर्घटनामा परी दर्जनौं व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा २५ जनालाई जिबितै उ...
पौष १० गते, २०८१ - १५:४५
काठमाडौं। भारतीय चर्चित गायक सोनु निगम काठमाडौं आइपुगेका छन्। बुधबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका उनलाई आयोजक टिमले ढाकाटोपी...
पौष १० गते, २०८१ - १५:३५
गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ को हालसम्म तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । १६ औं नगरसभामा नगरप्...
पौष १० गते, २०८१ - १५:२७
रौतहट । रौतहट जिल्लाको समग्र विकास र बिभिन्न समस्या समाधानको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ। नेकपा एमालेका केन्द्रीय सदस...
प्रतिकृया लेख्नुहोस्: