Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

के सरकार सस्तो प्रचारमै अल्झिएको हो ?

खबरडबली संवाददाता

काठमाडौँ । संघीय गणतान्त्रिक व्यवस्थाले समेत सामाजिक न्यायसहितको दीगो एवम् गुणात्मक आर्थिक विकासमा परिणाम दिन नसकेकोमा पार्टीहरू र सरकारप्रति कैयन जनता निरास र आक्रोसित देखिन्छन् । जनताको निरासा र आक्रोसलाई भजाएर प्रतिगामी मक्सद पूरा गर्न चाहने तत्व उत्तिकै सल्बलाएका छन् ।  

यस्तोबेला आम विश्वास निर्माण गर्न भौतिक, सामाजिक एवम् मानवीय विकासका रणनीतिक पूर्वाधार अगाडि बढाएर र कृषि तथा औद्योगिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन गरेर सिद्ध हुनुपर्नेमा प्रधानमन्त्रीसहित मन्त्रीहरू ससाना प्रचारात्मक काममा मात्रै अल्झिएको देखिनु दुःखद हो ।

यतिबेला देशको आर्थिक कारोबार निकै सुस्त छ । ब्यापार, ब्यवसाय चौपट छ । महंगी बढेको बढ्यै छ । बैंकमा पैसा छ तर सही ढंगले प्रवाह भएको छैन । ब्याजदर घटाउनैपर्ने ब्यापारी, व्यवसायीहरूको लामो समयदेखिको मागमा बैंकले सुनुवाइ गरेकै छैन । यसको सहजीकरण गर्ने, मार्गदर्शन गर्ने पहलमा सरकार देखिएको छैन । 

नेपाल आयल निगमले सम्पूर्ण ऋण चुक्ता गरेर नाफा कमाउन थालेको भन्दै यसलाई सरकारको उपलब्धिका रूपमा प्रचार गरिएको छ । तर, के आयल निगमले आफैंभित्रको सुधार सम्पन्न गर्न सकेर नाफा कमाएको हो ? कर्मचारी कटौती गरेर नाफा कमाएको हो ? कर्मचारीहरूलाई दिदैं आएको बोनस घटाएर नाफा कमाएको हो ? चुहावट कम भएर नाफा कमाएको हो ? त्यस्तो होइन र त्यस पक्षमा सरकारले पहल गरेको पनि छैन । यो त बिशुद्ध महंगोमा तेल बेचेर नाफा गरेको हो ।

तेलको महंगीले सामान ढुवानी लगायत सबै वस्त महंगो भएको छ । जनताको भान्सा महंगो भएको छ । सबैले स्पष्ट बुझेकै र भोगेकै कुरालाई पनि सरकारको उपलब्धि भन्नु स्वयं सरकारकै लागि रणनीतिक घाटा हो । पछिल्लो सुन काण्डपछि भ्रष्टाचारको विरोध र सुशासनको सरकारी नारा कमै सुनिन थालेको छ । सरकारले भ्रष्टाचारको मुद्दालाई तार्किक निश्कर्षसम्म लैजानसक्छ भन्ने जनविश्वास पछिल्लो समयमा मरिसकेको छ ।

त्यो निरासामा परिवर्तन भएको छ । यसमा अदालतसहितका निकाय पनि जिम्मेवार त छन् तर पार्टी संयन्त्र, जनसंगठन, जनता समेत परिचालन गरेर त्यसको माहोल बनाउन सकिन्थ्यो । दवाव बढाउन सकिन्थ्यो ।

केही वर्षमा राज्यको सम्पत्ति बन्ने नाफामुलक एनसेलको विक्री प्रकरणमा सरकारको रवैया के हुने ? सरकारदेखि प्रतिपक्षी समेतको यसबारेको रहस्यमय मौनताले जनतामा नकारात्मक धारणा बनिरहेको अवस्था छ । यसमा सरकारले तत्काल आफ्नो ‘पोजिशन’ स्पष्ट पार्नुपर्छ । ऐन, कानुन छलेर राज्यलाई घाटा लगाउने गरी भएका कामले मान्यता पाउन खोज्नु अर्को दुःखद संकेत हो ।

भूकम्पका कारणले प्रताडित जनतालाई गाँस, वास, लत्ताकपडा र उपचारको अझै अभाव छ । ससाना बच्चा विद्यालय जान पाइरहेका छैनन् । सबैजसो प्रमुख पार्टीका कार्यकर्ताहरूले भूकम्प क्षेत्रमा परिचालित भएर सकारात्मक पहल लिएका छन् । उद्दार, उपचार र राहतमा सरकारले पनि सकारात्मक पहल नै लिएको हो । तर, सरकारले अपेक्षित काम अझै गर्न सकेका छैन । ढिलासुस्ती छ । यसमा राज्यका सबै संयन्त्रलाई परिचालन गर्नमा सरकार कहीँ न कहीँ चुकेको छ । 

सामाजिक सञ्जालको सस्तो प्रचारबाजीबाट सरकार समेत प्रभावित भएको छ । आफ्ना निकट र आसेपासेको ससाना स्वार्थमा अल्झिएको जस्तो देखिएको छ । रणनीतिक कामतिर खासै ध्यान नदिने तर दैनिकीमै आत्मरती गर्ने सरकारी रबैयाले प्रतिगामी, धर्मभिरू एवम् विदेशीको स्वार्थमा काम गर्नेहरूलाई मलजल गरेको छ । 

जनता र राष्ट्रको पक्षमा तत्कालीन र दीर्घकालीन योजना बनाएर जानुपर्नेमा हल्काफुल्का प्रचारात्मक काममा अल्झिने, वासी तथा पट्यारलाग्दा उपदेश दिने कामले जनतामा आशा जाग्दैन । बरु व्यवस्था र परिवेशलाई दुर्घटनातिर लैजान्छ । प्रधानमन्त्री र मन्त्रीहरू संवेदनशील बनून । –समयबद्धबाट

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले किन ‘सुरक्षा थ्रेट’ महसुस गरिरहेका छन् ?

काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...

यी हुन् कांग्रेसले अहिलेसम्म टुंग्याएका उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्।  निर्वाचनका लागि मंगलबार...

एमालेले रूपन्देहीमा उम्मेदवार बदल्यो, पाल्पा-२ मा ठाकुर गैरेले पाए टिकट

काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...

टिकट वितरणपछि चन्द्र भण्डारीले् गरे गगन थापाको प्रशंसा

रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...

देउवाको निर्वाचन क्षेत्रमा नैनसिंह महरले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा  महर टिकट दिएको हो।  म...

राप्रपाले टुंग्यायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो।  उम्...

गगनलाई अस्वीकार गर्दै देउवा समूहले दायर गरेको रिटमा आज पेसी

काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...

झापाबाट ओलीको सन्देश- हामी नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ

 काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...

ऋषि धमलाले अब ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम नचलाउने, रौतहट–४ मा चुनाव लड्ने

काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्।  रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending