रुपन्देही । पश्चिमनवलपरासीको एक निजी विद्यालयमा बालिकालाई कुट्ने सहायक प्राचार्य पक्राउ परेका छन् । सरावल ७ बर्गदवामा रहेको बर्दघाट कालिका बोर्डिङ्ग स्कुलमा अध्ययनरत बालिकालाई निर्घात कुटपिट गर्ने शिक्षक निरञ्जन यादव पक्राउ परेका हुन् ।
सो विद्यालयका सहायक प्रिन्सिपल यादवलाई बुधवार उनकै घरबाट नियन्त्रणमा लिएर मुद्दा चलाइएको प्रहरीले जनाएको छ । अभिभावकको जाहेरीको आधारमा उनलाई प्रहरीले बालबालिका सम्बन्धि कसुरमा मुद्दा दायर गरी अनुसन्धान सुरु गरेको छ ।
बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ७२ अनुसार यादवलाई बालबालिका सम्बन्धी कसुरमा कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । उक्त कसुरमा दोषी ठहर भएमा एक वर्षसम्म कैद र ५० हजार जरिवानाको व्यवस्था रहेको छ ।
कक्षा एकमा अध्ययनरत ९ वर्षीय कञ्चना राजभरलाई यादवले प्लास्टिकको पाइपले पिठ्युँ, टाउको, हातमा निर्घात कुटपिट गरेको अभिभावकले जनाएका छन् । कुटपिटबाट बालिकाको शरिरमा पूरै रातो डाम बसेको छ ।
सोमबार बालिकाको घरमा गएर पनि उनले विद्यालय किन नआएको भन्दै कुटपिट गरेका यादवले आफ्नै मोटरसाइकलमा बसाएर विद्यालय ल्याई पाइपले कोठा थुनेर कुटपिट गरेको अभिभावकले आरोप लगाएका छन् । घटनापछि सो विद्यालयमा वडाअध्यक्ष हायात खाँ धुनियाँसहित स्थानीयको टोलीले मंगलबार नै तालाबन्दी गरेपछि प्रहरीलाई थप दवाव परेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: